Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

भूकम्प पीडितको खातामा रकम जम्मा हुन थाल्यो, पहिलो किस्तामा ११ हजार ८४० घरधनी समेटिए

काठमाडौँ, १५ असार । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि अनुदान सम्झौता भएकामध्ये ११ हजार ८४० घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्मा गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ११ जिल्लाका एक लाख ८० हजार ४१३ घरधनीसँग अनुदान सम्झौता गरेकामा निकै कमको खातामा पुनःनिर्माणका लागि रकम जम्मा गरिएको हो । प्राधिकरणले रामेछापमा ४० हजार ५५३ घरधनीसँग सम्झौता गरेको छ । रामेछापमा शिविर राखेर अनुदान सम्झौता गर्ने काम सम्पन्न भएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए ।

रामेछापमा कुल लाभग्राहीको सङ्ख्या ४३ हजार ६०९ रहेकामा तीन हजार ५६ सँग सम्झौता गर्न बाँकी छ । बाँकीसँग पछि सम्झौता गरिने उपक्षेत्रीय कार्यालय दोलखाले जनाएको छ ।

रामेछापमा गत चैत २८ गतेदेखि ओख्रेनीबाट अनुदान सम्झौता सुरु भएको थियो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार असार मङ्गलबारसम्म गोरखामा ४० हजार ८५७, सिन्धुपाल्चोकमा २८ हजार ९६४, दोलखामा २० हजार ५५७, ओखलढुङ्गामा १७ हजार दुई, धादिङमा १२ हजार ६३९, काभ्रेपलाञ्चोकमा आठ हजार ९९१, नुवाकोटमा सात हजार ७५३, रसुवामा दुई हजार ७७, सिन्धुलीमा एक हजार १००, मकवानपुरमा ५२० घरधनीसँग अनुदान सम्झौता भएको छ ।

बैंक खातामा रकम जम्मा गरिएकामध्ये रामेछापमा एक हजार ३९०, गोरखामा चार हजार ६५६, दोलखामा चार हजार ४१६, रसुवामा ७०५, ओखलढुङ्गामा ४४१ र सिन्धुपाल्चोकमा २३२ घरधनी रहेको प्राधिकरणले जनाएको छ ।

पहिलो किस्तामा प्रतिघरधनी रु ५० हजार बैंक तथा वित्तीय संस्थामार्फत अनुदान रकम उपलब्ध गराउने प्राधिकरणको कार्यविधिमा व्यवस्था छ । पहिलो किस्ताबाट भूकम्प प्रतिरोधी विधिअनुसार जगको काम सक्नुपर्छ ।

अनुदान सम्झौताका क्रममा ११ जिल्लाबाट ८६ हजार ४२३ गुनासा दर्ता भएको स्थानीय विकास मन्त्रालयले जनाएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending