Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

असारे भेलसँगै सरकारमा बाढी

\"DEUBA\" काठमाडौं, १७ असार । यो वर्ष धेरै अघिदेखि मनसुन सुरु भयो । समयमै मनसुन शुरु भएकाले किसानले समयमै धान रोप्न पाएका छन् । विहीबारदेखि देशैभर अविरल वर्षा भइरहेको छ । एकातिर अविरल वर्षापछि आएको असारे भेल बगिरहेको छ भने अर्कोतिर सरकारमा ठूलो बाढी आएको छ । असारे भेलसँगै आएको बाढीले सरकारलाई बगाउँछ कि बगाउँदैन भन्ने अड्कल भने सरकारमै रहेका दलहरुमा निर्भर रहने भएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई भत्काउनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खहरे बनेर आएका छन् । ओली नेतृत्वको सरकार ढाल्नका लागि पार्टी सभापतिमा निर्वाचित भएको एक महिनादेखि नै कुटनीतिक तरिकाले लागेका देउवा पार्टी संसदीय दलको नेता बनेपछि संसदलाई मुख्य मिहीँ बनाएका छन् । संसदको मिहीँबाट दाइँ गर्दै कांग्रेस सभापति देउवा प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रसम्म आइपुगेका छन् । वैशाखको तेस्रो सातामा नै ओली सरकार ढल्ने निश्चित भइसके पनि माओवादी अध्यक्ष प्रचण्डको द्वैध चरित्रका कारण सरकार ढल्नबाट जोगिएको कांग्रेसको बुझाइ छ । तर त्यो कुरालाई बिर्सिएर देउवाले यतिबेला पुनः ओली गठबन्धनलाई नै तोड्ने कसरतमा लागेका छन् । लामो समयको मधेस आन्दोलनबाट पनि ओलीलाई डेग चलाउन नसकेपछि आन्दोलनरत मधेसवादी दल पनि कांग्रेसलाई साथ दिने पक्षमा छ । संसद छाडेर आन्दोलनमा गएको मधेसवादी दल तत्कालिन कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन भोट हाल्न रुपान्तरित संसदमा फर्किएको थियो । तर पनि कोइरालालाई प्रधानमन्त्री बनाउन नसकेपछि सीमा नाका धर्ना दिँदै राजधानी काठमाडौंलाई कमजोर पार्ने रणनीतिले काम नगरेपछि मधेसवादी दलहरु आन्दोलनको सुरक्षित अवतरणको खोजीमा छन् । त्यसैले ओली सरकारलाई ढालेर देउवालाई प्रधानमन्त्री बनाउन सकेमा आफ्नो मागमा सहमति गरी आन्दोलनको अवतरण गर्न सकिनेमा मधेसवादी दलहरुको ठम्याई छ । माओवादी अध्यक्ष प्रचण्डसँग नौं बुँदे सहमति गरी टिकाएको सरकारलाई फेरि पनि बचाउनका लागि एमालेले सोही नौं बुँदेको सहारा लिने तयारी गरेको छ । नौं बुँदे सहमतिलाई कार्यान्वयन गर्ने सरकारमा प्रचण्डलाई नै सघाउने आश्वासन एमालेले दिने तयारी गरेको एमाले स्रोतको भनाइ छ । पछिल्लाे समय पुनः एमाले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले माअाेवादीसँग भएकाे भद्र सहमतिमा अघि बढ्न प्रधानमन्त्री अाेलीलार्इ सुझाएकाे स्राेतले बताएकाे छ । माअाेवादी केन्द्रमा भने सरकार फेर्नेबारेमा केही दिनयता छलफल तीब्र भएकाे छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending