Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

बैठकको विशेष समयमा सांसदहरुले के भने ?

\"sadan-samsad-bicc-750\" काठमाडौं, १७ असार । ब्यवस्थापिका संसदको सून्य समयमा सांसदहरुले सरकारको आलोचना गरेका छन् । शुक्रबारको संसद बैठकको विशेष समयमा बोल्दै सांसदहरुले जनताको कामप्रति सरकार उदासिन रहेको भन्दै सरकारको आलोचना गरे । बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले जथाभावी आफ्नो क्षेत्रमामात्र योजना पार्ने गरेको भन्दै तिव्र आलोचना गरे । उनले धनुषामा सडकको अवस्था जीर्ण हुँदा पनि सरकारले केही नगरेको गुनासो गरे । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले भूकम्पको पीडा सहेका पीडितलाई दोस्रो वर्षाको दुःख सहनु परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । अविरल वर्षाका कारण भूकम्पको केन्दबिन्दू बारपाक, लाप्राकलगायतका क्षेत्रमा जमिन चिरापरेको र त्यहाँ पहिरोको उच्चजोखिम रहेको उनले जानकारी दिए । नेकपा मालेका सांसद अइन्द्रसुन्दर नेम्वाङले मनसुन सक्रिय भएपछि आइपर्ने सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारले पूर्वतयारी गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले जनतालाई पूर्वतयारी र सुरक्षाका लागि सचेत रहन सरकारले सूचना जारी गर्नुपर्ने बताए । उनले सरकारको पहिलो बैठकले तुइनमुक्त गराउने निर्णय गरे पनि कार्यान्वयन नगरेको उल्लेख गर्दै दार्चुलामा तुइन चुँडिएर मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोगको माग गरे । सात मन्त्रालयको विधेयकमा छलफल व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विभिन्न सात वटा मन्त्रालयको विनियोजन विधेयक माथिको छलफल भएको छ । विनियोजन विधेयक, २०७३ को मन्त्रालयगत छलफल अन्तर्गत शुक्रबार शान्ति तथा पुनर्निर्माण, गृह, वन तथा भू–संरक्षण, शिक्षा, श्रम तथा रोजगार, खानेपानी तथा सरसफाई र अर्थ गरी ७ वटा मन्त्रालय माथिको विधेयकमाथि छलफल भएको थियो । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले प्रस्तुत गरेको ‘न्याय परिषद् विधेयक २०७३’ तथा वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले नै प्रस्तुत गरेको ‘वन (दोस्रो संशोधन) विधेयक’, २०७१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको छ । संसदको अर्को बैठक आइतबार ११ बजे पुनः बस्ने संसद सचिवालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending