ओली सरकार ढल्ने पक्का : सरकारबारे माओवादीका तीन विकल्प
आषाढ़ १९ गते, २०७३ आइतवार 3rd July, 2016 Sun११:०५:१४ मा प्रकाशित
काठमाडौं, १९ असार । शनिबार बसेको माओवादी केन्द्रको बैठकले सरकारको विकल्प खोज्नेबारे निर्णय गरेको छ । मुख्य त संविधान कृयान्वयनका लागी राष्ट्रिय सरकारको पहल लिने गरी सरकार निर्माणमा नेतृत्व लिन माओवादी केन्द्रका अध्यक्ष तथा सरकारका प्रमुख घटकका सहयात्रि पूस्पकल दाहाल प्रचण्डलाई जिम्मा समेत दिएको हो ।
शनिबार बसेको माओवादी केन्द्रको कार्यालयको बैठकले प्रचण्डलाई सरकार निर्माणबारे ३ विकल्पसहितको पहलकदमी लिन भनेको छ ।
दुई महिना अघि शान्ति प्रक्रियासँग सम्बिन्धत पूर्व समझदारी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगरेको र द्वन्दकालिन मुद्धा उल्ट्याएको भन्दै तात्कालिन एमाओवादीका अध्यक्ष प्रचण्डले सरकारको समर्थन फिर्ता लिने तयारी गरेको थियो ।
उक्त तयारी पश्चात तात्कालिन माओवादी र एमालेबिच शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्ने र द्वन्दकालिन मुद्धालाई सत्य निरुपण आयोगमार्फत समाधान गर्ने सहमति सहित संविधान कृयान्वयनका लागी सहमितय सरकारको पहल तथा पूनर्निमार्ण लगायतका विषय गरी ९ बुँदे र ३ बुँदे भद्र सहमति भएको थियो ।
अहिले तिनै सहमति कार्यान्वयन नभएको र केही बुँदा कार्यान्वयन गर्न भन्दै माओवादी केन्द्रले सहमितय राष्ट्रिय सरकार निर्माणको एजेण्डा अघि बढाएको हो ।
कस्ता छन् ३ विकल्प ?
विकल्प १–भद्र सहमतिअनुसार सरकाको नेतृत्व फेरबदल गरेर अबको नेतृत्व माओवादीलाई दिनुपर्छ । असार १५ सम्म एमालेले मागेको समय पुरा भएको र अब एमालेसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने जिकिर माओवादी केन्द्रको छ ।
विकल्प २–९ बुँदेमा उल्लेख भएको राष्ट्रिय सहमतिको सरकारको बारेमा अब खुल्ला छलफल गरिनुपर्छ । संविधान कृयान्वयन तथा पूनर्निमार्णका लागी जसको नेतृत्वमा राष्ट्रिय सरकार बन्छ एमाले त्यसको लागी तयार हुनुपर्ने माओवादी केन्द्रको निष्कर्ष छ ।
विकल्प ३–माथिका दुबै विकल्प लागु हुने अवस्था नआए शान्ति प्रक्रिया, संविधान निर्माण तथा पूनर्निमार्णमा जो सँग मुद्दा मिल्छ उसैसँग मिलेर सरकार बनाउने विषयलाई समेत माओवादीले तेस्रो विकल्पको रुपमा राखेको छ ।
तेस्रो विकल्प माओवादी केन्द्रको परिभाषामा बहुमतिय विकल्प हो ।
एमाले तयार भए राष्ट्रिय सरकार
माओवादी केन्द्रको प्रस्ताव एमालेले मानेमा वा माओवादीले भनेको भद्र सहमति अनुसार एमाले अघि बढ्न तयार भएमा राष्ट्रिय सरकार बन्न सक्छ । यस्तो सरकारका लागी एमाले तयार हुनेबित्तिकै कांग्रेस तथा मधेसवादीले यसअघि नै आफु तयार रहेको बताइसकेको छ ।
एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा राष्ट्रिय सरकार बन्ने अवस्था नभएपनि माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहालको नाममा बन्ने सम्भावनातर्फ नेपाली कांग्रेस र मधेसवादी दलले संकेत गरिसकेका छन् ।
यदी यसरी राष्ट्रिय सरकार बन्ने अवस्था आएमा मधेस समस्या र आन्दोलन हल मात्रै हुने छैन संविधान कृयान्वयन द्रूत गतिमा अघि बढ्नेछ भने स्थानिय निर्बाचन लगायतका प्रादेशिक निर्बाचनमा कुनै अड्चन आउने छैन र संविधान पूर्ण त कृयान्वयन हुने सकारात्मक अवस्था सिर्जना हुन्छ ।
तर एमालेले राष्ट्रिय सहमतिको बाटो रोज्छ या ‘इगो’को राजनीति गर्छ भन्ने कुराले राष्ट्रिय सहमतिको सरकार निर्माण के हुन्छ भन्ने कुरा निर्भर गर्दछ ।
बहुमतिय भए ढल्छ ओली सरकार
माओवादी केन्द्रले अन्तिम विकल्पको रुपमा ‘मुद्धा मिल्नेसँग मिलेर सरकार’ भनेर घुमाउरो भाषामा बहुमतिय सरकारको विकल्प प्रस्तुत गरेको छ ।
एमालेले ओवादी केन्द्रलाई सहमति अनुसारै नेतृत्व दिएको अवस्था पनि र माओवादीले ओली सरकारको समर्थन फिर्ता गरेर सरकार बाहिर रहेको स्थितिमा समेत ओली सरकार नरहने करिब पक्का जस्तै छ । माओवादी केन्द्रले समिकरण बदल्नेबित्तिकै नेपाली कांग्रेस, फोरम नेपाल, तमलोपा लगायतको समर्थनमा माओवादीको पक्षमा ३४१ सांसद रहने छन् भने ओली सरकारको पक्षमा राप्रपा लगायत गरी २५३ सांसद रहने आँकडा प्रष्ट देख्न सकिन्छ ।
यदी एमालेले सहमति अनुसार नेतृत्व माओवादीलाई दिएपनि अहिले कायम भएको सरकारको मत बरु थपिने तर नघट्ने सम्भावना बढेर जान्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: