Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

वन्यजन्तु संरक्षणका लागि ‘सवेन’ अनुमोदन

\"banyejantu\"काठमाडौँ २० असार । दक्षिण एसियामा वन्यजन्तु अपराध नियन्त्रण गर्न सहयोग तथा समन्वय गर्ने उद्देश्यले ल्याइएको ‘दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल’ ९सवेन० सम्बन्धी विधान व्यवस्थापिका–संसद्ले आज अनुमोदन गरेको छ ।

दक्षिण एसिया लगायत विश्वभर बढिरहेको दुर्लभ वन्यजन्तुको चोरी सिकार र अवैध व्यापार गम्भीर चुनौतीका रुपमा देखिएको जनाउँदै वन तथा भूसंरक्षण मन्त्रालयले वन्यजन्तु संरक्षणमा आपसी सहयोग र समन्वयका लागि सवेन विधान ल्याएको हो ।

संसद्को आजको बैठकमा मन्त्री अग्निप्रसाद सापकोटाले वन्यजन्तुको संरक्षणमा अन्तरदेशीय सहयोग आदानप्रदान गर्न सहज हुने जनाउँदै उक्त विधानलाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधानमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री सापकोटाले दुर्लभ वन्यजन्तुको अवैध चोरी सिकार तथा तिनका अङ्गको गैरकानुनी रुपमा बिक्रीवितरण गर्ने कार्यलाई निस्तेज तुल्याउन विधान अनुमोदन गर्नुपर्ने बताए ।

वन्यजन्तु संरक्षण गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनलाई अझ सशक्त बनाउन सन् २००८ मा भारतको जयपुरमा आयोजित सार्कका वातावरणमन्त्रीको बैठकले सवेन गठन गर्न सिफारिस गरेको थियो । सोही अनुरुप सन् २०११ मा भुटानमा भएको यस क्षेत्रका विज्ञको बैठकले सवेनको विधिवत् घोषणा गरेको थियो ।

सवेनमा सार्कका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भुटान, अफगानिस्तान र माल्दिभ्स सदस्य राष्ट्रका अतिरिक्त सहसदस्य, अन्तर्राष्ट्रिय सदस्य र सहयोगी सदस्य गरी तीन किसिमका सदस्यताको व्यवस्था गरिएको छ ।

सन् २०११ मा काठमाडौँमा स्थापित सचिवालयले सवेनका दैनिक कार्य अगाडि बढाइरहेको छ । सरकारले गत वर्ष असार २१ गते यसको पक्ष राष्ट्र बन्ने निर्णय गरेको थियो ।

मन्त्री सापकोटाले सवेनको अनुमोदनले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर गर्न अन्तर्राष्ट्रियस्तरमा प्रतिबद्धता जनाइसकिएको परिप्रेक्ष्यमा नेपाललाई वन्यजन्तु अपराध नियन्त्रण गरी लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए ।

लोपोन्मुख वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार रोक्न नेपालको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले अन्तरदेशीय सहयोग आदानप्रदान गर्न सवेनको भूमिका प्रभावकारी हुने उहाँले बताउनुभयो । उनले भने, “अन्य सदस्य राष्ट्रसँगको सम्बन्ध सुदृढ बनाउन, वन्यजन्तु अपराधसम्बन्धी सूचना र तथ्याङ्क आदानप्रदान गर्न र वन्यजन्तु अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन सवेनको भूमिका महत्वपूर्ण हुनेछ ।”

विधान अनुमोदनपछि सो विधानबमोजिम अनुबन्धित हुने र सचिवालय सञ्चालन गर्न आवश्यक पर्ने सीमित आर्थिक दायित्व पर्नेछ । जैविक विविधताले धनी र यसको संरक्षणमा गरिएका प्रयासमा विश्वभर नै उदाहरणीय बनेको नेपाल सवेनको स्थापना गर्नमा सुरुआतदेखि नै लागिपरेको मुलुक हो ।

मन्त्री सापकोटाले मङ्गलबार बस्ने संसद् बैठकमा वन्यजन्तुको अवैध व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि ९ साइटिस० र वनस्पतिसम्बन्धी विधेयक पेस गरिने जानकारी दिए । मन्त्रालयले यस बाहेक वन ऐनको संशोधित विधेयक संसद्मा पेस गरिसकेको छ ।

विधेयकमाथि दफावार छलफलका लागि संसदीय समितिमा पुगेको र छिट्टै पूर्ण बैठकबाट पारित हुने जनाइएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies