Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

नेपालको आफ्नै भूग्रहको स्थापना गरिने :मन्त्री राई

\"serdhanकाठमाडौँ, २२ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको आफ्नै भू–ग्रहको स्थापना गर्न लागिएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले बाढी, पहिरो जोखिम जिल्लामा मोबाइलमार्फत पूर्व सूचनाको जानकारी दिने सेवा सुरु गरिएको बताए । उनले राष्ट्रिय प्रशासरण नीति, अनलाइन निर्देशिकालाई परिमार्जन समिति गठन गरिएको जानकारी दिँदै मन्त्रालयअन्तर्गतका निकायका व्यवस्थापन सुधार भइरहेको उल्लेख गरे । मन्त्री राईले पत्रकारलाई उपचारका लागि ५० प्रतिशत छुटका लागि आवश्यक गृहकार्य अगाडि बढाएको जानकारी दिँदै सूचना तथा सञ्चार क्षेत्रमा लगानी बढिरहेको अवस्थामा यसलाई विशेष उद्योगको मान्यता दिन लागिएको बताए । राष्ट्रिय समाचार समितिको संस्थागत क्षमता अभिवृद्धि गरिने, चलचित्रलाई गतिशील बनाइने, हुलाक सेवालाई थप व्यावसायिक बनाइने सुरक्षण मुद्रण समिति गठन गरिने, टेलिफोन सेवालाई विस्तार गरिने, २४० निर्वाचन क्षेत्रमा नयाँ टावर विस्तार गरिने उनले जानकारी दिए । मन्त्री राईले सामुदायिक सूचना केन्द्र विस्तार गरिने, नेपाल टेलिकमको प्राविधिक सुधार तथा गुणस्तरमा ध्यान दिइने, राष्ट्रका लागि मेरो योगदानअन्तर्गत ‘मेरो कल मेरो सेयर’ को थालनी गरिने तथा भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा मर्मतलाई तीब्रता दिइने बताए । आमसञ्चार नीति मन्त्रिपरिषद्मा पेस हुने अवस्थामा रहेको जानकारी दिँदै मन्त्री राईले सो नीतिले आमसञ्चार क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्र गरे । मन्त्री राईको सो जवाफमाथि सांसद प्रेम सुवालले पूरक प्रश्न गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending