Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

थारुवान फेरि आन्दोलनमा

\"tharuhut\" काठमाडौ, २४ असार । नयाँ संविधान जारी हुनुअघिदेखि नै सीमांकनमा असन्तुष्टि जनाउँदै आन्दोलन शुरु गरेको थारुहट/थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । मधेस आन्दोलनको क्रममा कैलालीको टिकापुर घटनापछि मधेस आन्दोलन सेलाएको थियो । टिकापुर घटनामा संलग्न भएको भन्दै दर्जनौ थारुवान नेता कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएपछि थारु अगुवाहरु भागभाग थिए । कैलाली घटनापछि थारू अान्दाेलनकाे अगुवाइ गरेकाे मधेसी जनाधिकार फाेरम लाेकतान्त्रिक भने सरकारमा सहभागी भएकाे थियाे । थरुहट/थारुवान संयुक्त संघर्ष समितिले शुक्रबार रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरी एक महिना लामो आन्दोलनको घोषणा गरेको हो । उनीहरुले आफूहरुको आन्दोलन शुरु भएको झण्डै एक वर्ष पुगेको अवसरमा आन्दोलन घोषणा गरेका हुन् । थारुवान/थरुहट संयुक्त संघर्ष समितिले गत वर्ष साउन २७ गतेदेखि आन्दोलन थालेका थिए । एक महिने आन्दोलनमा राज्यलाई असहयोग गर्नेदेखि सिंहदरबार अगाडि लालटिन बाल्ने सम्मका छन् । घोषित आन्दोलनको कार्यक्रममा असार २४ गतेदेखि साउन २३ गतेसम्म नेपाल सरकारद्धारा आयोजित सम्पूर्ण कार्यक्रमहरुलाई असहयोग, बहिस्कार र भद्र अवज्ञा गर्ने, थारु समुदायले हातमा कालोपट्टी बाँध्ने थरुहट जिल्लाका प्रत्येक घर, चोक र बजारमा कालोझण्डा झुण्ड्याउने, प्रत्येक दिन दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टा लाल्टिन तथा मैनबत्ती बाल्ने रहेका छन् । पायक पर्ने स्थानमा साउन १५ गते मुखमा कालोपट्टी बाँधेर लालटिन जुलुस निकाल्ने तथा धर्ना दिने, असार ३१ गते काठमाडौंको न्यूरोड गेट, साउन ७ गते सिंहदरवारको पूर्वी गेट, साउन १४ गते प्रधानमन्त्री निवास र साउन २१ गते राष्ट्र संघको कार्यालय अगाडि दिउँसो १२ बजेदेखि १ बजेसम्म लाल्टिन, टुकी, दीयो र मैनबत्ती बालेर मुखमा कालो पट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेकाे समितिले जनाएकाे छ । अागामी साउन २७ गतेपछि अान्दाेलन थप सशक्त पारिने थारूवान नेता राजकुमार लेखीले बताए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy