काठमाडौँ, २९ असार । राष्ट्रिय सूचना आयोगले नेपाल वायु सेवा निगमले खरिद तथा अनुदानमा ल्याउन लागेको चिनियाँ जहाजसम्बन्धी नेपाल र चीनबीच भएका सम्झौता सार्वजनिक गर्न आदेश दिएको छ ।
ती जहाज खरिद तथा अनुदानमा ल्याउने सम्बन्धमा नेपाल र चीनबीच भएका सम्झौताका साथै यस सम्बन्धमा भएका पत्राचार पनि निवेदकलाई दिन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवका नाममा आदेश दिएको हो ।
उक्त सूचना पाऊँ भनी काठमाडौँ महानगरपालिका–३५ बस्ने राजु ढकालले उक्त मन्त्रालयसँग विसं २०७२ चैत ११ गते सूचना माग गर्नुभएको थियो । तर सो मन्त्रालयले उक्त सूचना नदिएपछि उहाँले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए ।
आयोगले उक्त मन्त्रालयका अधिकारीसँग गरेको बारम्बारको परामर्श र सूचना दिलाउन गरेका निर्देशनपछि पनि सूचना उपलब्ध नभएपछि ती सूचना निवेदकलाई दिन आदेश दिइएको आयोगका सूचना आयुक्त एवम् प्रवक्ता यशोदा तिमिल्सिनाले जानकारी दिए ।
आयोगले ती चिनियाँ जहाज नेपालका लागि अनुकूल भए÷नभएको सम्बन्धमा सुझाव दिन गठित प्राविधिक समितिले पेस गरेको प्रतिवेदनको प्रतिलिपिसमेत आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने भएमा पूरा गरी निवेदकलाई उपलब्ध गराउनसमेत आदेश दिएको छ ।
नेपाल र चीन सरकारबीच सन् २०१२ को नोभेम्बर २९ मा ती जहाजका सम्बन्धमा अनुदान तथा खरिद सम्झौता भएको थियो । उक्त सम्झौताका दुई पक्षबाहेक अर्को तेस्रो पक्षलाई त्यस सम्झौता दिन नमिल्ने भनी सूचना दिन मन्त्रालयले अस्वीकार गरेको थियो ।
तर आयोगले भने दुई देशबीच हुने कुनै पनि सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन सङ्घीय कानुनबमोजिम हुने संवैधानिक व्यवस्था भएकाले यो जहाज खरिदसम्बन्धी सम्झौता पनि गोप्य राख्नुपर्ने कुनै आधार नदेखिएकाले निवेदकले माग गरेका सूचना दिनुपर्ने पक्षमा आदेश गरेको हो ।
निवेदक राजु ढकालले सूचना पाउन माग गरेको यो विषय सार्वजनिक सरोकारको विषय भई प्रत्येक नेपाली नागरिकको मौलिक अधिकारभित्र पर्ने आयोगको आदेशमा उल्लेख गरिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: