Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

पेरिसडाँडामा मन्त्रीको 'सर्ट लिष्ट' तयार

\"prachanda\" काठमाडौं, ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बन्ने भएपछि माओवादी हेडक्वाटर पेरिसडाँडामा मन्त्रीहरुको लिष्ट तयार भइसकेको छ । सानो आकारको मन्त्रीपरिषद् बनाउने भन्दै पहिलो चरणमा नेपाली कांग्रेससँग १२–८ को सहमति गरेपछि माओवादीले आन्तरिक रुपमा मन्त्री बनाउनेहरुको ‘सर्ट लिष्ट’ तयार गरेको पेरिसडाँडा स्रोतले बताएको छ । बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारबाट फिर्ता हुनुपर्नेमा पार्टी भित्र दबाब दिएका केही नेताहरु नयाँ मन्त्रीको लिष्टमा परेको पनि स्रोतको दाबी छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने मन्त्रिपरिषद्मा पार्टीको तर्फबाट माओवादी महासचिव कृष्णबहादुर महरा दोस्रो बरियता दिने आन्तरिक तयारी गरिएको छ । महरा उपप्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको पेरिशडाँडा स्रोतको भनाइ छ । ओली नेतृत्वमा माओवादीबाट मन्त्री भएका दुई जना अबको सरकारमा पनि बन्ने पक्कापक्की भएको छ । पार्टीभित्र भने पुरानालाई मन्त्री बनाउन नहुनेमा नेतृत्वलाई दबाब बढेको छ । आफूलाई मन्त्री बनाउन भन्दै एकताबाट आएकाहरुले समूहका नेतालाई दबाब दिएका छन् । यस्तै, पूर्व माओवादी नेता बाबुराम भट्टराई निकट भनेर चिनिएका प्रभु शाहलाई मधेसको प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउने तयारी गरिएको स्रोतको दाबी छ । विगतमा भट्टराई पक्ष भनेर चिनिएका अन्य केही नेतालाई पनि मन्त्री बनाइने भएको छ । स्रोतका अनुसार मन्त्रीको लिष्टमा हितराज पाण्डे, राम कार्की, महेन्द्रबहादुर शाही, दलजित श्रीपाइली पनि माओवादीबाट मन्त्री बन्नेको प्रारम्भिक लिष्टमा परेका छन् । तर यो लिष्ट अन्तिम लिष्ट नभएकाले विभिन्न माओवादीबाट एकतामा आएकाहरुसँग थप छलफल गरेपछि केही थपघट पनि हुन सक्ने बताइएको छ । मन्त्री बन्न नपाएको भन्दै रोष प्रकट गर्ने केहीलाई भने राजदूत बनाइदिने आवश्वासन पनि दिइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE