Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

यसरी हुँदैछ मधेस आन्दोलनको अवतरण

\"sanghiya काठमाडौं, ३० असार । नेकपा माओवादी केन्द्र एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट बाहिरिएपछि बन्न लागेको नयाँ गठबन्धनको सरकारको पहिलो प्राथमिकतामा मधेस मुद्दा परेको छ । मधेसको मागलाई सम्बोधन गरी मधेसी दलहरुलाई समेत सरकारमा सहभागी गराउनेबारे पनि छलफल भइरहेका छन् । वर्तमान प्रधानमन्त्री ओली मधेसको मुख्य दुश्मन रहेको आन्दोलनरत मधेसी दलहरुको ठम्याइ छ । ओलीले बेलाबेलामा मधेसी जनताको आन्दोलन नभइ बिहारीहरुको आन्दोलन भनी अभिब्यक्ति दिएर हिलो छ्याप्ने काम गरेपछि मधेसी नेताहरु ओलीप्रति रुष्ट भएका हुन् । त्यसैले ओली सरकार विस्थापित गर्ने जुनसुकै निर्णयमा पनि हस्ताक्षर गर्ने बताएका मधेसी दलहरुले ओली सरकारविरुद्ध पेश भएको अविश्वासको प्रस्तावको पनि समर्थन जनाइसकेको छ । ओली नेतृत्वको सरकार विस्थापनपछि बन्ने सरकारले आफूहरुको माग पूरा गर्छ भन्नेमा पनि मधेसी दलहरु विश्वस्त छैनन् । प्रदेशको सीमाकंनको विवाद सरकारले मात्रै निर्णय गरेर नहुने भएकाले सबैको सहमति जुट्ने विश्वास अझै पनि मधेसी दलहरुलाई छैन । नयाँ गठबन्धनको सरकार बनेपछि एमाले प्रतिपक्षमा रहने भएकाले विवाद कायमै रहने मधेसी दलहरुको बुझाइ छ । तर आफूहरुको माग पूरा नभए आन्दोलन जारी राख्ने तागत पनि मधेसी दलहरुसँग छैन । दश महिनाभन्दा बढी समयदेखिको आन्दोलनका कारण मधेसी कार्यकर्ताहरुले नै साथ पाउन छाडेका छन् भने जनजातिहरुसँगको गठबन्धनपछि मधेसी मोर्चाकै नेताहरुबीच बेमेल बढ्दै गएको छ । आन्दोलन उत्कर्षमा पनि नपुग्ने आफूहरुप्रति मधेसीको साथ पनि गुम्ने भएपछि मधेसी नेताहरु आन्दोलनको सुरक्षित अवतरणको खोजीमा छन् । अहिलेको नयाँ गठबन्धनसँग आन्दोलन अवतरणको उपयुक्त विकल्प हुने मधेसी नेताहरुको ठम्याइ छ । नयाँ गठबन्धनमा बन्न लागेको सरकारसँग मधेसलाई दुई प्रदेशमा सहमति गरेर अन्य मागमा छलफल चलाउँदै जान सकिने भन्दै मोर्चाका नेताहरुबीच छलफल भइरहेको छ । मोर्चाका नेताहरु अबको गठबन्धनको सरकारमा सहभागी हुने÷नहुनेबारेमा पनि छलफल चलाइरहेका छन् । वर्तमान सरकारमा सहभागी भइ स्थानीय र प्रदेशको चुनावको सदुपयोग गर्नुपर्ने एकथरी मधेसी नेताहरुको भनाइ छ भने अर्काथरीले आफूहरु सरकारमा गएर मधेसको एजेण्डा ओझेलमा पर्ने भएकाले सरकारमा जान नहुने पक्षमा छन् । कांग्रेस–माओवादी गठबन्धनले भने मधेसी आन्दोलन टुंग्याउन पनि मधेसी मोर्चालाई सरकारमा ल्याउनुपर्ने भन्दै पहल जारी राखेको छ । असन्तुष्ट विभिन्न पक्षहरुलाई सरकारमा समेट्ने गरी छलफल भइरहेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE