Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

यसरी हुँदैछ मधेस आन्दोलनको अवतरण

\"sanghiya काठमाडौं, ३० असार । नेकपा माओवादी केन्द्र एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट बाहिरिएपछि बन्न लागेको नयाँ गठबन्धनको सरकारको पहिलो प्राथमिकतामा मधेस मुद्दा परेको छ । मधेसको मागलाई सम्बोधन गरी मधेसी दलहरुलाई समेत सरकारमा सहभागी गराउनेबारे पनि छलफल भइरहेका छन् । वर्तमान प्रधानमन्त्री ओली मधेसको मुख्य दुश्मन रहेको आन्दोलनरत मधेसी दलहरुको ठम्याइ छ । ओलीले बेलाबेलामा मधेसी जनताको आन्दोलन नभइ बिहारीहरुको आन्दोलन भनी अभिब्यक्ति दिएर हिलो छ्याप्ने काम गरेपछि मधेसी नेताहरु ओलीप्रति रुष्ट भएका हुन् । त्यसैले ओली सरकार विस्थापित गर्ने जुनसुकै निर्णयमा पनि हस्ताक्षर गर्ने बताएका मधेसी दलहरुले ओली सरकारविरुद्ध पेश भएको अविश्वासको प्रस्तावको पनि समर्थन जनाइसकेको छ । ओली नेतृत्वको सरकार विस्थापनपछि बन्ने सरकारले आफूहरुको माग पूरा गर्छ भन्नेमा पनि मधेसी दलहरु विश्वस्त छैनन् । प्रदेशको सीमाकंनको विवाद सरकारले मात्रै निर्णय गरेर नहुने भएकाले सबैको सहमति जुट्ने विश्वास अझै पनि मधेसी दलहरुलाई छैन । नयाँ गठबन्धनको सरकार बनेपछि एमाले प्रतिपक्षमा रहने भएकाले विवाद कायमै रहने मधेसी दलहरुको बुझाइ छ । तर आफूहरुको माग पूरा नभए आन्दोलन जारी राख्ने तागत पनि मधेसी दलहरुसँग छैन । दश महिनाभन्दा बढी समयदेखिको आन्दोलनका कारण मधेसी कार्यकर्ताहरुले नै साथ पाउन छाडेका छन् भने जनजातिहरुसँगको गठबन्धनपछि मधेसी मोर्चाकै नेताहरुबीच बेमेल बढ्दै गएको छ । आन्दोलन उत्कर्षमा पनि नपुग्ने आफूहरुप्रति मधेसीको साथ पनि गुम्ने भएपछि मधेसी नेताहरु आन्दोलनको सुरक्षित अवतरणको खोजीमा छन् । अहिलेको नयाँ गठबन्धनसँग आन्दोलन अवतरणको उपयुक्त विकल्प हुने मधेसी नेताहरुको ठम्याइ छ । नयाँ गठबन्धनमा बन्न लागेको सरकारसँग मधेसलाई दुई प्रदेशमा सहमति गरेर अन्य मागमा छलफल चलाउँदै जान सकिने भन्दै मोर्चाका नेताहरुबीच छलफल भइरहेको छ । मोर्चाका नेताहरु अबको गठबन्धनको सरकारमा सहभागी हुने÷नहुनेबारेमा पनि छलफल चलाइरहेका छन् । वर्तमान सरकारमा सहभागी भइ स्थानीय र प्रदेशको चुनावको सदुपयोग गर्नुपर्ने एकथरी मधेसी नेताहरुको भनाइ छ भने अर्काथरीले आफूहरु सरकारमा गएर मधेसको एजेण्डा ओझेलमा पर्ने भएकाले सरकारमा जान नहुने पक्षमा छन् । कांग्रेस–माओवादी गठबन्धनले भने मधेसी आन्दोलन टुंग्याउन पनि मधेसी मोर्चालाई सरकारमा ल्याउनुपर्ने भन्दै पहल जारी राखेको छ । असन्तुष्ट विभिन्न पक्षहरुलाई सरकारमा समेट्ने गरी छलफल भइरहेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending