Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

साउन ६ गते बस्ने संसद बैठकमा अविस्वासको प्रस्ताव माथि छलफल हुने

\"sambidhansava\" काठमाडौँ, ३१ असार । व्यवस्थापिका–संसद्को साउन ६ गते बस्ने बैठकमा सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुने भएको छ । व्यवस्थापिका–संसद्मा बजेटसम्बन्धी तीन विधेयक पारित हुन बाँकी रहेको अवस्थामा संसद् सचिवालयले आगामी बैठकमा सरकारविरुद्धको अविश्वास प्रस्तावमाथि मात्र छलफल हुने जनाएको हो । यसअघि संसद्ले ‘विनियोजन विधेयक, २०७३’ पारित गरिसकेको छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० लगायत दलले वर्तमान सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । संसद्को आजको बैठकमा बजेटसम्बन्धी विधेयकमाथि छलफल गर्ने कार्यसूची भए पनि दलबीच त्यसबारेमा कुरा नमिल्दा बैठक स्थगन भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित २८१ सांसदले हस्ताक्षर गरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विश्वास छैन भनी संसद्मा दर्ता गराएको अविश्वासको प्रस्तावमाथि मात्र छलफल हुने संसद् सचिवालयले जनाएको छ । सभामुख ओनसरी घर्तीले सञ्चारकर्मीसँग कुरा गर्दै परम्परा र अभ्यासका आधारमा अविश्वासको प्रस्ताव बाहेक अब संसद्मा अरु ‘बिजनेस’ अघि नबढाउने निष्कर्षमा पुगेको जानकारी दिइन । संसद्को कार्यसूचीमा रहेको बजेटसम्बन्धी विधेयकमाथिको छलफल र अविश्वासको प्रस्तावमध्ये कुनलाई पहिले अघि बढाउने भन्ने सन्दर्भमा दलबीच मत बाझिएपछि सभामुख घर्तीले अभ्यास र परम्पराका आधारमा उक्त निर्णय लिनुपरेको जानकारी दिएकी हुन । सत्तारुढ दल बजेटसम्बन्धी विधेयक तत्काल पारित गराउने पक्षमा छन् । काँग्रेस, माओवादी केन्द्र लगायत दल भने सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको छिनोफानो भएपछि मात्र बजेटसम्बन्धी विधेयक पारित गर्नुपर्ने पक्षमा उभिएका छन् । संसद्को कार्य सञ्चालन नियमावलीअनुसार बुधबार संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव परिपक्व हुन एक साता लाग्नेछ । सरकारबाट गत मङ्गलबार फिर्ता भएको माओवादी केन्द्रले आज बजेटसम्बन्धी विधेयक अविश्वास प्रस्ताव पारित नभएसम्म अघि नबढाउने निर्णय गरेको छ । त्यस्तै सरकार र प्रमुख सत्तारुढ दल नेकपा ९एमाले०ले भने अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेका छन् । संविधानको भाग ३३ मा रहेको सङ्क्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९८ मा मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था छ । धारा २९८ को उपधारा ८ मा राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, व्यवस्थापिका–संसद्मा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट अविश्वासको प्रस्ताव पारित भएमा वा विश्वासको प्रस्ताव पारित हुन नसकेमा, व्यवस्थापिका–संसद्को सदस्य नरहेमा र मृत्यु भएमा प्रधानमन्त्री पदबाट मुक्त हुने प्रावधान छ । काँग्रेस, माओवादी केन्द्र र नेकपा९संयुक्त०ले वर्तमान सरकार भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन, मुलुकमा सुशासन कायम गर्न, संविधानप्रति असन्तुष्ट दल र पक्षलाई सहमतिमा ल्याउन तथा शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतिमा टुंग्याउन पूर्ण रूपमा असफल भएको भनी अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy