Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

माग नसमेटिएसम्म गठबन्धन सरकारमा जाँदैन: यादव

\"Upendra

काठमाडौँ, ३१ असार । सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गठबन्धनले राखेको २६ बुँदे माग संविधानमा नसमेटिएसम्म तत्काल सरकारमा नजाने बताए ।

स्वायत्त र अधिकारसम्पन्न प्रदेश हुनुपर्ने, सरकारी कामकाजमा बहुभाषी नीति लागू गर्नुपर्ने, जनसङ्ख्याका आधारमा प्रदेशको स्थान सङ्ख्या निर्धारण हुनुपर्ने लगायत माग राखी ३९ दिनसम्म बसेको रिले अनशनको आज समापन गर्दै संयोजक यादवले गठबन्धनले राखेको माग पूरा नभएसम्म आफूहरु सरकारमा नजाने स्पष्ट पारे ।

उनले भने, “हाम्रो आन्दोलनलाई हरेक क्षेत्रको व्यक्तिको समर्थन रहेकाले राज्यले समर्थन गर्नुपर्छ, यो आन्दोलन सम्बोधन नभए मुलुक हिंसातर्फ जान्छ ।”

कार्यक्रममा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारु, तराई–मधेस सद्भावना पार्टी नेपालका वरिष्ठ नेता रामनरेश राय लगायतले सरकारले गठबन्धनको माग पूरा नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पारे । अनशन गत जेठ २५ देखि सुरु भएको थियो ।

‘गठबन्धनका मागलाई प्राथमिकतामा’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सङ्घीय गठबन्धनले राखेका मागलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । अनशनप्रति समर्थन जनाउन खुलामञ्च पुग्नुभएका अध्यक्ष दाहालले मुलुक नयाँ राजनीतिक रुपमा अगाडि बढेको सन्दर्भमा गठबन्धनको मागको सकारात्मक वार्ताबाट समाधान खोजिने बताए ।

उनले भने, “नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सम्झौताको बुँदा नं १ मा नै गठबन्धनको मागलाई सम्बोधन गरेका छौँ, सकारात्मक ढङ्गले वार्ता अगाडि बढाएर राजनीतिक समाधान खोजिन्छ ।” रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE