Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

भारतीय प्रहरीका कारण नेपाली त्रसित

\"nawal-parasi_map\"नवलपरासी, १ साउन । नेपाल भारत सीमा क्षेत्रमा गत असार १६ गते एक बालिकाको रहस्यमय तरिकाले मुत्यु भएकै कारण यतिबेला नवलपरासीका पक्लीहवा गाविसमा स्थानीय त्रसित छन् । विशेष गरी सीमापारीका भारतीय सुरक्षाकर्मीको डरका कारण सीमामा बस्दैै आएका नेपाली निकै त्रसित बनेका हुन् । गत असार १६ गते बाख्रा चराउन भनी सीमापारी भारत जिल्ला महाराजगन्ज चिनलौल थाना अ‍ैरहवा गाउँमा पुगेकी १३ वर्षीया मङ्गीता कुर्मीको रहस्यमय तरिकाले हत्या भएको थियो । यद्यपि यसरी बालिकाको रहस्यमय तरिकाले मृत्यु भएको दुई साता भइसक्दा समेत यसबारे भारतीय प्रहरी मौन छ । भारतीय प्रहरीले सो घटनाबारे कसैलाई पनि जानकारी दिन खाजेको छैन साथै भारतीय प्रहरीले बालिकाको शव परीक्षण रिपोर्ट समेत बालिकाको घरपरिवारलाई बुझाएको छैन । गाउँलेले भारतीय प्रहरीले दोषीलाई बचावट गर्न भारतीय प्रहरी सक्रिय रहेको भन्दै तत्काल न्यायिक छानबिनको माग राखेका छन् । नवलपरासी क्षेत्र नं ६ का सांसद देवकरणप्रसाद कलवारले सीमा क्षेत्रमा भारतीय प्रहरीको ज्याजतीमा नेपाली समुदाय बाँच्न बाध्य छन् । असार १६ गते बिहान ८ः३० घरबाट बाख्रा लिएर सीमा परी खेतमा बाख्रा चराउन घरबाट निस्किएकी मङ्गीताको राति करिब ८ः३० बजेतिर खेतमै शव फेला परेको थियो । सीमा क्षेत्रमा विशेष गरी सामान्य खाद्यान्न किनमेलदेखि पशु चौपाया चराउन सीमापारी भारत जानुपर्ने सीमावर्ती नेपाली समुदायको बाध्यता हो । सो घटनाबारे भारतीय प्रहरीले नवलपरासीको पक्लीहवाका १६ वर्षीय मेराज मिया र २३ वर्षीय गजेन्द्र कुर्मीलाई नियन्त्रणमा लिएर पाँच दिन पछि छाडेको थियो । सो क्रममा आफूहरुलाई भारतीय प्रहरीलाई कुटपिट समेत गरेको गजेन्द्र कुर्मीले बताए । बालिकाका बुबा सुरेन्द्र कुर्मीले आफ्नो छोरीको हत्यामा संलग्नलाई कारबाही गर्न भारतीय प्रहरी मौन बसेकाले न्यायिक छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग राखे । बालिकाको मृत्यु भएको स्थान भारतमै पर्दछ । बालिकाको मृत्यु भएको दिन सो क्षेत्रमा भारतीय सुरक्षाकर्मीको समेत आवागमन भएको सीमावर्ती नेपालीको भनाइ छ । सो घटनालाई सीमावर्ती भारतीय प्रहरीले लुकाउन खोजिएको भन्दै गाउँलेलाई नवलपरासीमा स्थानीय प्रशासन समक्ष उजुरी समेत गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE