काठमाडौं, १ साउन । संविधान अनुसार तत्काल नयाँ सरकार बन्नै नसक्ने भन्दै अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले अझै खेल खेल्न बाँकी रहेको बताउँदै हिडेपछि तनावमा रहेका कांग्र्रेस माओवादीका नेताहरुलाई कानूनविदहरुसँगको छलफलपछि राहत मिलेको छ । संविधान अनुसार अविश्वासको प्रस्ताव पेश गरे पनि संक्रमणकालमा नयाँ सरकारको प्रावधान नरहेको दाबी गरिएपछि शनिवार कांग्रेस, माओवादीका नेताहरुले कानूनविदहरुसँग छलफल गरेका थिए । कानूनविदहरुले सरकार अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजिनामा नदिए पनि नयाँ सरकार गठन गर्न सकिने सुझाव दिएपछि नेताहरुलाई राहत मिलेको हो । कानूनविद्हरुले यहि संविधानको धारा २९८ अनुसार नै नयाँ सरकार गठन गर्न सकिने सुझाव दिएका छन् । संविधान जारी भएसँगै ओली प्रधानमन्त्री बनेको प्रावधान अनुसार नै नयाँ सरकार बन्ने कानूनका ज्ञाताहरुको भनाइ छ । कानूनका ज्ञाताहरुले सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजिनामा नदिए पनि नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन मिल्ने बताएका छन् । शनिवार झण्डै डेढ दर्जन कानूनविद्हरुसँग कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले छलफल गरेका थिए । संविधानविद डाक्टर सूर्य ढुंगेल, हरिहर दाहाल, शेरबहादुर केसी, प्रेमबहादुर खड्का, बद्रीबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, सुनिल पोख्रेल, रमण श्रेष्ठ, माधव बास्कोटा, कुमार रेग्मी, लगायतसँग नेताहरुले नयाँ सरकार निर्माणको कानूनी जटिलताबारे छलफल गरेका थिए । कानूनविदहरुसँगको छलफलपछि अब कांग्रेस माओवादीका नेताहरु नयाँ सरकार गठन प्रक्रियामा लाग्ने भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: