Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

भूकम्पपीडित बालबालिकाले पुनः सहयोग पाउने

\"childकाठमाडौँ, २ साउन । विसं २०७२ को भूकम्पबाट प्रभावित अत्याधिक जोखिममा परेका बालबालिकाले प्राथमिकताका आधारमा पुनः सहयोग पाउने भएका छन् । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले बालबालिका वा परिवारको स्थिति सुधारका लागि थप सहयोग गर्ने भएका हुन् । समितिले पहिलो चरण अन्तर्गत भूकम्प प्रभावित १४ जिल्लाका अत्याधिक जोखिममा परेका २१ हजार बालबालिकालाई प्रतिव्यक्ति रु पाँच हजारका दरले स्वास्थ्य, शिक्षा र पारिवारिक सहयोगका लागि रकम दिइसकेको छ । समितिको हालसम्मको तथ्याङ्कानुसार ४१ हजार ९२६ बालबालिका भूकम्पबाट प्रभावित छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा एक हजार तीन सय छन् । सो तथ्याङ्कबाट समितिले पुनः प्राथमिकता दिई दोस्रो चरणको सहयोग गर्न लागेको परियोजना अधिकृत केशव चालिसेले जानकारी दिए । दोस्रो चरणको सहयोगमा करिब ४२ हजारमध्येबाटै प्राथमिकीकरण गरी करिब एक हजार जनालाई रु पाँच हजारका दरले भदौ महिनादेखि रकम वितरण गरिने छ । त्यसैगरी समितिले १४ जिल्लामा विभिन्न सरोकार भएका निकायसँग समन्वय गरी प्रभावकारी ढङ्गबाट बाल संरक्षणार्थ योजना निर्माण तथा सहयोग वितरण कार्य समेत सञ्चालन गर्ने छ । भूकम्पबाट प्रभावित बालबालिकालाई पहिलो प्राथमिकता परिवार, समाज वा आफन्तकहाँ स्थापित गर्ने र त्यसो हुन नसकेमा केन्द्रीय बालकल्याण समितिको समन्वयमा बलागृहमा राख्ने गरिएको महिला मन्त्रालय, बाल संरक्षण शाखा प्रमुख डा किरण रूपाखेतीले जानकारी दिए भूकम्प वा अन्य कारणबाट बाबु र आमा दुवै गुमाएका, बाबुआमामध्ये कोही एक गुमाएका, बाबुको मृत्यु भएको, आमाले अर्को विवाह गरेको लगायतका आधारमा बालबालिकाको पुनः प्राथमिकीकरण गरी सहयोग वितरण गरिने परियोजना अधिकृत चालिसेको भनाइ छ । बालकल्याण समितिले सडक बालबालिकाको व्यवस्थापन र द्वन्द्वप्रभावित बालबालिकाको सम्बन्धमा समेत काम गर्दै आएको छ । यसैबीच समितिले पछिल्लो पटक देशैभरि रहेका बालगृहको अनुगमनलाई तीव्र बनाएको कार्यकारी निर्देशक तारक धितालले जानकारी दिनुभयो । समितिले २०७२ साउनदेखि २०७३ वैशाखसम्म ३६० बालगृहमा गरेको अनुगमनका क्रममा १३ बालगृह मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । समितिले ती बालगृहबाट १७८ बालबालिकालाई उद्धार समेत गरिसकेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE