Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

सरकार गठनमा संबैधानिक जटिलता छैन : कर्ण

\"_DSC3769-750\"भक्तपुर, २ साउन । नयाँ सरकारको गठबन्धनमा लागेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य र सहयोगमा उत्रिएको सद्भावनाका सह अध्यक्ष लक्ष्मणलाल कर्णले ओली सरकारको बहिरगमन पश्चात नयाँ सरकार गठनमा कुनै संबैधानिक जटिलता नरहेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा सद्भावनाका सहअध्यक्ष कर्णले ओली सरकारले मधेशका मागलाई टुक्कामा सिमित पार्दै कुनै सम्बोधन नगरेकाले नयाँ माओबादी केन्द्र र काँग्रसको सरकारले आफ्ना मागहरुको सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोले समर्थन गरेता पनि आफ्नो दल सरकारमा नजाने बताए । उनले दक्षिण तर्फको छिमेकीको भरमा मधेश आन्दोलन भएको भन्दै आरोप लगाउनेहरु गलत भएको र दक्षिण तर्फ लाई गाली नगरे एक छाकको खान नपच्ने रोगकै कारण दक्षिण तर्फका छिमेकीसँगको सम्बन्ध बिग्रेको र यसलाई थप मलजल गर्ने काममा ओलीको समेत प्रत्यक्ष भूमिका देखिनुले कुटनीतिक सम्बन्धको स्पष्टता प्रष्टिएको बताए । उनले मधेशबादी दलहरु एमालेको बिरोधी नभएको र नयाँ बन्ने सरकारमा एमालेलाई समेत सामेल गर्दा राम्रो हुने भन्दै आफूहरु ओली प्रबृतिको बिरोधी भएको बताए । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सांसद मिन बिश्वकर्माले वर्तमान केपी ओलीको सरकारले जसरी सरकारको बहिरगमन पश्चात नयाँ सरकारको निर्माणमा संबैधानिक जटिलता रहेको बिषय उठान गरेको छ त्यो हल्ला मात्र भएको भन्दै नयाँ सरकारको गठनमा संबैधानिक जटिलता नरहेको स्पष्ट परेका छन् । उनले भने यदि त्यस्तो संबैधानिक जटिलता भएको भए सुसिल कोइराला पछिको सरकारको नेतृत्व कसरी केपी ओलीले गर्न पाउँथे । केही समय सरकार लम्ब्याउने खेलमा लाग्न भन्दा पनि अविश्वासको प्रस्तावसँगै ओलीले राजीनामा दिए ओली र उनको पार्टी लगायत सबैको हितमा रहने बिश्वकर्माको भनाई छ । बिश्वकर्माले ओली सरकार बैदेशिक कुटनीतिमा पूर्ण रुपमा असफल रहेको भन्दै उनले वर्तमान सरकारले सबै बिदेशीहरुसँगको कुटनीति सम्बन्ध बिगारेको आरोप लगाए । उनले संबैधानिक जटिलताको हल्लाबाट बाहिर आएर हेर्दा सबैको भलो हुने भन्दै अविश्वासको प्रस्तावसँगै सरकार निर्माण कसैले चाहरे रोक्न नसक्ने दाबी गरे । नेपाली काँग्रेसको पदाधिकारी पूर्ति भातृसंगठनहरुको निवाचनसँगै हुने भन्दै उनले निर्वाचन पश्चात देखिएको राजनीतिक समस्याले ढिलाई भएको बताए । चार भातृसंगठनहरुको अधिवेशन भदौ मसान्त भित्र भईसक्ने उनले जनकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE