Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सरकार गठनमा संबैधानिक जटिलता छैन : कर्ण

\"_DSC3769-750\"भक्तपुर, २ साउन । नयाँ सरकारको गठबन्धनमा लागेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य र सहयोगमा उत्रिएको सद्भावनाका सह अध्यक्ष लक्ष्मणलाल कर्णले ओली सरकारको बहिरगमन पश्चात नयाँ सरकार गठनमा कुनै संबैधानिक जटिलता नरहेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा सद्भावनाका सहअध्यक्ष कर्णले ओली सरकारले मधेशका मागलाई टुक्कामा सिमित पार्दै कुनै सम्बोधन नगरेकाले नयाँ माओबादी केन्द्र र काँग्रसको सरकारले आफ्ना मागहरुको सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोले समर्थन गरेता पनि आफ्नो दल सरकारमा नजाने बताए । उनले दक्षिण तर्फको छिमेकीको भरमा मधेश आन्दोलन भएको भन्दै आरोप लगाउनेहरु गलत भएको र दक्षिण तर्फ लाई गाली नगरे एक छाकको खान नपच्ने रोगकै कारण दक्षिण तर्फका छिमेकीसँगको सम्बन्ध बिग्रेको र यसलाई थप मलजल गर्ने काममा ओलीको समेत प्रत्यक्ष भूमिका देखिनुले कुटनीतिक सम्बन्धको स्पष्टता प्रष्टिएको बताए । उनले मधेशबादी दलहरु एमालेको बिरोधी नभएको र नयाँ बन्ने सरकारमा एमालेलाई समेत सामेल गर्दा राम्रो हुने भन्दै आफूहरु ओली प्रबृतिको बिरोधी भएको बताए । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सांसद मिन बिश्वकर्माले वर्तमान केपी ओलीको सरकारले जसरी सरकारको बहिरगमन पश्चात नयाँ सरकारको निर्माणमा संबैधानिक जटिलता रहेको बिषय उठान गरेको छ त्यो हल्ला मात्र भएको भन्दै नयाँ सरकारको गठनमा संबैधानिक जटिलता नरहेको स्पष्ट परेका छन् । उनले भने यदि त्यस्तो संबैधानिक जटिलता भएको भए सुसिल कोइराला पछिको सरकारको नेतृत्व कसरी केपी ओलीले गर्न पाउँथे । केही समय सरकार लम्ब्याउने खेलमा लाग्न भन्दा पनि अविश्वासको प्रस्तावसँगै ओलीले राजीनामा दिए ओली र उनको पार्टी लगायत सबैको हितमा रहने बिश्वकर्माको भनाई छ । बिश्वकर्माले ओली सरकार बैदेशिक कुटनीतिमा पूर्ण रुपमा असफल रहेको भन्दै उनले वर्तमान सरकारले सबै बिदेशीहरुसँगको कुटनीति सम्बन्ध बिगारेको आरोप लगाए । उनले संबैधानिक जटिलताको हल्लाबाट बाहिर आएर हेर्दा सबैको भलो हुने भन्दै अविश्वासको प्रस्तावसँगै सरकार निर्माण कसैले चाहरे रोक्न नसक्ने दाबी गरे । नेपाली काँग्रेसको पदाधिकारी पूर्ति भातृसंगठनहरुको निवाचनसँगै हुने भन्दै उनले निर्वाचन पश्चात देखिएको राजनीतिक समस्याले ढिलाई भएको बताए । चार भातृसंगठनहरुको अधिवेशन भदौ मसान्त भित्र भईसक्ने उनले जनकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending