Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

अल्पमतको सरकार थेग्न सडकमा प्रदर्शन

\"Kp-Oli-cadder-750\" काठमाडौं, २ साउन । नेकपा माओवादी केन्द्रले सरकारको समर्थन छाडेपछि अल्पमतमा परेको एमालेले आफ्नो सरकार थेग्न सडकमा प्रदर्शन थालेको छ । स्वतन्त्र युवा–विद्यार्थी अभियान सञ्चालन गरी एमाले युवा कार्यकर्ताहरुलाई सरकार बचाउ भन्दै सडकमा उतारेको छ । सबै भन्दा ठूलो दल नेपाली कांग्रेसलाई पाखा राखेर माओवादीको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली २०७२ असोज २५ गते प्रधानमन्त्री निर्वाचित भएका थिए । प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले आफूसँग गरेका सहमतिहरु पालना नगरेको भन्दै सरकारको समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । अल्पमतमा परे पनि सरकार नछाड्ने ओलीको अडानपछि कांग्रेस, माओवादी लगायतका दलहरुले संसद सचिवालयमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् । अविश्वासको प्रस्तावमाथि साउन ६ गतेदेखि संसदमा छलफल प्रारम्भ हुने भएपछि एमालेले स्वस्फूर्त युवाहरुको नाम दिएर कार्यकर्ताहरुलाई सडकमा उतारेको छ । तीन दिनअघि राजधानीको माइतीघर मण्डलामा जम्मा भएर ओलीको समर्थनमा प्रदर्शन गरेका एमालेका युवाहरुले आइतबार पुनः रत्नपार्कमा भेला हुँदैछन् । उनीहरुले अल्पमतमा परे पनि सरकार नछाड्न ओलीलाई दबाब दिएका छन् । अल्पमतमा परेको सरकार थेग्न सडकमा गरिएको प्रदर्शनलाई भने अन्य राजनीतिक दलहरुले अर्थहिन प्रदर्शन भनेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE