Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

ओलीले साउनको पहिलो साताभित्रै राजिनामा घोषणा गर्ने

\"kp_oli\" काठमाडौं, ३ साउन । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते राजिनामा दिने भएका छन् । सरकार अल्पमतमा परेपछि राजिनामा दिनैपर्ने बाध्यात्मक ब्यवस्था भएपछि ओलीले राजिनामा दिने तयारी गरेका हुन् । ब्यवस्थापिका संसदबाट निर्वाचित भएकाले संसदमै सम्बोधन गरी उनले राजिनामा दिने तयारी गरेको एमाले स्रोतले बताएको छ । प्रधानमन्त्रीले राजिनामा दिएपनि संक्रमणकालीन अवधिमा नयाँ सरकार गठन हुने प्रावधान संविधानमा नभएकाले कामचलाउ सरकार रहिरहने एमालेको निश्कर्ष छ । अल्पमतमा परिसकेपछि नैतिकताका कारण मात्रै राजिनामा दिनुपर्ने भएकाले अविश्वासको प्रस्ताव पास भए लगत्तै ओलीले संसदबाटै राजिनामाको घोषणा गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीले आफूले राजिनामा दिनुपर्ने कि नपर्ने तथा राजिनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया अवरुद्ध गर्न के गर्न सकिन्छ भन्ने विषयमा आइतबार आफू निकटका कानूनविदहरुसँग छलफल गरेका थिए । त्यसअघि शनिबारमा मात्रै कांग्रेस माओवादीका शीर्ष नेताहरुले पनि संविधानको कानूनी जटिलताबारे आफू निकटका कानूनविद्हरुसँग छलफल गरेका थिए । उनीहरुले भने नयाँ सरकार गठनमा कुनै कानूनी जटिलता नभएको र संविधानको धारा २९२ अनुसार नै नयाँ सरकार गठन गर्न सकिने सुझाएका थिए । संविधानविद डाक्टर सूर्य ढुंगेल, हरिहर दाहाल, शेरबहादुर केसी, प्रेमबहादुर खड्का, बद्रीबहादुर कार्की, रमण श्रेष्ठ, माधव बास्कोटा, कुमार रेग्मी, लगायत डेढ दर्जन संविधान वरिष्ठ अधिवक्ताहरुले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सकिने कांग्रेस माओवादीका नेताहरुलाई सुझाव दिएका थिए । संविधानको धारा २ सय ९८ अन्तर्गत मन्त्रिपरिषद्को गठन सम्बन्धि ब्यवस्थाको उपधारा २ मा ‘संविधान प्रारम्भ हुँदाका बखत ब्यवस्थापिका संसदको अधिवेशन चलिरहेको छ भने संविधान प्रारम्भ भएको मितिले र अधिवेशन चलिरहेको छैन भने धारा २९६ को उपधारा ६ बमोजिम आह्वान गरिएको ब्यवस्थापिका संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन हुनेछ ।’ भन्ने उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending