Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

नयाँ सरकार गठनमा के छ संवैधानिक जटिलता ?

\"sambidhan_dipawali\"काठमाडौं, ३ साउन । नेकपा माओवादी केन्द्रको आडभरोसमा बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अहिले गम्भीर संकटमा छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिने सहमति गरेर पनि सहमति पालना नगरेको भन्दै माओवादीले सरकारकाको समर्थन फिर्ता लिएपछि ओली सरकार संकटमा परेको छ । माओवादी फिर्ता भएपछि एमाले सरकार अल्पमतमा परे प्रधानमन्त्री ओलीले राजिनामा नदिएपछि सरकारविरुद्ध अविश्वासको प्रस्ताव संसद समक्ष पुगेको छ । जसको फैसला केही दिनमा नै हुँदैछ । संसदमा पेश भएको अविश्वासको प्रस्ताव पारित भएमा पनि नयाँ सरकार गठन हुन नसक्ने भन्ने बहस अहिले चर्चामा छ । सरकार अल्पमतमा परे पनि अथवा प्रधानमन्त्रीले राजिनामा दिए पनि नयाँ सरकार बनाउने प्रावधान संविधानमा उल्लेख नभएको एमालेवृत्तमा चर्चा छ । यो विषयमा कानूनविदहरुसमेत बाँडिएका छन् । कानूनविद भनिएकाहरु पनि अहिले पार्टी अनुकुलको ब्याख्या गरिरहेका छन् । कानूनविद तथा अधिवक्ताहरुले आफू अनुकुल ब्याख्या गरेका मन्त्रिपरिषद गठन सम्बन्धमा संक्रमणकालीन ब्यवस्थामा के छ ? पाठकलाई बहसका लागि यहाँ उल्लेख गरिएको छ । भाग–३३ संक्रमणकालीन ब्यवस्था २९८.मन्त्रिपरिषद्को गठन सम्बन्धि ब्यवस्था ः (१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको मन्त्रिपरिषद् उपधारा (२) बमोजिमको मन्त्रिपरिषद् गठन नभएसम्म कायम रहनेछ । (२) यो संविधान प्रारम्भ हुँदाका बखत ब्यवस्थापिका संसदको अधिवेशन चलिरहेको छ भने संविधान प्रारम्भ भएको मितिले र अधिवेशन चलिरहेको छैन भने धारा २९६ को उपधारा ६ बमोजिम आह्वान गरिएको ब्यवस्थापिका संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन हुनेछ । (३) उपधारा (२) बमोजिम सहमति कायम हुन नसकेमा ब्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ । (४) यस धारा बमोजिम गठन हुने मन्त्रिपरिषदका संरचना र कार्यविभाजन आपसी सहमतिबाट तय गरिनेछ । (५) यस धारा बमोजिम गठन हुने मन्त्रिपरिषदमा आवश्यकताअनुसार उपप्रधानमन्त्री र अन्य मन्त्रीहरु रहनेछन् । (६) यस धारा बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (५) बमोजिम मन्त्री नियुक्ति गर्दा सम्बन्धित दलको सिफारिसमा ब्यवस्थापिका संसदका सदस्यहरु मध्यबाट नियुक्त गर्नुपर्नेछ । (७) यस धारा बमोजिम नियुक्त प्रधानमन्त्री र अन्य मन्त्रीहरु ब्यवस्थापिका संसदप्रति सामुहिक रुपमा उत्तरदायी हुनेछन् र मन्त्रीहरु आफ्ना मन्त्रालयको कामका लागि ब्यक्तिगत रुपमा प्रधानमन्त्री र ब्यवस्थापिका संसदप्रति उत्तरदायी हुनेछन् । (८) देहायको कुनै अवस्थामा यस धारा बमोजिम नियुक्त प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ ः– (क) निजले राष्ट्रपतिसमक्ष लिखित राजिनामा दिएमा, (ख) उपधारा (१४) बमोजिम निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा वा विश्वासको प्रस्ताव पारित हुन नसकेमा, (ग) निज ब्यवस्थापिका संसदको सदस्य नरहेमा, (घ) निजको मृत्यु भएमा, (९) यस धारा बमोजिम नियुक्त उप–प्रधानमन्त्री, मन्त्री, राज्य–मन्त्री तथा सहायक मन्त्री देहायको अवस्थामा आफ्नो पदबाट मुक्त हुनेछन् ः– (क) निजले प्रधानमन्त्री समक्ष लिखित राजिनामा दिएमा, (ख) उपधारा (८) बमोजिम प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भएमा, (ग) सम्बन्धित दलको सिफारिसमा वा सम्बन्धित दलसँगको सल्लाहमा प्रधानमन्त्रीले निजलाई पदमुक्त गरेमा, (घ) निजको मृत्यु भएमा । (१०) उपधारा (८) बमोजिम प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भए पनि अर्को मन्त्रिपरिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्य सञ्चालन गरिरहनेछ । (११) यस धारा बमोजिम नियुक्त प्रधानमन्त्रीको मृत्यु भएमा अर्को प्रधानमन्त्रीको चयन नभएसम्मका लागि उपप्रधानमन्त्री वा बरिष्ठतम मन्त्रीले प्रधानमन्त्रीको रुपमा कार्य सञ्चालन गर्नेछ । (१२) यस धारा बमोजिम नियुक्त प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि ब्यवस्थापिका संसदको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि ब्यवस्थापिका संसद समक्ष प्रस्ताव राख्न सक्नेछ । (१३) ब्यवस्थापिका संसदका सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौंथाइ सदस्यले यस धारा बमोजिम नियुक्त प्रधानमन्त्री उपर ब्यवस्थापिका संसदको विश्वास छैन भनी लिखित रुपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन् । तर यस धारा बमोजिम नियुक्त एउटै प्रधानमन्त्री उपर ६ महिनामा एक पटक भन्दा बढी अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन । (१४) उपधारा (१२) वा (१३) बमोजिमको प्रस्तावको निर्णय ब्यवस्थापिका संसदमा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट हुनेछ । (१५) यो संविधान प्रारम्भ भएपछि यस संविधान बमोजिमको प्रदेश मन्त्रिपरिषदको गठन नभएसम्म प्रदेशको कार्यकारिणी अधिकार नेपाल सरकारले प्रयोग गर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy