Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

बाढी पहिरोले करोडौँको क्षति, गोठालासहित २०० बाख्रा बेपत्ता

\"BADI\"मुगु, ३ साउन । चार दिनयता लगातार पानी पर्दा जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरो गई करोडौँको सम्पत्ति क्षति भएको छ । शुक्रबार राति परेको वर्षाले मुगु कर्णालीमा बाढी आउँदा माग्री गाविस–४ छाइलको गाठे भन्ने स्थानमा रहेका तीन वटा पसल बगाएको छ । बगेका पसल सोही गाउँका धनबहादुर बुढा, जङ्गवीर रोकाया र वीरसिंह बुढाका हुन् । पसलको पूर्वपट्टि रहेको चिमात खोलामा आएको बाढी पसलतिर आएपछि तीन वटा घरसँगै पसलमा रहेका लाखौँ सामान बाढीले बगाउँदा तीनै जना घर न घाटका भएका छन् । शनिबार दिउँसो परेको पानीले माग्री–१ चिमाथको जङ्गलमा पहिरो जाँदा भेडाबाख्रा चराएर फर्कंदै गरेका माग्री–१ चिमात गाउँका १८ वर्षीय पुष्कर भाम र २०० बढी बाख्रा पहिरोमा बेपत्ता भएका छन् । सँगै रहेका अन्य गोठालाले जिल्ला प्रहरी कार्यालयमा फोन गरेर खबर गरेपछि घटनास्थलतर्फ प्रहरी उद्धारका लागि शनिबार दिउँसै हिँडेको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म २० वटा बाख्रा मृत अवस्थामा भेटिएका र अन्यको खोजी भइरहेको बताएको छ । बाढी पहिरोले चिमात गाउँका दुई घरमा क्षति पु¥याएको र खानेपानीको पाइप बगाउँदा खानेपानीको अभाव सिर्जना भएको छ । यस्तै माग्री गाविस–४ मा रहेको छाइल गाउँका स्थानीयवासीको जग्गा पाँपु खोलाको बाढीले बगाउँदा पाखेगरासँगै बर्खेबाली बगाएको छाइल गाउँका स्थानीयवासी पूर्णबहादुर रोकायाले बताए । माग्री गाविसमै रहेको च्याप्ने गाढमा आएको बाढीले खोलामाथि लगाएको काठेपुल बगाउँदा छाइल, पाँपु र मह गाउँका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । माग्री गाविसमा रहेका पाँपु खोला, चिमात खोला, च्याप्ने खोला र सोही गाविस भएर बग्ने मुगु कर्णालीमा तीन दिनयतादेखि परेको अविरल वर्षाले करोडौँको चल अचल सम्पत्तिमा क्षति पु¥याएको र उद्घार, राहत तथा स्वास्थ्य उपचारका लागि प्रहरीसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ गएको जिल्ला दैवी प्रकोप तथा उद्घार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताए । घटनास्थल जिल्ला सदरमुकामबाट १२ कोस पूर्वमा रहेको छ । शुक्रबार राति परेको पानीले रोवा–४ छाइलमा रहेको ऋणीमोक्ष खोलामा बाढी आउँदा खोलामा रहेका छ वटा घट्ट, खानेपानी पाइप बगाएको र बाँचुराम ऐडी र बली ऐडीका घर जोखिममा रहेको लुम्स गाउँका स्थानीयवासी मौरी खत्रीले बताए । लुम्समा पनि बाढीले खेत बगाउनुका साथै बर्खेबालीहरु धान, कोदो, सिमी, मकै, नष्ट गरेको छ । जिल्लामै सबैभन्दा बढी खुर्सानी हुने यो ठाउँमा बाढीले खुर्सानीबारीसमेत बगाएकाले यो वर्ष जिल्लामा खुर्सानी अभाव हुने देखिएको छ । वर्षाको पानीले जताततै बाढी र भेल ल्याए पनि मुख्य गरी ताल्च तल, कालापाल्त, लुम्स, छाइल, चिमात र ठिनीमा बढी क्षति पु¥याएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy