Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

बढ्यो सभामुख घर्तीको सक्रियता

\"speaker-onsari-gharti-magar\"काठमाडौं, ४ साउन । सभामुख ओनसरी घर्तीले राजनीतिक दलहरुसँग सहमति नगरी आफू एक्लै अगाडि नबढ्ने बताएकी छन्  । नेकपा माओवादी केन्द्रले सरकारको साथ छाडेपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परे पनि राजिनामा नदिने प्रधानमन्त्री अडानकै कारण कांग्रेस–माओवादीले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सरकारविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि विहीबारदेखि संसदमा छलफल हुने कार्यसूची सभामुख घर्तीले तय गरिसकेकी छन् । तर अविश्वासको प्रस्तावमाथि छलफलका लागि तय गरिएको समय आउन दुई दिन मात्र बाँकी रहँदा सभामुख घर्तीले आफ्नो सक्रियता तीब्र पारेकी छन् । मंगलबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेर उनले राजनीतिक सहमतिका आधारमा अघि बढ्न आग्रह गरेकी छन् । प्रधानमन्त्री ओलीले सहमतिका आधारमा अघि बढ्ने आफ्नो चाहना हुँदा हुँदै अविश्वासको प्रस्ताव पेश गरिएको ओलीले जानकारी दिएकाे सभामुख घर्तीले जानकारी दिइन् । अझै पनि आफू सहमतिकै आधारमा अघि बढ्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाएको सभामुख घर्तीले बताइन् । ‘दुई दिनअघिसम्म सहमति हुनेमा आफैलाई विश्वास नलागे पनि विहान प्रधानमन्त्रीसँगको भेटपछि सकारात्मक कुरा पाएको छु’ सभामुख घर्तीले मंगलबार बालुवाटारस्थित निवासमा अनलाइन सम्पादकहरुसँगको छलफलमा भनिन्, ‘प्रधानमन्त्रीले सहमतिका लागि पुनः छलफल गर्छु भन्नु भएको छ ।’ विनियोजन विधेयक पास गरिसकेको अवस्थामा आश्रित विधेयक पास गर्नुपर्नपर्छ भन्नेमा आफू कस्सिएको उनले बताइन् । तीन दिनसम्मको आफ्नो सहमतिको प्रयास सफल नभएपछि मात्रै आफू अघि बढेको उनले बताइन् । अविश्वासको प्रस्तावमाथिको छलफलको कार्यक्रम तय गरिए पनि सहमति भएमा सभामुखको अधिकार प्रयोग गरेर त्यसलाई फेरबदल गर्न सक्ने उनले संकेत गरिन् । तर राजनीतिक दलहरुले सहमति नगरेमा भने प्रक्रिया अगाडि बढाउने आफनो अडान कायम रहेको पनि उनले जानकारी दिइन् । अविश्वासकाे प्रस्तावअघि अाफू अार्थिक विधेयक पारित गर्ने पक्षमा रहेपनि सम्भावना नदेखेर नै अघि बढ्नुपरेकाे उनकाे प्रष्टाेक्ति थियाे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE