Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सभामुख घर्ती राजनीतिक भेटघाटमा व्यस्त

\"Onsari-Gharti-Magar-750\"काठमाडौँ, ५ साउन । दलबीचमा चुलिएको अविश्वासको वातावरणलाई सहमतिका आधारमा अन्त्य गर्न सभामुख ओनसरी घर्तीले राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छिन् । नेकपा ९माओवादी केन्द्र० ले नेपाली काँग्रेससित मिलेर असार २९ गते व्यवस्थापिका–संसद्मा सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि दलका बीचमा अविश्वासको वातावरण चुलिएको थियो । सो अविश्वासको प्रस्तावमा माथि भोलि सदनमा छलफल हुँदैछ । यस क्रममा उनले आज बिहान नेका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका निवास पुगी ती दुवै अध्यक्षलाई सहमतिका आधारमा संसद्को गतिविधि अघि बढाउन आग्रह गरेकी हुन । सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले दिएको जानकारी अनुसार ती दुवै भेटमा सभामुख घर्तीले दुवै शीर्ष नेतालाई राजनीतिक सहमतिको वातावरण बनाउन आग्रह गरेकी थिइन । दलका बीचमा अविश्वासको प्रस्तावमाथि पहिलो छलफल गर्ने की विनियोजन विधेयक माथि पहिलो छलफल गर्ने विषयमा विवाद चुलिएको छ । नेकपा ९एमाले० ले विनियोजन विधेयक माथि छलफल भएपछि मात्र अन्य विषयले सदनमा प्रवेश गराउनुपर्ने माग गरेको छ भने काँग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्ताव टुङ्गो लगाएपछि मात्र अरु विषयले प्रवेश पाउनुपर्छ भन्ने माग राख्दै आएको छ । कार्यसूचीका विषयमा दलीय सहमति बनाउन पनि सभामुख घर्तीले शीर्ष नेतृत्वलाई ध्यानार्षण गराउँदै सहमति नभएमा यसअघि सूचित कार्यसूचीलाई नै अघि बढाउन आफू बाध्य हुने जानकारी गराएकी थिइन । सो अवसरमा नेकाका सभापति देउवाले सहमतिका लागि प्रयास भइराखेको सभामुख घर्तीलाई जानकारी दिँदै भोलिसम्ममा निकास निस्कने बताएका थिए । यसैगरी अध्यक्ष दाहालले पनि दलका बीचमा देखिएका भनिएको अविश्वासलाई विश्वासमा रुपान्तरण गर्न प्रयास भइराखेको बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसित सभामुख घर्तीले मङ्गलबार भेटघाट गरेकी थिइन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending