Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

राष्ट्रिय सहमतिको सरकार बनाउ : उपराष्ट्रपति

\"nandakishowar_pun\"काठमाडौं, १२ साउन । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले व्यवस्थापिका संसदमा रहेका दलहरुलाई राष्ट्रिय सहमतिको सरकार बनाउन अपील गरेका छन् । संविधानको तिव्र कार्यान्वयन, बलियो राष्ट्रिय एकता निर्माण, प्राकृतिक विपत्तिको सामना गर्न र समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार अनिवार्य आवश्यकता भएको उनको भनाई छ । बुधबार नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवाको स्वर्णजयन्ती विशेष समारोहलाई संबोधन गर्दै उपराष्ट्रपति पासाङले राष्ट्रिय सहमतिको सरकार गठनका लागि अपील गरेका हुन् । ‘सम्माननीय राष्ट्रपतिज्यूले संविधान बमोजिम राष्ट्रिय सहमतिको सरकार गठनका लागि व्यवस्थापिका संसदमा रहेका राजनीतिक दलहरुलाई आह्वान गरिसक्नु भएको छ’, उनले भने, ‘संविधानको तिव्र कार्यान्वयन, राष्ट्रिय एकता निर्माण, प्राकृतिक विपत्तिको सामना र समृद्ध राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता हो ।’ उपराष्ट्रपति पासाङले राष्ट्रका प्रमुख एजेण्डाहरुमा समेत सहमति गर्न दलहरुलाई अपील गरे । ‘म राष्ट्रका प्रमुख एजेण्डाहरुमा सहमति गर्न र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दलहरुलाई अपील गर्दछु’, उनले भने, ‘मेरो विश्वास छ, दलहरु देशको अहिलेको परिस्थितिबारे पूर्ण जानकारी छन् । र, राष्ट्रिय सहमतिको सरकार बनाउनेछन् ।’ बाढी पहिरो पीडितको छिटो उद्धार गर्न आग्रह कार्यक्रममा उपराष्ट्रपति पासाङले बाढी पहिरो पीडितहरुको छिटो भन्दा छिटो उद्धार गर्न र राहत दिन सरकारको ध्यानाकर्षण गराए । उनले गतवर्षको विनाशकारी भूकम्पबाट घरबार विहिन भएका पीडितहरु यो वर्षे झरीमा टहरो भित्रको दैनिकि गुजारिरहँदा तराई मधेसको बाढी र डुबान, पहाडको बाढी र पहिरोको कारण भोग्नुपरेको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताए । ‘बाढी पहिरो पीडितहरुको छिटो भन्दा छिटो उद्धार र राहतका लागि सरकारलगायत सबै पक्षको म ध्यानाकर्षण गराउन चाहान्छु । बेपत्ताहरुको खोजी र घाइतेहरुको उपचारमा तदारुकताका साथ अगाडि बढ्न सबै पक्षलाई आग्रह गर्दछु’, उनले भने, ‘बाढी पहिरो पीडित विस्थापितहरुको स्वास्थ्यमा गम्भीर समस्याहरु देखा पर्ने सम्भावनाहरु छन् ।’ उनले बाढी पहिरोबाट विस्थापितहरुका लागि आवास, खाद्यान्न र स्वास्थ्यउपचारमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । महिलाहरुलाई रक्तदान गर्न अपील कार्यक्रममा उपराष्ट्रपति पासाङले रक्तदान एक प्रकारको जीवन दान नै भएको बताए । उनले रक्तसञ्चार सेवा आफ्नो ५० वर्षे यात्रामा रक्त संकलन गरेर हजारौँको ज्यान जोगाएको भन्दै प्रशंसा गरे । ‘यस अवसरमा नेपाल रेडक्रस रक्तसञ्चार सेवाको यी सराहनीय कार्यको म मुक्तकण्ठले प्रशंसा गर्दछु । रक्तसञ्चार सेवाको गौरवमय ५० वर्षे यात्रामा यस सेवामा प्रत्यक्ष र परोक्ष रूपमा योगदान पु¥याउने सबै संघसंस्था र महानुभावहरू धन्यवादका पात्र हुनुहुन्छ’, उनले भने । उपराष्ट्रपतिले देश विकासको विकास र समृद्धिका लागि जनताको स्वास्थ्यको उल्लेखनीइ भूमिका हुने बताए । ‘स्वस्थ नागरिकले मात्रै समृद्ध देश बनाउन सक्दछ’, उनले भने, ‘त्यसैले, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर हिमालयदेखि दक्षिण तराईसम्मका हरेक नेपाली नागरिकले स्वास्थ्य उपचारमा आवश्यक पहुँच पाउनुपर्दछ ।’ उपराष्ट्रपति पासाङले स्वस्थ जीवन यापान गर्न र अरुको जीवन बचाउन आफ्नो १८ औँ जन्मोत्सवदेखि नियमित रक्तदान गर्न नेपाली युवाहरुलाई आह्वान गरे । ‘पुरुषको तुलनामा निकै कम महिलाले रक्तदान गर्ने गरेको तथ्याङ्क हामीसँग छ’, उनले भने, ‘म महिलाहरुलाई रक्तदानमा अग्रसर हुनसमेत अनुरोध गर्दछु ।’ राष्ट्रिय रक्तसञ्चार सेवाको स्वर्ण जयन्ती नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको राष्ट्रिय रक्तसञ्चार सेवाले ५० वर्ष पूरा गरेको छ । ५० वर्ष पुगेको अवसरमा रक्तसञ्चार सेवाले विविध कार्यक्रमका साथ स्वर्ण जयन्ती मनाएको छ । २०२० मा स्थापना भएको नेपाल रेडक्रस सोसाइटीले २०२३ साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र सञ्चालन प्रारम्भ गरेको थियो । प्रारम्भको वर्षमा रक्त सञ्चार सेवाले एक सय ५७ यूनिट मात्रै रगत संकलन गरेको थियो । स्थापनाको ५० वर्षपछि आर्थिक वर्ष २०७२÷७३ मा रक्त सञ्चार सेवाले देशका ६७ जिल्लाका एक सयवटा केन्द्रबाट दुई लाख ३० हजार नौ सय ८६ यूनिट रगत संकलन गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy