Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अब यस्तो औद्योगिक व्यवसाय ऐन आउँने

\"balaju\"काठमाडौँ, १४ साउन । मुलुकको आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी सरकारले ‘औद्योगिक व्यवसाय ऐन’ ल्याउने तयारी गरेको छ ।

करिब २४ वर्षअघिको ऐन समयसापेक्ष उद्योगीव्यवसायीमैत्री नभएकाले आर्थिक ऐनको छाताका रुपमा औद्योगिक व्यवसाय ऐन ल्याउन लागिएको हो । विसं २०६७ को औद्योगिक नीतिसँग नबाझिने गरी नयाँ औद्योगिक व्यवसाय ऐन ल्याउन लागिएको उद्योग मन्त्रालयले जनाएको छ ।

यसअघि २०४९ मा ल्याइएको औद्योगिक व्यवसाय ऐन समयक्रमसँगै अपूर्ण रहेको जनाउँदै नयाँ ऐन ल्याउन सरोकार भएकाहरुसँग छलफल बढाइएको छ । उक्त ऐनसम्बन्धी विधेयक २०७१ मा संसद्मा पेस भए पनि अझै कानुनी रुप लिएको छैन ।

औद्योगिक व्यवसायसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेका विधेयक सम्बन्धमा दफाबार छलफल गरी पूर्ण कानुन बनाउन व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा आजदेखि छलफल सुरु भएको छ ।

बैठकमा उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले मुलुकको अर्थतन्त्रलाई सुदृढ ढङ्गले अघि बढाउन र लगानीमैत्री वातावरण सिर्जना गर्ने उद्देश्यका साथ औद्योगिक व्यवसाय ऐन ल्याउन लागिएको बताए । मन्त्री पाण्डेयले सात प्रदेशमा कम्तीमा प्रतिप्रदेश एक हजार बिघा जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्ने कार्ययोजना अनुरुप जग्गाको लालपुर्जा लिने काम भइरहेको जानकारी दिए । नयाँ ऐनले हालसम्म दर्ता नभई सञ्चालनमा रहेका लघु उद्योगलाई व्यवस्थित गर्ने, राष्ट्रिय प्राथमिकताका उद्योगलाई सञ्चालन प्राथमिकता, वातावरण व्यवस्थापन, उद्योग सञ्चालनका लागि पुँजी वृद्धि, सहुलियत आदि विषयलाई महत्व दिने बताइएको छ ।

समितिका सभापति भीष्मराज आङ्देम्बेले आर्थिक समृद्धिको कार्यभारलाई सार्थक तुल्याउन लगानीमैत्री उद्योग नीति तर्जुमा गर्नुपर्ने आवश्यकता भएकाले नयाँ ऐन ल्याउन लागिएको बताए ।

औद्योगिक व्यवस्थापन ऐनसम्बन्धी विधेयकको दफाबार छलफल गरी मूल कानुन बनाइनेछ । उक्त ऐनलाई आर्थिक विकासको कोसेढुङ्गाको रुपमा अघि बढाइने बताइएको छ । मन्त्रालयका निमित्त सचिव यामकुमारी खतिवडाले उद्योगी व्यवसायीलाई जिम्मेवार बनाउने र लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी नयाँ ऐन ल्याउन लागिएको बताए ।

समितिको आजको बैठकमा बोल्ने सांसदले सुरक्षित लगानीमैत्री वातावरण सिर्जना र बन्दहडताल निषेध गर्ने गरी ऐन ल्याइनुपर्नेमा जोड दिनुभयो । यसरी आफ्नो धारणा राख्नेमा सांसद नागेन्द्र थारु, शम्भु श्रेष्ठ, सुवासचन्द्र शाही ठकुरी लगायत थिए ।

उपसमिति गठन

औद्योगिक व्यवसायसम्बन्धी ऐनका लागि बनेको विधेयकमा आवश्यक विषयवस्तु समेट्नका लागि सरोकार भएकाहरुको सुझाव लिन सांसद थारुको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरिएको छ । समितिका सदस्यमा नारायणबहादुर कार्की, जनक बुढा, राज्यलक्ष्मी श्रेष्ठ, अनन्त पौडेल, कान्ता भट्टराई, पवन सारडा, चन्द्र महर्जन र अनिल रुम्टा रहेका छन् ।

समितिलाई दुई हप्ताभित्र विज्ञसँग छलफल गरी राय सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । यसैबीच समितिको आजको बैठकमा मदिरा उद्योग अनुमतिसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन पेस भएको छ । उक्त प्रतिवेदनमाथि दुई दिन छलफल गरी निर्णय लिइने समितिले जनाएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies