Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

कक्षा ९ मा पढ्ने किशोरले बनाए पानीबाट चल्ने डोजर र ब्याट्रीबाट चल्ने रेल

\"Aman-Paudel\"

काठमाडौं, १४ साउन । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् ।

अमनले कक्षामा पढेका कुरालाई प्रयोगात्मक अभ्यासका लागि परिणत गर्नका लागि पेट्रोल, डिजलको सट्टा अमनले पानी र ब्याट्रिबाट चल्ने आधादर्जन विज्ञान सामग्री बनाएका छन् ।

विज्ञानका पास्कल र न्युटनको सिद्धान्तमा आधारित भएर अमनले ती वैज्ञानिक उपकरण बनाएका हुन् । उनले फालिएका सामग्री सिरिन्ज, पाइप, काठ, पेट, कागज प्रयोग गरेर विज्ञान सामग्री बनाएका हुन्।

अमनले विभिन्न ठाउँमा ती उपकरण बनाएर प्रदर्शनी समेत गरिसकेका छन्। प्रदर्शनकै क्रममा काठमाडौं आएका अमनले शिक्षा विभाग, नाष्टमा ती उपकरणको प्रदर्शन गरेका छन् । त्यसअघि तनहुँको दमौलीमा आयोजना गरेको विज्ञान प्रदर्शनीमा प्रदर्शन गरिएको थियो।

अमनले पानीबाट चल्ने एक्जाभेजर र पङ्खा तथा ब्याट्रिबाट चल्ने रोबोट, पानी जहाज, ट्रेन, चख्रेपिङ, भूकम्प सङ्केत मेसिन, भ्याकुर क्लिनियर, पहाडमा हिँड्ने कार जस्ता आधादर्जन उपकरण बनाएका छन्।

अमनले आफ्नै प्रयासबाट विज्ञानका नियम र इन्टरनेटको सहयोगबाट ती उपकरण बनाएका हुन्। \'कक्षामा पढेका विज्ञानका सिद्धान्तलाई प्रयोगात्मक अभ्यास गर्नका लागि सुरुमा अभ्यास गरेको थिएँ’’उनले भने–‘अभ्यास गर्दागदै सामग्री बनाउन सकियो ।’

सुरुमा घर अगाडि एक्जाभेटरले खनेको देखेर उनलाई एक्जाभेटर बनाउने योजना फुर्‍यो । घरमै फालिएको काठ, ट््युव, सिरिञ्ज, प्लाष्टिक र पाइपले पहिलोपटक अमनले एक्जाभेटर बनाए । ‘डिजेल जस्तो तरल पदार्थबाट एक्जाभेटर चलेको देखेर मलाई तरल पदार्थ पानी पनि हो पानीबाट पनि चल्न सक्छ जस्तो लागेर एक्जाभेटर बनाउन थालेँ’ उनले भने–‘करिब एक हप्ताको अभ्यासपछि पानीबाट एक्जाभेटर बनाउन सफल भएँ ।’

अमनले बनाएको एक्जाभेटरमा चार किसिमका पानी भरिएका सिरिञ्जबाट चलाउन सकिन्छ । ‘रिमोट कन्ट्रोल’बाट नै अमनले बनाएको एक्जाभेटर चलाउन सकिन्छ । सानैदेखि खेलौना गाडी चलाउने मन पराउने अमन कक्षा– ४ मा गइसकेपछि बुबाले किनिदिएको खेलौना गाडीले नै अहिलेका उपकरण बनाउने प्रेरणा बनेको बताउँछन् । उपकरण बनाएको देखेर कक्षामा सधै प्रथम हुने छोरोको पढाइ बिग्रिएला भनेर बुबा आनन्दराज पौडेलले गाली पनि गरे।

‘पछि छोराले आफ्नो स्कुलमा एक्जाभेटर बनाएको देखेपछि मैले पनि उसको कामलाई सहयोग गर्दै आएँ’’ बुबा आनन्दले भन्नुभयो । अहिले जमिन र पानीमा हिँड्ने ब्याट्रीबाट चल्ने रोबोट भित्ता र आकासमा उड्ने समेत बनाउन सकिन्छ । ‘‘अहिले जमिन र पानीमा हिँड्ने रोबोट चुम्बक प्रयोग गर्ने हो भने भित्ता र पङ्खा रोबोटमा राख्ने हो भने आकासमा पनि उड्छ’’उनले भने।

अमनले ‘लिक’ बिनाको साधारण बाटोमा हिँड्ने ब्याट्रीबाट चल्ने रेल बनाएका छन् ।‘नेपालजस्तो रेलको लिक नभएको सडकमा पनि चल्नेसक्ने रेल भए सजिलो हुन्छ भनेर मैले त्यस्तो साधारण बाटोमा पनि चल्नसक्ने रेल बनाएको हँु’ उनले रेल प्रदर्शन गदै भने–‘यो रेल सामान ढुवानीमा बढी उपपयोग हुनसक्छ ।’

अमनले थप पानी तान्ने पम्प, टिपर, विद्युत् डाइनामो, केवलकार, हेलिकप्टर, ग्यास लाइट, एसी, हाइड्रोलिक ब्रेक, चुम्बकीय क्रेनजस्ता नयाँ उपकरण बनाउने तयारीमा रहेको बताए ।

उनले सरकारले आफूले बनाएको उपकरणमा सहयोग गरे आफ्नो सामग्रीलाई विश्वमा पनि प्रदर्शन गराउने सोच सुनाए । बुबा आनन्दले छोराले बनाएको वैज्ञानिक उपकरणलाई राज्यले सम्मान गर्नुपर्ने भन्दै अमनलाई सरकारले सहयोग गर्नुपर्ने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE