Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

सस्तो लोकप्रियताको लोभमा ‘सेलिब्रिटी स्टन्ट’ !

काठमाडौं, सार्वजनिक पद धारणा गर्ने धेरैजसो व्यक्तिमा आफ्नो कार्यकालमा कुनै न कुनै ‘नयाँ, भिन्न र विशेष’ काम गरेर जनतामाझ ‘लोकप्रिय’ बन्ने रहर देखिने गरेको छ । उसो त सार्वजनिक व्यक्तित्वले लोकप्रिय हुने चाहना व्यक्त गर्नु नराम्रो कुरा भएन ! तर, लोकप्रियता हासिल गरी चीरकालसम्म जनताको मन जित्न सक्नुचाहिँ चानचुने कुरा होइन । सार्वजनिक पद धारण गर्ने व्यक्तित्वले समयसापेक्ष र जनचाहनाअनुरुप समयको चापलाई पछ्याउन सक्नु उसको खुबी हो । यस कार्यमा कोही सफल हुन्छन् त कोही असफल । जसले वास्तविकतालाई बुझेर अघि बढ्न सक्छन् ती सफल हुन्छन्, जसले बुझ्न सक्दैनन्, ती असफल हुन्छन् । कोही जनताका आँखामा छारो हाल्ने काम गरी सस्तो लोप्रियता हासिल गर्दछन् र छिट्टै जनताको नजरबाट हराउँछन् भने कोही आफ्ना ती ‘नवीनतम कार्य’ लाई निरन्तरता दिन सफल हुन्छन् । \"Breaking_Scandle\" हाल पदमा रहेका या नरहेका नेपालका केही ‘ठूला व्यक्तित्वहरु’ ले आफू सार्वजनिक ओहोदामा रहँदा या आफ्नो कार्यकालमा के–के गरे त त्यस्ता ‘स्टन्टल’ ? आफ्नो लोकप्रियताका लागि उनीहरुले के–के गरे र ती कार्यले निरन्तरता पाइरहेका छन् या छैनन्– खबरडबलीले त्यसतर्फ एक नजर पुर्‍याउने प्रयास गरेको छ । \"Rambaran_Yadav_200\"राष्ट्रपतिले एकपटक बाग्मतीमा मुख धोए तर फर्केर हेरेनन् बाग्मती सफा पार्ने उद्देश्यले भन्दै राष्ट्रपति डा. रामवरण यादवले २०७१–०१–०५ मा गौरीघाटमा बाग्मतीकै पानीले मुख धोए । उनको यो कार्यप्रति लोकले वाहवाही पनि गर्यो तर उनले त्यसपछि बाग्मतीमा फेरि पाइलो टेकेका छैनन् । काठमाडौं र सिंगो नेपालकै ‘सभ्यताको प्रतीक’ मानिने बाग्मती सफाई अभियानले आउँदो हप्ता ‘सय हप्ताहको समारोह’ गर्दैछ । उनलाई आयोजक पक्षले फेरि बोलायो भने पुनः मुख धोलान् नै ! दुईवटा मोबाइल मात्रै सम्पत्ति देखाएका प्रधानमन्त्रीको १२ लाख गायब ! प्रधानमन्त्री सुशील कोइराला आफ्नो नामजस्तै ‘सुशील’ छन् भनिन्छ । गत माघमा प्रधानमन्त्री निर्वाचित भइसकेपछि सम्पत्ति सार्वजनिक गर्ने क्रममा कोइरालासँग सम्पत्तिका नाममा दुईवटा मोबाइल फोन मात्रै रहेको ‘सम्पत्तिको विवरण’ सार्वजनिक गरियो । \"Sushial_Koirala_200\" र, यो घटना नेपालमा मात्र नभई विश्वमै चर्चाको विषय बन्यो । ‘सुशील कोइराला विश्वकै गरिब प्रधानमन्त्री हुन्’ भनेर प्रेस तथा प्रचारमा समेत छाए । तर, केही समय नबित्दै कोइरालानिवास महाराजगञ्जमा रहेको कोइरालाको शयनकक्षभित्रैको दराजबाट ‘१२ लाख नगद चोरी भएको’ समाचार प्रकाशित भयो । जुन घटनालाई कोइरालाले केही नबोले पनि लोक एकपटक ‘गरिब प्रधानमन्त्री’ लाई गिल्ला गर्न थाल्यो । सपथलगत्तै सिंहदरबारमा पदभार बहालीको क्रममा प्रधानमन्त्री कोइरालाले ५ हजारभन्दा माथिका सम्पूर्ण खर्चविवरण कार्यालयको बेवसाइटमार्फत अपडेट गराउने प्रतिबद्धता जनाएका थिए । जो सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका सभापति समेत हुन् । बाबुराम भट्टराईको मुस्ताङ म्याक्स \"Baburam_Bhattarai_200\" पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्रीमा निर्वाचित हुनुभन्दा अघि अत्याधिक रुचाइएका व्यक्ति हुन् । उनको व्यक्तित्वलाई देशमा मात्र नभई विदेशमा पनि उत्तिकै मान्ने गरिन्थ्यो । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै डा. भट्टराईले राज्यले उपलब्ध गराएको गाडी चढ्न अस्वीकार गरे । आफ्नो कार्यकालभरि उनले स्वदेशी उत्पादन कम्पनीको प्रबद्र्धन गर्ने भन्दै स्वदेशमै उत्पादित ‘मुस्ताङ म्याक्स’ गाडी चढे । तर, प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राज्यले उपलब्ध गराएको महँगो ‘स्कार्पियो’ गाडीमा सयर गर्दै आइरहेका छन् । उनले प्रबद्र्धन गरेको ‘हुलास मोटर्स कम्पनी’ अहिले बन्द भइसकेको छ । उनले मुस्ताङ म्याक्स चढिरहँदा उनको सचिवालय तथा पत्नी हिसिला यमी भने टोयोटाको ‘प्राडो’ गाडीमा हुँइकिइरहँदा उतिबेलै पनि केही मिडियाले चर्चा गरेका थिए । \"Rukmangad_Katwal_200\"कटवालको ‘जवान भान्छा’ अनेक ‘स्क्यान्डल’ गरेर उनी नेपालका एक चर्चित प्रधानसेनापति बने । उनले आफू प्रधानसेनापति रहँदा आर्मी मुख्यालयमा आफ्नै ‘स्लोगान’ राख्न लगाउने र जवानसँग ‘मेस’ मा खाना खानेजस्ता कार्य गरे । ‘सेनापति र जवानबीच सिधा सम्बन्ध स्थापित गर्न’ भन्दै जवानको ‘मेस’ मा उनीहरुसँगै बसेर एक छाक खाना खाए, तर त्यो कार्यलाई निरन्तरता दिने त कुरै छाडौं, दोहोर्‍याउँदा पनि दोहोर्‍याएनन् । गौरवशमशेरको साइक्लिङ !\"Gaurav_Samsher_JBR_200\" हालका प्रधानसेनापति गौरवशमशेर राणा अहिले नेपाली सेनाको सर्वोच्च कमान्ड सम्हालिरहेका छन् । राणा प्रधानसेनापति भएलगत्तै हप्ताको एक दिन (शुक्रबार) मुख्यालय आउँदा ‘साइकल चढेर आउने’ भन्दै एक दिन आफैं समेत साइकलमा जंगी अड्डा पुगे ।   र, अधिकृहरुलाई पनि आफैंले जस्तो गर्न निर्देशन दिई चर्चामा आए । वातावरण प्रदूषण विरुद्धको अभियानको नारासहित प्रस्तुत भएका राणाले दोहोर्‍याएर फेरि साइकल चढेनन् । \"DIG_Jaya_Bdr_Chand_200\"डीआईजी चन्दको अपांग तथा महिला सिटकाे मोह ! महानगरीय ट्राफिक प्रहरी प्रमुख एवम् डीआईजी जयबहादुर चन्द एकाएक सार्वजनिक यातायात (माइक्रोबस) मा चढेर चर्चामा आए । सार्वजनिक यातायातमा जनताको  आकर्षण बढाउन आफूले त्यसो गरेको दावी गर्दै चन्दले सार्वजनिक बसमा हुने अप्ठ्याराबारे नियमित चेकजाँच गर्ने समेत जिकिर गरे । गत शुक्रबारदेखि हरेक शुक्रबार कार्यालय आउँदा–फर्कंदा आफ्ना कर्मचारीलाई सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरे पनि न उनी फेरि सार्वजनिक यातायतमा चढेका छन् न उनी मातहतकाले उनको ‘निर्देशन’ मानेकै समेत छन् ।   अर्को रमाइलो र हास्यास्पद कुरा त के भने माइक्रो चढेका चन्द अपांग तथा वृद्धको सिटमा बसेको फोटो उही दिन बाहिर आयो । जव प्रमुख नै सिट सुरक्षा तथा आरक्षणको बारेमा हेक्का राख्दैनन् भने अरु कसले राख्छ ? उनी उही दिन हास्यपात्र बने । उस्तै त रहेनछन् सबै ! [caption id=\"attachment_8573\" align=\"alignleft\" width=\"200\"]\"Dipendra_Bdr_Chhetri_200\" पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री[/caption] यस्ता ‘स्टन्ट’ का माझ केही सार्वजनिक पद धारण गरेका मानिसहरु तथा नेताले आफ्ना राम्रा कामहरुलाई निरन्तरता समेत दिइरहेका छन् । एमाओवादीका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीले दिएको सवारी साधन प्रयोग नगरी सार्वजनिक साधनमै हिँड्ने घोषणा गरे । नेता श्रेष्ठले १ वर्षदेखि उक्त अभियान लागू गरिरहेकै छन् । आफ्नो कार्यकालका चर्चित ऊर्जामन्त्री तथा एमाले नेता गोकर्ण विष्ट मन्त्रीबाट राजीनामा दिएपछि सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिएका थिए । उनले त्यासपछि सार्वजनिक पद धारण गरेका छैनन् । उनको कामले कत्तिको निरन्तरता पाउँछ ? हेर्न बाँकी छ ।   पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री पनि त्यस्तै उदाहरणीय व्यक्ति हुन् । उनले आफ्नो कार्यकाल सकिएर घर फिर्ता हुँदा सरकारी सुविधाको सवारी साधन प्रयोग नगरी ट्याक्सी लिएर हिँडेका थिए । उनी आज पनि सार्वजनिक सवारी साधनमै हिँड्छन् । उनको यो प्रयासबाट अरुहरुले पनि सिकून् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy