काठमाडौँ, १६ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन प्रक्रियामा सहयोग गर्न अध्यक्ष थापालाई आग्रह गरेका हुन् ।
अध्यक्ष प्रचण्डको आग्रहलाई सकारात्मक रुपमा लिँदै अध्यक्ष थापाले पार्टीमा छलफल गरेर उपयुक्त जवाफ दिने बताएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले राससलाई जानकारी दिए ।
सो अवसरमा नेकपा एमालेको नेतृत्वको सरकारको काम कारबाही र दलबीचको सहकार्य एवम् मुलुकको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा समेत कुराकानी भएको थियो ।
सो अवसरमा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले विगतदेखि नै राष्ट्रिय सहमतिको सरकारका पक्षमा जोड दिँदै आएको भएपनि केही दलकाकारण तत्काल त्यो सम्भव नभए पनि आफ्नो प्रयास जारी रहेको भन्दै राप्रपा नेपाललाई सहयोगका लागि आग्रह गरेका हुन् ।
संविधान कार्यान्वयनलगायतका विषयमा प्रमुख दल नमिली सुखै नभएको भन्दै अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको सरकारको सहयात्री समेत भएकाले राप्रपा नेपालको भूमिका महत्वपूर्ण हुने बताए ।
सहप्रवक्ता श्रेष्ठले मुलुक र जनताको पक्षमा राप्रपा नेपाल सधैँ साथमा रहने जानकारी अध्यक्ष थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गराएको बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: