Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

नयाँ बन्ने सरकारको काम निकै जोखिमपूर्ण ः प्रचण्ड

\"prachanda\"ललितपुर, १७ साउन । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकारको नेतृत्वको जिम्मेवारी चुनौतीपूर्ण हुने बताएका छन् । क्रान्तिकारी किसान सङ्गठनको संयुक्त भेलाद्वारा आयोजित “क्रान्तिकारी किसान सङ्गठनको ऐतिहासिक एकता राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले अव बन्ने सरकारले गर्ने काम निकै जोखिमयुक्त रहने बताए । अबको सरकारको मुख्य दायित्व संविधान कार्यान्वयन गराउनु रहेको उनको धारणा थियो । संविधान कार्यान्वयन गर्नुपूर्व आम जनताको हितमा हुने गरी संविधानको संशोधन र परिमार्जन हुनु जरुरी रहेको प्रचण्डको भनाई थियो । उनले राष्ट्रलाई अन्तरिक रुपमा एकतावद्ध र सुदृढ गराइराख्नु पर्ने अर्को महत्वपुर्ण जिम्मेवारी भएको बताए । गाउँपालिका, नगरपालिका, प्रादेशिक तथा संसद्को निर्वाचन गराउनु सरकारको थप चुनौती हुनेसमेत उनले प्रष्ट पारे । उनले सुस्त अवस्थामा रहेको पुनःनिर्माण कामलाई तीव्ररुपले अघि बढाउने समेत प्रतिवद्धता व्यक्त गरे । देशको विभिन्न स्थानमा आएको बाढीपहिरोले पीडित बनाएका जनताका लागि आवश्यक राहत र सहयोग गर्नु अर्को चुनौती भएको उनको धारणा रहेको थियो । यसैगरी देशका हितमा हुनसक्ने दीर्घकालीन एवम् ठूला आयोजना सुरु गर्नु पनि चुनौतीकै रुपमा रहेको उनले बताए । नयाँ सरकार निर्माणसँगै बेपत्ता छानबिन र सत्य निरुपण आयोगले गर्ने काम दू्रत गतिमा अगाडि बढ्नेमा उनको विश्वास रहेको थियो । विगतमा माओवादी पार्टी सरकारमा भएकै कारण सेना समायोजन र हतियार व्यवस्थापनको काम पूरा भएको उनले उल्लेख गरे । उनले नेपाल कृषिप्रधान देश भएकाले खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषिमा नयाँ प्रविधिको प्रयोग गरिनुपर्नेमा जोड दिए । माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल ठाकुरले आफ्नो पार्टी श्रमजीवी वर्गको पार्टी भएको बताए । अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी०, अखिल नेपाल किसान सङ्घ९क्रान्तिकारी०, अखिल नेपाल किसान सङ्घ माओवादी लगायतका सङ्गठन एक हुन लागेको कार्यक्रमका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies