Ntc summer Offer
Khabar Dabali १४ पुष २०८१ आईतवार | 29th December, 2024 Sun
Investment bank

दोहोर्याएर कार्यकारी प्रमुखमा प्रचण्ड ,सहज छैनन् आगामी दिनहरु

\"prachanda-750\"काठमाडौँ, १९ साउन । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका–संसद्को तेस्रो दल भए पनि नेपाली काँग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । संविधानसभाको पहिलो निर्वाचनपछि २०६५ साउन ३१ गते पहिलोपटक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् राजनीतिक आरोहअवरोह पार गर्दै अध्यक्ष दाहाल मुलुकको कार्यकारी प्रमुखको बागडोर सम्हाल्न आइपुगेका हुन । राजनीति सम्भावनाको खेल हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट बाहिरिएपछि संसद्को पहिलो ठूलो दल काँग्रेसलगायतका पार्टीको समर्थनमा संविधान कार्यान्वयन, शान्ति प्रक्रियालाई पूर्णता, भूकम्पपछिको पुनःनिर्माण, संविधान निर्माण प्रक्रियालगायतका विषयमा असन्तुष्टि दर्ज गर्दै आन्दोलनमा रहेका मधेस केन्द्रित दललगायतका विशिष्ठ कार्यभार पूरा गर्ने लक्ष्यसहित अध्यक्ष दाहाल उनको राजनीतिक जीवनमा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष दाहालको जन्म विसं २०११ मङ्सिर २६ गते कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिए । विसं २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी २०२७–२०२९ सालमा पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गर्नुभयो । २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गरि एमपीएको समेत अध्ययन गरेका दाहाल आफूलाई प्रचण्डको नाममा चिनाउन चाहन्छन् । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक एजेन्डालगायत नयाँ संविधानले स्थापित गरेका मूल्य र मान्यतालाई दश वर्षे जनयुद्ध र जनआन्दोलनको माध्यमबाट स्थापित गराउन प्रमुख भूमिका खेलेका दाहाल मुलुकलाई अगाडि बढाउन जोखिम समेत मोल्नुपर्छ भन्ने आँट गर्ने नेता हुन । कक्षा १० मा पढ्दा पिताले राखिदिएको छविलाल हुँदै पुष्पकमल, कल्याण, विश्वास, निर्माण र प्रचण्ड नामबाट राजनीतिका खुला मोर्चा हुन् वा भूमिगत काल नै किन नहोस् परिचित छन् । दश वर्षे जनयुद्धलाई शान्ति प्रक्रियाको माध्यमबाट सहजरुपमा अवतरण गराएका दाहाल कुनै समय स्वदेशी तथा विदेशी एवम् स्वयम् पार्टी कार्यकर्तालाई समेत एउटा मिथक जस्तो नाम थियो । धेरै मान्छेलाई पत्यार नलाग्ने त्यही मान्छे आज दोस्रोपटक मुलुकको कार्यकारी प्रमुख बन्न सफल भएको छ । विसं २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँ सरेका दाहालको २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उनका तीन छोरी र एका छोरा छन् । नारायणी विद्या मन्दिर मावि शिवनगर, डण्डा मावि नवलपरासी र भीमोदय मावि आरुघाट गोरखामा २०३३ देखि २०३५ सालसम्म अध्यापन गरी २०३२ सालमा युएसएडमा समेत केही समय सेवा गरेका थिए । विसं २०२८ मा नेपाल कम्युनिस्ट पार्टीको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका अध्यक्ष दाहालले रामबहादुर थापा, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए । विसं २०३४ मा तत्कालीन चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालदेखि पूर्णकालीन कार्यकर्ताको रुपमा क्रियाशील भए । २०३६ सालमा चितवन जिल्ला समिति सदस्य, २०३८ सालमा पार्टीको क्षेत्रीय ब्युरो सदस्य एवम् अखिल नेपाल युवक सङ्घको महासचिव भई २०४० सालमा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए । विसं २०४१ मा नेकपा ९मसाल०को पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई २०४२ मा पोलिटब्युरो सदस्य हुनुभएका अध्यक्ष दाहाल सेक्टर काण्डपछि पार्टीको महामन्त्रीमा निर्वाचित भए । तत्कालीन अध्यक्ष मोहन वैद्यको सिफारिसमा अध्यक्ष दाहाल पार्टीको कार्यकारी पदमा निर्वाचित भएका थिए । २०४६ सालपछि पार्टीको सर्वोच्च निकायमा रहेका काम गर्दै आएका अध्यक्ष दाहाल २०५१ मा तत्कालीन नेकपा ९एकता केन्द्र०को नाम परिवर्तन गरी नेकपा ९माओवादी० स्थापना गरी २०५२ फागुन १ बाट सशस्त्र जनयुद्धको नेतृत्व गरे । संयोग पनि कस्तो परेको छ भने २०५२ सालमा माग राख्दै सिंहदरबार पुगेको तत्कालीन जनमोर्चा नेपालका नेता प्रधानमन्त्रीमा र त्यसबेला समेत प्रधानमन्त्री रहेका शेरबहादुर देउवा उनको समर्थक रहेका छन् । इतिहासले यस्ता अवसर नेपाली राजनीतिलाई जुटाइदिएको छ । जुन एउटा नयाँ अवसर पनि हो नेपाली इतिहासका लागि ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy