Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

चिहानमाथि उभिएर परिवारलाई सम्झिँदा ...

\"botle\"   बाेत्ले (दाेलखा), २० साउन । सिन्धुपाल्चोक कुभिण्डे ७ का नारायण सापकोटा मंगलबार दोलखाको बोत्ले पुग्दा भक्कानिए । दोलखाको काटाकुटी गाविस २ बोत्लेमा आफ्नै परिवारको हत्या भइ पुरिएको चिहानमाथि उभिँदा उनीहरु कसैले पनि मन थाप्न सकेनन् । १५ जनाको सामुहिक हत्या भएको बोत्लेका बासिन्दाले एउटा चिहान देखाउँदा सापकोटामात्र होइन, बोत्ले पुगेका धेरैका आँखा रसाए । नारायणका बुबा टोकनाथको सोही ठाउँमा हत्या भएको थियो । साउन १८ को दिनलाई सम्झिँदै बोत्ले पुगेका सिन्धुपाल्चोक माङ्खाका पूण्यप्रसाद पराजुली पनि छोरी लक्ष्मीलाई सम्झिएर आँशु पुछे । आफ्ना परिवारको चिहानमाथि उभिएर उनीहरुले त्यो दिन सम्झिएर भने– ‘त्यो दिन कहिल्यै नआओस् ।’ वि.सं. २०५९ साउन १८ गते भएको उक्त घटनामा दोलखाको राम्चेत दूधपोखरी २ का दलबहादुर घिसिङ, घ्याङ सुकाठोकर ७ का गोविन्द आचार्य, कालिन्चोकका दीपक थामी, मागापौवा २ का सुकमान तामाङ, डाँडाखर्क ७ की सुन्दरी चापागाइँ मारिएका थिए । यस्तै, सिन्धुपाल्चोक भोटेचौरकी तीर्थमायाँ वाइबा ‘चेतना’, कुभिन्डेका बेदप्रसाद शर्मा, कुभिण्डे ७ कै टोपनाथ सापकोटा ‘ज्वाला’, सोही ठाउँकी मीना सापकोटा, मांखाकी लक्ष्मी पराजुली, पिस्करका मानबहादुर भन्ने रणबहादुर थामी, सोही ठाउँकी कल्पना थामी, धुस्कुन ८ की गायत्री श्रेष्ठ र कविता थामी तथा सिन्धुपाल्चोककै रञ्जिताको पनि तत्कालिन शाही सेनाले एउटै चिहान बनाएको थियो । \"botle-4\" घटना कसरी भयो ? वि.सं. २०५९ साल साउन १८ गते विहान बोत्ले कुहिरोले ढपक्कै ढाकेको थियो । एकाबिहानै बन्दुक पड्किन थाले । गाउँलेहरु भागदौड गर्न थाले । दोलखा सदरमुकाम चरिकोटबाट आएको तत्कालिन शामी नेपाली सेनाको एक समूहले बोत्लेमा नरबहादुर शाक्य र मकरबहादुर शाक्यको घरमा बास बसेका माओवादी कार्यकर्ताहरुलाई घेरा हालेर पक्राउ गर्यो । सेनाले घर भित्र निशस्त्र अवस्थामा रहेका १५ माओवादी कार्यकर्ताहरुलाई समातेर नजिकैको विद्यालय छेउमा लाइन लगाएर गोली हानी एउटै चिहान बनायो । १५ वर्षअघि भएको उक्त घटना सम्झिँदा अहिले पनि गाउँलेहरु झस्किन्छन् । ‘बिहान उठेर ट्वालेट जानलागेको थिएँ, एक्कासी पट्ङटङ आवाज आयो,’ मकरबहादुरको घर नजिकैका शेरबहादुरले भने, ‘१५ जनालाई हाम्रै आँखा अगाडि गोली हानेर मारे, हामीले भागेर ज्यान बचायौं ।’ सेनाले पक्राउ गरिसकेपछि एक एक गरी गोली हानेर हत्या गरीसकेपछि गाउँलेलाई नै खाल्डो खन्न लगाएर सबैलाई त्यहीँ पुरेर छाडेका थिए । ‘ऊ त्यहि ढुंगाको छेवैमा नौ जनालाई र यतापट्टि ६ जनालाई खाल्डो खरेर पुरे, शेरबहादुरले ढुंगाको खोंच देखाउँदै भने, ‘त्यतिबेला बोल्ने कुनै हिम्मत नै थिएन, हामीले कुनै चाल नै गरेनौं ।’ ‘साउन १८ गतेकादिन विहानै बाख्रालाई घाँस दिन भनी भगवानडाँडाबाट झर्दै थिएँ, सेनाले आउनै दिएन,’ अर्का स्थानीय वृषबहादुर श्रेष्ठले सम्झिए, ‘आर्मीले काल खोजेर जाने भए जा भनेर भनेपछि बीचबाटै फर्किएँ ।’ बोत्ले हत्याअघि २०५९ असार २ गते बोत्ले नजिकैको दोलखाको पाँडेखानीमा माओवादी नेता रितबहादुर खड्काको हत्या भएको थियो । माओवादी पूर्वाञ्चल ब्यूरोको क्षेत्रीय बैठकका लागि केन्द्रीय समितिको बैठक सकाएर आउने क्रममा रितबहादुर मारिएका थिए । पूर्वाञ्चलब्यूरोको बैठक यहि ठाउँमा चलिरहँदा रितबहादुर मारिएको खबर थाहा पाएपछि बैठक हल स्तब्ध भएको माओवादी नेताहरु स्मरण गर्छन् । ‘त्यतिबेला पूर्वाञ्चल ब्यूरोको बैठक सकेर नेताहरु फर्किएपछि देउरालीमा सामाजिक अभियान कार्यक्रम सकाएर एउटा एउटा टोली बोत्ले आएर बसेको थियो’, नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य तथा पूर्व राज्यमन्त्री देवी खड्का भन्छिन्, ‘त्यतिबेला बोत्ले आएर बसेको टोली नै सेनाको निशानामा पर्यो ।’ उक्त घटनामा स्थानीय महिला, बालबालिका, वृद्धवृद्धा र युवाहरुले पनि सेनाको कुटाइ खाए तर स्थानीय कोही पनि नमारिएकाले घट्ना सार्वजनिक गरिएन । त्यसैले १५ जनालाई सेनाले समातेर निर्ममतापूर्वक गोली हानेर एकै ठाउँमा मारेको बोत्ले घटना अहिलेसम्म पनि गुमनाम छ । ‘शान्ति प्रक्रियामा आएयता माओवादीले हरेक साउन १८ गते बोत्लेमा स्मृतिसभा पनि गर्दै आएको छ, तर यो कुरा पनि मिडियाका कहिल्यै आएको छैन,’ नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज विशाल खड्काले भने । माओवादीका अनुसार उक्त घटनामा माओवादीका दुई जना इलाका सेक्रेटरीसमेत मारिएका थिए । माओवादी इलाका सेक्रेटरी सिन्धुपाल्चोक भोटेचौरकी तीर्थमायाँ वाइबा ‘चेतना’ र अर्का इलाका सेक्रेटरी सिन्धुपाल्चोक कुभिण्डेका टोपनाथ सापकोटा बोत्ले हत्याकाण्डमा मारिएका थिए । \"botle-1\" सैलुङ माओवादी ‘आधार इलाका’ बोत्ले त्यतिबेला माओवादीको आधार इलाकाभित्र पर्दथ्यो । ०५७ सालदेखि आधार इलाका रहेको सैंलुङ क्षेत्रमा सेनाले बेलाबेलामा पठाएको सुराकीसमेत छिर्न नसक्ने अवस्था रहेको माओवादी नेतृ खड्का बताउँछिन् । उनका अनुसार ०५६ सालमा पूर्वी ब्यूरो कमाण्ड इन्चार्ज आलोक कारबाहीमा परेपछि मोहन वैद्य ‘किरण’ पूर्वी कमाण्डको इन्चार्ज भएर आउँदा बोत्ले नजिकैको पाँडेखानीस्थित शेर्पाको घरमा बसेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE