काठमाडौं, २० साउन । भर्खरै बनेको नयाँ सरकारले दुई छिमेकी मुलुकसँगको सम्बन्धलाई समान राख्नुपर्ने विज्ञले सुझाव दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा भारतका लागि नेपालका पूर्वराजदूत प्रा डा लोकराज बरालले नेपालको विकासमा दुवै छिमेकी मुलुकको सहयोग र सद्भाव रहेकाले सम्बन्धलाई बराबर राख्नुपर्ने बताए ।
उनले भने, “नयाँ सरकारले संविधान संशोधन गरेर तराई मधेसमा देखिएको असन्तुष्टिलाई हटाए मात्र देश विकासको बाटोमा अगाडि बढ्न सक्छ ।” प्रा डा बरालले व्यावहारिक रुपमा भारतसँग नेपालको गहिरो सम्बन्ध भएकोले यसलाई भुल्न नहुने बताए।
भारतका लागि नेपालका पूर्वराजदूत डा दुर्गेशमान सिंहले विदेशीको सानो स्वार्थका कारण नेपालमा परिवर्तन हुने गरेकाले यसप्रति सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले कूटनीतिक हिसाबबाट दुई छिमेकी मुलुकसँगको सम्बन्ध अगाडि बढाए मात्र देश विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा शङ्कर शर्माले नेपालको आन्तरिक समस्यालाई आन्तरिक रुपले हल गर्न सके मात्र छिमेकी मुलुकसँगको सम्बन्ध प्रगाढ हुने बताए।
बेलायतका लागि नेपालका पूर्वराजदूत डा सुरेश चालिसेले भारत र चीनको रुचिको कुरालाई नेपालले बुझेर नेपालको फाइदाका लागि काम गर्नु आवश्यक रहेकामा जोड दिए।
इतिहासविद् प्रा डा सुरेन्द्र केसीले प्रमुख प्रतिपक्षलाई विश्वास लिएर अगाडि बढे मात्र छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो हुने बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: