चैत्र ८ गते, २०७१ आइतवार 22nd March, 2015 Sun११:००:५५ मा प्रकाशित
काठमाडौं, नवौ महाविधेशनबाट गुटबन्दी अन्त्य भएको बताए पनि युवा संघको विवादलाई देखाउँदै एमालेका एमालेका शीर्ष नेताहरू नै चर्को गालीगलौचमा उत्रेका छन् । यसबाट उसकाे आन्तरिक राजनीतिक अस्तव्यस्तता समेत छताछुल्ल भएको छ ।
युवा संघका अध्यक्ष महेश बस्नेतलाई मन्त्री बनाएपछि एमालेका शीर्ष नेताबीचको असन्तुष्टी सतहमा आएको हो । युवा संगठनको विवादका नाममा शीर्ष नेताहरु एकअर्का विरुद्ध तितो र रुखो टिप्पण गर्न उद्यत भएका छन् ।
संस्थापन पक्षको समानान्तर बैठकको उद्घाटन कार्यक्रम का लागि हेटौडा पुगेकी उपाध्यक्षले विरगंज पुगेर शनिबार बिहान भनिन्, ‘एमालेमा माधव नेपाल पनि नेता हुनुहुन्छ । एमालेमा संविधान निर्माणको मुख्य बाधक माधव नेपाल हुन् ।’
केही दिन अघि राजधानीमा प्रेस चौतारीले गरेका कार्यक्रममा नेपालले दुई तिहाईको दम्भ कांग्रेस एमालेले देखाएकै कारण संविधान नबनेको आरोप लगाएका थिए ।
५ माघमा दलहरु सहमति नजिक पुगे पनि कांग्रेस एमालेका केही नेताले त्यो सहमति नपचाएर वार्ता भाँडेको आरोप लगाएका थिए ।
पत्रकारले सोही प्रसंगमा सोधेको प्रश्नमा ओली निटक उपाध्यक्ष भण्डारीले पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई यस्तो आरोप लगाएकी थिइन् ।
एमाओवादी मोर्चाका कारण संविधान नबनेको आरोप लगाउँदै नेतृ भण्डारीले अब प्रक्रिया गएर भए पनि जेठ १५ सम्म संविधान जारी गर्ने बताएकी थिइन् ।
यता, नेता माधव कुमार नेपाल पनि के कम युवा संघको असन्तुष्ट पक्षले राजधानीको बागबजारमा गरेको विचार गोष्ठीमा भने, ‘जाली कुराले पार्टी चल्दैछ ।’
अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै नेपालले भने, ‘गुन्डा–डनहरुलाई तत्काल कारबाही गर, युवा संगठन गुन्डा र तस्करहरुको संगठन होइन । यतिबेला हाम्रो युवासंघ गुन्डाको हातमा पुग्यो ।’
गुन्डाहरु र इमानदार युवाहरु संगठनमा सँगै बस्न नसक्ने चेतावनी दिँदै नेता नेपालले भने– ‘यतिबेला हाम्रो युवासंघ गुन्डाको हातमा पुग्यो । कार्यकर्तामाथिको अन्याय जारी रह्यो भने हामी चुप लागेर बस्दैनौ । विरोधको आगोको झिल्कोले केपी ओलीका पक्षधर गुन्डा र डनहरुलाई सखाप पार्नेछ ।’
ओली पक्षको गुण्डागर्दीविरुद्ध एकजुट हुन पनि उनले आव्हान गरे । ‘विधानको रक्षाका लागि डन र गुन्डाहरुसँग लड्नोस्’ आफू पक्षधर युवानेताहरुलाई नेपालले भने– ‘हामीसँग पनि शक्ति छ, नडराउनोस् ।’
पार्टीमा एकलौटी निर्णय गरेको, सदस्य चयन, कार्यविभाजमा मनलाग्दी रुपले अघि बढ्न खोजेको भन्दै नेपाल पक्ष ओलीसँग तीव्र असन्तुष्ट बन्दै आएको छ ।
नेपाल काठमाडौंमा भएको महाधिवेशनमा पार्टी अध्यक्षमा ओलीसँग पराजित भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: