Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

यसरी टुङ्गिँदै नेविसङ्घ प्रतिनिधिको विवाद

\"nebishang\"काठमाडौँ, २४ साउन । नेपाल विद्यार्थी सङ्घको विवादित ११ जिल्लाका महाधिवेशन प्रतिनिधिको आज रातिसम्म टुङ्गो लाग्ने भएको छ ।

नेविसङ्घको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशक समितिले आज रातिसम्म विवादित सबै प्रतिनिधि नायमावलीको टुङ्गो लगाउने जनाएको छ । आज९सोमबार० रातिसम्म विवादित जिल्ला र क्याम्पसका महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाई मङ्गलबार अपराह्न २ बजेदेखि बन्दसत्र हुने समितिका एक सदस्यले जानकारी दिए । प्रतिनिधिको विवादका कारण आजका लागि निर्धारित बन्दसत्र स्थगन भएको थियो ।

नेविसङ्घ कार्यालयका मुख्य सचिव शिव रिमालले महाधिवेशन प्रतिनिधिका कार्ड मङ्गलबार बिहान ८ बजेदेखि नेपाली काँग्रेस केन्द्रीय कार्यालय, सानेपाबाट वितरण हुने बताए । पार्टीले नेता डा प्रकाशशरण महतको संयोजकत्वमा नेता गोविन्दराज भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेको निर्देशक समिति गठन गरेको छ ।

मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी काँग्रेसको भ्रातृसंस्था नेविसङ्घको ११आँै महाधिवेशन पटक पटक मिति तोकिँदै स्थगन हुँदै नौ वर्षपछि यस पटक हुन लागेको हो । महाधिवेशनमा मुलुकभरबाट करिब तीन हजार ४०० प्रतिनिधि रहने सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

सङ्घको आगामी केन्द्रीय समिति प्रदेश संरचनासहित १५१ सदस्यीय हुने गरी विधानको टुङ्गो लगाइएको छ । विसं २०६४ पछि हुन लागेको महाधिवेशनमा पदाधिकारी र सदस्यमा करिब ५०० भन्दा बढी उम्मेदवारी पर्ने अध्यक्षका उम्मेदवार क्षितिज भण्डारीले बताए ।

अध्यक्षमा हालसम्म भण्डारी, जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, नैनसिंह महर, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेत, पद्मराज पन्त, रत्न कार्की, सरोज थापा, लक्ष्मण आचार्य, रामप्रसाद अधिकारीलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य केही नेता उम्मेदवारी घोषणा गर्ने क्रममा छन् ।

‘समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि ११औँ महाधिवेशन’ भन्ने नाराका साथ नेविसङ्घको महाधिवेशन यही साउन २३ गतेदेखि सुरु भएको हो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE