Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

छवटै माओवादी घटकबीच बुद्धनगरमा बैठक

तस्बिर : माओवादी नेतृ पम्फा भुसालको फेसबुकबाट ।

काठमाडौं, दुई माओवादीबीच एकता प्रक्रिया सुरु भएलगत्तै दुवै पक्षले एकता प्रक्रियाका लागि बहसका एजेन्डा तय गरेका छन् । उनीहरु पार्टीको वैचारिक लाइनका साथै आ–आफूले लिएको कार्यनीतिका बारेमा समेत बहस गरेर पार्टी एकता गर्ने निक्र्यौलमा पुगेका छन् । आइतबार बिहान ९ बजे नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको दुवै माओवादीका वार्ता टोलीको संयुक्त बैठकले पार्टी एकताका विषयमा छलफलका लागि एजेन्डा तय गरेको हो । बैठकलगत्तै खबरडबलीसँग कुरा गर्दै एमाओवादीका महासचिव कृष्णबहादुर महराले आगामी बैठकले ती एजेन्डाहरुमा छलफल गर्ने निर्णय गरेको बताए ।
मालेमाको रक्षा, प्रयोग र विकासका सम्बन्धमा, क्रान्तिका स्वरुप एवम् त्यसका रणनीति र कार्यनीतिका सम्बन्धमा, समाजिक परिवर्तनका निम्ति हुने क्रान्तिमा बल प्रयोगको सिद्धान्तको बुझाइबारे, विगतका कमीकमजोरीहरुको समीक्षा सम्बन्धमा, पार्टीका संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताको प्रयोगबारे, संसद तथा संसादवादबारेको बुझाइ एवम् प्रयोगबारे तथा तात्कालीन राजनीतिक कार्यनीतिबारे बहस गर्दै पार्टी एकता गर्ने निधो गरेको छ ।
बैठकले दुवै माओवादीबीच एकताका निम्ति सातबुँदे आधारमाथि छलफल गरेको छ । बैठकले मालेमाको रक्षा, प्रयोग र विकासका सम्बन्धमा, क्रान्तिका स्वरुप एवम् त्यसका रणनीति र कार्यनीतिका सम्बन्धमा, समाजिक परिवर्तनका निम्ति हुने क्रान्तिमा बल प्रयोगको सिद्धान्तको बुझाइबारे, विगतका कमीकमजोरीहरुको समीक्षा सम्बन्धमा, पार्टीका संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताको प्रयोगबारे, संसद तथा संसादवादबारेको बुझाइ एवम् प्रयोगबारे तथा तात्कालीन राजनीतिक कार्यनीतिबारे बहस गर्दै पार्टी एकता गर्ने निधो गरेको महासचिव महराले बताए । बैठकमा प्रचण्डले नेतृत्व गरको एमाओवादी तथा वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीका साथै क्रान्तिको रक्षाका लागि जनयुद्धमा सहभागी अन्य माओवादीसँग पनि छलफल अगाडि बढाउँदै माओवादी आन्दोलनलाई वृहत्तर एकीकरणतर्फ लैजान छलफल भएको थियो । त्यसैगरी आइतबारै दिउँसो जनयुद्धबाट आएका अरु सबै माओवादी घटकहरुसँग पार्टी एकीकरणका लागि बुद्धनगरमा बैठक चलिरहेको छ । बैठकमा नेकपा माअाेवादीका महासचिव विप्लवसहित नेकपा (माओवादी) का संयोजक मात्रिका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापालगायत सहभागी छन् । छवटै माओवादी घटकबीचको सो बैठकमा पार्टी एकता र सत्ताधारीहरुले विगतका जनयुद्धकालीन मुद्धा उल्टाएर विभिन्न सहमति र सम्झौताको उल्लङ्घन गरेको विषयमा छलफल केन्द्रित हुने नेकपा–माओवादीका माअाेवादीकी प्रवक्ता पम्फा भुसालले जनाएकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE