Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

हेलिकोप्टर दुर्घटनापछि सिर्दिवास शोकमा !

\"heli-accident\"गोरखा, २५ साउन । घरमुली ६० वर्षीय कितमान गुरुङ, उनकी श्रीमती ५६ वर्षीया अज्ञानी, बुहारी १९ वर्षीया प्रिती, पाँच दिनको नवजात शिशु बिरामी भएपछि ज्वाइँ सुजन गुरुङले उनीहरुको उपचार राजधानीको अस्पतालमा गर्ने सोचले हेलिकोप्टर झिकाए । फिस्टेल एअरको नाइन एनकेए कलसाइन भएको हेलिकोप्टर बिरामी लिन सोमबार गोरखाको सिर्दिवास–२ फिलिमस्थित बुद्ध आवासीय माविको प्राङ्गणमा अवतरण भयो । हेलिकोप्टरमा २५ वर्षीय क्याप्टेन रञ्जन लिम्बू र बिरामी लिन आएकी लक्ष्मी गुरुङ थिइन् । उहिया गाविस घर भएकी लक्ष्मीको माइती सिर्दिवास हो । नाताले उनी र कितमान आफन्त पर्छन् । एकै घरका चारजनासहित फेज नेपाल नामक गैरसरकारी संस्थाकी स्वास्थ्यकर्मी सुनसरीको इटहरीकी २२ वर्षीया निशा तामाङ, क्याप्टेन रञ्जन लिम्बू र लक्ष्मी गुरुङ चढेको हेलिकोप्टर करिब ११ः३० बजे सिर्दीबासबाट राजधानीका लागि उडेको थियो । सासू, ससुरा, प्रिती र नवजात शिशु ९प्रितीको छोरा० लाई हेलिकोप्टर चढाएर कितमानका अर्का ज्वाइँ बहादुर गुरुङ घर फर्किए । सिर्दिवासबाट उडेको हेलिकोप्टर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन ४० मिनेट लाग्छ । बिरामी भएका आफन्त लिएर उडेको हेलिकोप्टर एक घन्टासम्म एअरपोर्टमा अवतरण नभएपछि बहादुर र सुजनसहित गाउँले छट्पटाउन थाले । केहीबेरपछि नुवाकोटमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको खबर सुनेपछि गाउँमा रुवाबासी चल्यो । प्रितीका श्रीमान् कालु गुरुङ वैदेशिक रोजगारीका लागि गत पुसदेखि मलेसियामा छन् । “उपचार गर्न हेलिकोप्टर चढाएर पठाएका चारजनाको निधन भयो” सिर्दिवासका बहादुर गुरुङले भने, “घरको ढोका खोल्ने मान्छे भएन ।” घरको रेखदेख गर्ने जिम्मा ज्वाइँ बहादुरलाई दिइएको थियो । हेलिकोप्टर दुर्घटनामा कितमानका परिवारका सदस्यको निधन भएको खबर सुनेपछि गाउँले फिलिमस्थित घरको आँगनमा भेला भएका छन् । गाउँले र आफन्त शोकमा डुबेको बहादुरले टेलिफोन कुराकानीमा बताए । मनास्लु पदमार्गमा पर्ने उत्तरी गोरखाको दुर्गम गाउँमध्ये सिर्दिवास पनि एक हो । यहाँका महिला हरेक वर्ष सुत्केरी हुन नसकेर मृत्युको मुखमा पुग्छन् । सडक सुविधा नहुँदा ऋण खोजेर हेलिकोप्टरमार्फत बिरामीको उपचार गर्न राजधानीका अस्पताल लैजानुपर्ने बाध्यता छ । गाउँमा स्वास्थ्यचौकी छ, स्वास्थ्यकर्मी भेटिन्छन् तर औषधिको अभाव चुलिँदो छ । सदरमुकाम गोरखा आइपुग्न तीन दिन लाग्छ । बर्खामा ढुङ्गा खस्दा बाटो हिँड्न समस्या छ । कितमानको परिवारले रहरले हेलिकोप्टर मगाएका होइनन् । हेलिकोप्टरको भाडा रु एक लाख २० हजार तिर्नसक्ने उनीहरुको आर्थिक क्षमता छैन । ऋण खोजेको पैसाले हेलिकोप्टरको भाडा तिर्न कितमानले रु एक लाख २० हजार साथै राखेका थिए । उनीसहित हेलिकोप्टरमा सवार सातजनाको निधन भएपछि त्यो पैसा भेटिने सम्भावना रहेन । नुवाकोट बेतनीको चुच्चेभिरमा उक्त हेलिकोप्टर सोमबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षणका लागि राजधानीस्थित शिक्षण अस्पतालमा राखिएको छ । हेलिकोप्टरमा सवार रहेकी सुनसरी इटहरीकी २२ वर्षीया निशा तामाङ उत्तरी क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेको फेज नेपालकी स्वास्थ्यकर्मी ९स्टार्फनर्स० हुन् । तामाङले चुम्चेत, सिर्दिवास र छेकम्पारलगायत उत्तरी गोरखाका दुर्गम भेगका जनताको स्वास्थ्यको ख्याल राख्दै उपचारमा सहयोग गर्दै आएकी थिइन् । सरकारी कर्मचारी खासै नबस्ने उत्तरी भेगमा फेज नेपालका कर्मचारी भने निरन्तर बसिरहेका हुन्छन्, जनताको सेवामा खट्छन् । सिर्दिवासस्थित स्वास्थ्य चौकीका अहेव प्रेम गुरुङका अनुसार फेजका स्वास्थ्यकर्मीले दुर्गम भेगमा स्वास्थ्य सेवा पु¥याउन सहयोग गर्नुका साथै जनचेतना फैलाउने काम पनि गर्दै आएका छन् । फेजले हेलिकोप्टर चढेर भएपनि राजधानी आउन भनेपछि तामाङ सोही हेलिकोप्टर चढेर राजधानी जाँदै थिइन्, दुर्घटनामा परी उनको पनि निधन भयो । टेलिकमको स्काइ फोन सेवाले काम नगर्दा सिर्दिवासबासीले दुःख पाएका छन् । बिरामीलाई उपचार गर्न लैजाँदा सिङ्गो परिवारकै खुसी खोसिएपछि गाउँले शोकमा छन् । दुर्घटना भएको खबर सुनेपछि छरछिमेक, आफन्त गुरुङको घरको आँगनमा भेला भएका थिए । “परिवारको याद आइरहन्छ । रातभर सुतेनौँ” कितमानका ज्वाइँ बहादुरले भने । दुर्गम गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा नपाउँदा ऋण खोजेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता दुर्गमवासीलाई छ । भूकम्प, पहिरोलगायत प्राकृतिक विपद् झेलेका सिर्दिवासवासीले यो अर्को पीडा खेपेका हुन् । एकै परिवारका चारजनाको निधन भएपछि घरको ढोका खोल्ने र लेकमा रहेका बस्तुभाउको रेखदेख गर्ने पनि मान्छेको अभाव भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE