Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

अब ठूला नेताले दुई क्षेत्रबाट चुनाव लड्न नपाउने

\"nirbachanकाठमाडौं, २५ साउन । प्रतिनिधिसभाको चुनवमा अव एउटै नेताले दुईवटा चुनाव क्षेत्रमा उम्मेद्वारी दिन नपाउने गरि निर्वाचन आयोगले नयाँ प्रस्ताव गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनका लागि व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार पारी प्रस्तावित गरेको नयाँ विधेयकमा एक व्यक्ति दुई क्षेत्रमा चुनाव लड्न नपाउने व्यवस्था प्रस्ताव गरेको हो । यसअघि प्रमुख दलका ठूला नेताहरु दुई क्षेत्रमा उम्मेदवार बन्ने गरेका छन् । तर, आयोगले तयार पारेको प्रस्तावमा प्रतिनिधि सभाको चुनावमा एक व्यक्ति एकभन्दा बढी क्षेत्रमा उम्मेदवार बन्न नसक्ने उल्लेख छ । जसअनुसार अव एउटै नेताले दुईवटा निर्वाचन क्षेत्रबार उम्मेद्वारी दिन पाउने छैनन । साथै निर्वाचन आयोगले समानुपातिक निर्वाचन र थ्रेस होल्डका बारेमा पनि नयाँ व्यवस्था गरेको छ । संविधानअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सदस्य रहनेछन् । समानुपातिकको उम्मेदवार सूचीमा पनि निर्वाचन आयोगले समानुपातिक सदस्यको छनौटमा पनि नयाँ प्रस्ताव गरेको छ । आयोगको नयाँ प्रस्ताव अनुसार समानुपातिकको सूचीको प्राथमिकताका आधारमा क्रमशः विजयी उम्मेदवार छनौट गर्नुपर्नेछ । साथै प्रस्तावित कानून अनुसार अब कुनै पनि दलले समानुपातिकमा मात्रै उम्मेदवारी दिन पाउँदैन । समानुपातिकको आधा अर्थात कम्तिमा ५५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिनैपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तयार पारेको मस्यौदामा १.५ प्रतिशत थ्रेस होल्डको प्रस्ताव गरेको छ । साथै निर्वाचन आयोगको प्रस्तावमा भ्रष्टाचारमा दोषी ठहर भएका , मानव बेचबिखन, बलत्कार र लागुऔषध कारोबारमा दोषी ठहर भएकाहरु अब उम्मेद्वार बन्न पाउने छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE