Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

विश्वले चिनेकी कान्छी गौरिका

\"gaurika-singh\"काठमाडौँ, २५ साउन । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको नाम नेपाल र ती खेलाडीको नाम थियो गौरिका सिंह । त्यसरी नाम लिनाको कारण उनले स्वर्ण पदक जितेकाले पक्कै होइन । सय मि ब्याकस्ट्रोकको उक्त स्पर्धामा नेपालकी गौरिकासँगै अन्य ३४ देशका खेलाडीले भाग लिएका थिए, तर त्यहाँ उनी ३१औँ स्थानमा रहन पुगिन । पहिलो चरणबाटै बाहिरिएकी उनीभन्दा तला सामाओ कोसोभो र केन्याका खेलाडी मात्र रहेका थिए । वास्तवमा त्यहाँ गौरिकाको नाम बारम्बार आउनाको कारण यस्तो थियो, उनी प्रतियोगिताकै सबभन्दा कान्छी खेलाडी थिइन । दुई सय छ देशका ११ हजारभन्दा बढी खेलाडी सम्मिलित ‘रियो ओलम्पिक’मा सबभन्दा कम उमेरकी खेलाडी भएपछि उनको चर्चा चुलिएको छ । अहिले उनी विश्व चर्चित सञ्चारमाध्यमको खोजीको विषय हुन पुगेकी छिन् । भर्खर १३ वर्षीया गौरिकालाई गत बिहीबार फ्रान्सेली समाचार संस्था एएफपीले लामो कुराकानी गरेको थियो । सो क्रममा उनले भनिन् – “मैले कुनै दिन ओलम्पिक खेल्दैछु भनेर सोचेकी भने थिइन । मैले धेरै सानो उमेरदेखि पौडी खेल्न सुरु गरेकी थिएँ तर यसले मलाई यहाँसम्म पु¥याउनेछ भनेर विश्वास भने थिएन ।” कान्छी खेलाडी हुनाको राजबारे उनको तर्क यस्तो छ – “मैले यसबारे खासै सोचेकी भने छैन । अरु सबै खेलाडी जस्तै म यहाँ खेल्न आएकी हुँ । त्यसैले अरुभन्दा म धेरै फरक छैन ।” यीबाहेक ‘द गार्डियन’, ‘एपी’,‘‘रोयटर्स’लगायत प्रमुख सञ्चारमाध्यमले समेत उनलाई प्राथमिकतामा राखेर समाचार बनाएका छन् । आइतबार प्रतिस्पर्धाकै क्रममा गौरिकाले आफ्नो ‘स्विमसुट’ च्यातिएका कारण पौडन अप्ठ्यारो परेको बताएकी थिइन । यस कुरालाई ब्राजिलसँगै विश्वभरका सञ्चारमाध्यमले प्राथमिकताका साथ ‘हाइलाइट्स’ गरे । गौरिका दुई वर्षको हुँदादेखि नै आफ्ना बुबासँगै बेलायतको लन्डन बस्न थालेकी हुन । त्यहाँको बर्नेट कप्टहल क्लबबाट खेल्दै आएकी उनी आफ्नो उमेर समूहमा बेलायतका २० पौडीबाजमा पर्छिन । गौरिका चार वर्षदेखि लन्डनमै रहेर ओलम्पिकको तयारीमा व्यस्त थिइन । करिब छ महिनाअघि भारतमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद ९साग०मा एक रजत र तीन कास्य पदक जितेकी उनले नेपाली पौडीमा तीन पल्ट राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । जारी ओलम्पिकबाट बाहिरिए पनि उनल‘हिट वान’ चरणमा पहिलो स्थान हाँसिल गरिन । उक्त एक मि ब्याकस्ट्रोक उनले १ मिनेट ८ दशमलव ४५ सेकेन्डमा पूरा गरेकी थिइन । उनी आफ्नो राष्ट्रिय कीर्तिमान तोड्न १ दशमलव १४ सेकेन्डले चुकेकी थिइन । यो अपेक्षा विपरीत भए पनि नेपाली ओलम्पिकका लागि भने कीर्तिमान नै हो । हालसम्म नेपाली पुरुष पौडीबाजले समेत यो स्पर्धा १ मिनेट १२ सेकेन्डमा मात्र पूरा गर्न सकेका छन् । यता घरेलु देश नेपालमा झन् गौरिकाको चर्चा चुलिएको छ । नेता, अभिनेता, खेलाडी, व्यवसायी लगायत सबै क्षेत्रका मानिसले उनलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । उनीहरुको सार यस्तो छ – “गौरिकाले हारेर पनि जितेकी छिन् ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending