Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

‘चीन–नेपाल–भारत आर्थिक मार्ग : समृद्धिको संवाहक’

\"Nepal_India_China\"काठमाडौँ, २६ साउन । चीन र नेपालका विद्वत् वर्गले चीन–नेपाल–भारत आर्थिक मार्ग दक्षिण एसियाका लागि मात्र नभई समग्र उपमहाद्वीपकै निम्ति समृद्धिको संवाहक हुने धारणा व्यक्त गरेका छन् । नेपाल विश्व सम्बन्ध परिषद् र चीन अध्ययन केन्द्रले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘चीन–नेपाल–भारत आर्थिक मार्ग संम्भावना र दृष्टिकोण’ विषयको कार्यशालाका सहभागीले त्यस्तो धारणा व्यक्त गरेका हुन् । क्षेत्रीय विकास र समृद्धिका लागि चीनले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (वान बेल्ट वान रोड) अवधारणालाई पछ्याउँदै चीन–नेपाल–भारत आर्थिक मार्ग निर्माण गर्न सकिने प्रशस्त संभावना रहेको उल्लेख गर्दै उनीहरूले उक्त विषय त्रिपक्षीय मामिला भएकाले त्यसमा तीनवटै मुलुकको बराबर साझेदारी आवश्यक भएको बताए । पूर्वपरराष्ट्र मन्त्री भेषबहादुर थापाले चीन र भारतजस्ता विशाल छिमेकीका बीचमा रहेको नेपालका निम्ति उक्त मार्ग आर्थिक उन्नयनको मेरुदण्ड हुने बताउँदै भने– ‘आर्थिक मार्ग निर्माणमा त्रिदेशीय सहमति पहिलो आवश्यकता हो ।’ एक्काइसौँ शताब्दीको वर्तमान विश्वलाई एसियाले नेतृत्व गर्ने दिन धेरै टाढा नरहेको विचार व्यक्त गर्दै उनले भने– ‘चीन र भारतले पछिल्लो समयमा हासिल गरेको आर्थिक समृद्धि त्यसकै द्योतक हो ।’ तीनवटै देशबीचका सरकार र जनताबीचको सहकार्य र एकताबाट मात्र चीन–नेपाल–भारत आर्थिक मार्ग संभव हुने बताउँदै उनले त्रिदेशीय समन्वय, सहकार्य र साझेदारीमा त्यो निर्भर हुने अभिमत प्रस्तुत गरे । नेपालका लागि चीनका राजदूत वु छुन्थाइले त्रिदेशीय आर्थिक मार्ग निर्माणमा हिमालय पर्वत शृङ्खला बाधक नहुने चर्चा गर्दै प्राचीन कालमा पनि चीन, नेपाल र भारतबीच व्यापार भएको दृष्टान्त प्रस्तुत गरे । नेपालमा दिगो शान्ति, प्रगति र राजनीतिक स्थायित्व कायम होस् भन्ने चीनको चाहना रहेको र त्यस निम्ति आफ्नो मुलुकले हरसंभव सहयोग उपलब्ध गराइरहेको जानकारी दिँदै उनले भौतिक पूर्वाधार निर्माणका लागि चीनले पुँजी र प्रविधि जुटाउने दृढता व्यक्त गरे । ‘नेपालको विकासका धेरै अन्तर्राष्ट्रिय साझेदार छन्,’ उनले भने– ‘बाह्य जगत्सँगको नेपालको सुमधुर द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्ध कुशल कूटनीतिक कौशलता हो ।’ आर्थिक मार्ग निर्माणमा भारतको कूटनीतिक वृत्तका साथै जनसाधारणमा पनि अभिरुचि रहेको आफ्नो अनुभव सुनाउँदै नेपालका राजनीतिक, व्यापारिक एवम् समाजका सबै तह र तप्काले त्यसमा विमति जनाएको आफूले नपाएको बताए । चिनियाँ राजदूतले विगतका सार्वजनिक कार्यक्रममा भन्दा निक्कै खुलेर आफ्ना अभिव्यक्ति प्रकट गर्दै नयाँदिल्ली र काठमाडौँसँग चीनको सरकारी एवम् जनस्तरको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताए । समसामयिक अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी चिनियाँ विद्वत् वर्गको संस्था ९सिआइसिआइआर० का अध्यक्ष प्रा। जी झेइले आफ्नो मुलुकको ‘एक क्षेत्र एक मार्ग’ अवधारणा छिमेकी राष्ट्रको विकासका रणनीतिसँग सामञ्जस्य कायम गर्नु हो भन्दै त्यसको मूल उद्देश्य क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धि भएको स्पष्ट गरे । उनले भने– ‘वान बेल्ट वान रोड’ हाम्रो राष्ट्रिय रणनीति होइन । चीनको नियत सफा छ, आफूसँगै आफ्ना छिमेकीको पनि दिगो आर्थिक विकास सुनिश्चित होस् भन्ने अभिप्रायले एक क्षेत्र एक मार्गको दृष्टिकोण अघि सारेका हौँ ।’ नेपाल र भारतका जनताले पूर्वाधार विकाससँगै आर्थिक प्रगति चाहेकाले उनीहरूको सपना साकार पार्न आर्थिक मार्ग बरदान साबित हुने विश्वास व्यक्त गर्दै उहाँले तीनवटै देश मिलेर उक्त निर्मा णमा अग्रसर हुनु अपरिहार्य भएको बताए ।’ नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष राजेन्द्रबहादुर श्रेष्ठले आर्थिक, राजनीतिक एवम् सैन्यशक्तिका दृष्टिले विश्वको शक्तिकेन्द्र बनेको चीनको प्रगति नेपाल र भारतका निम्ति प्रेरणा बनेको चर्चा गर्दै विश्वको सातौं अर्थतन्त्रको रुपमा उदीयमान भारतलाई पनि आर्थिक गतिविधि बढाउन उक्त मार्ग अति उपयोगी हुने बताए । चीन अध्ययन केन्द्रका कार्यबाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले त्रिदेशीय आर्थिक मार्ग तीनवटै मुलुकका लागि पारस्परिक लाभको अवधारणा भएकाले त्यसमा सहभागी हुनु समयको माग भएको बताए । कार्यशालामा आमन्त्रण गरिएका नेपालका लागि भारतीय राजदूत काम विशेषले उपस्थित हुन नसकेको जानकारी आयोजकहरूले गराएका भए पनि उहाँका प्रतिनिधिसमेत उपस्थित नभएकामा सिआइसिआइआरका अध्यक्ष प्रा। जीले सहानुभूति प्रकट गरे । कार्यशालामा पूर्वमुख्यसचिव लीलामणि पौड्यालले आर्थिक मार्ग निर्माणका निम्ति विकासका पक्ष, कानुन व्यवसायी युवराज सङ्ग्रौलाले कानुनी दृष्टिकोण, प्रा। मदनकुमार दाहालले आर्थिक पाटो, पूर्वअर्थमन्त्री मधुकर शम्शेर जवराले त्रिपक्षीय सहयोगको संभावना, पूर्व राजदूतद्वय हिरण्यलाल श्रेष्ठ र शम्भुराम सिम्खडाले क्रमशः क्षेत्रीय दृष्टिकोण र एक्काइसौँ शताब्दीमा चीन–नेपाल–भारत सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending