Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

\"prachanda_shirsha\"काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक विकासका लागि आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधिमण्डलसँगको भेटवार्तामा प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास जरुरी भएको बताएका हुन । आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर नै अगाडि बढ्ने उल्लेख गर्दै उनले रोजगारी अभिवृद्धि गर्ने कार्ययोजना ल्याउन उद्योगी तथा व्यबसायीलाई आग्रह गरे । प्रधानमन्त्री दाहालले भने – “लाखौँ युवा वैदेशिक रोजगारीमा गएका छन् । उनीहरुको जीवन कष्टकर अवस्थामा छ । स्वदेशमै रोजगारीको वातावरण नबनाउने हो भने थप जटिलता पैदा हुन्छ । सरकार प्रभावकारी रुपमा कार्ययोजना ल्याउने तयारीमा छ । निजी क्षेत्रको पनि त्यसमा सकारात्मक सहयोग जरुरी छ ।” प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाका अनुसार आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै युवालाई रोजगारी दिने विषयमा नीतिगत निर्णय गरेको जानकारी दिँदै सोहीअनुसार कार्यक्रम ल्याउने र त्यसमा सहयोग गर्न चेम्बरका प्रतिनिधिमण्डललाई आग्रह गरेका थिए । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक विधेयकहरु तत्काल अगाडि बढाउन, आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न आफूहरुले प्रधानमन्त्रीसँग विशेष आग्रह गरेको जानकारी दिए । उनले मुलुकको व्यापार घाटा बर्सेनि बढ्दै गएकाले त्यसलाई कम गर्न निर्यात बढाउन र निर्यातजन्य उद्योगलाई अनुदान उपलब्ध गराउन तथा कर छुट गर्ने वातावरण बनाइदिन विशेष ध्यानाकर्षण गराइएको बताए । चेम्बरले रोजगारी अभिवृद्धिका लागि ठोस खाका र कार्ययोजना ल्याए सरकारलाई पूर्णरुपमा साथ दिन संस्था तयार रहेको बताएको थियो । व्यावसायिक कृषि, निर्यातजन्य उद्योग तथा आर्थिक विकासका लागि नीतिगत प्रस्टता र लगानीमैत्री वातावरण बनाउन चेम्बरले प्रधानमन्त्रीसँग आग्रह गरेको थियो । यस्तै, कालोबजारी ऐन संशोधन गर्न, तातोपानी नाका खुलाउन तथा पूर्वाधार विकासका योजना अघि बढाउन चेम्बरले आग्रह गरेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies