काठमाडौँ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सरकारद्वारा हालै पक्राउ गरिएका उक्त पार्टीका पोलिटब्युरा सदस्यद्वय ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ र पूर्वमन्त्री पदम राईसहितका १७ नेता–कार्यकर्तालाई छुटाउन संघर्षका नयाँ कार्यक्रम घोषणा गरेको छ ।आइतबार घोषित आन्दोलनका कार्यक्रमअनुसार चैत ९ गते कोणसभा र चोकसभा, चैत १० गते माइकिङ र चोकसभा, ११ गते लगानी बोर्डको कार्यालय घेराउ; १२, १३ र १४ गते प्रचारप्रसार, १५ गते जीएमआर कार्यालय घेराउ, १६ गते देशका सबै जिल्ला कार्यालय घेराउ, १७ गते देशव्यापी मशाल जुलुस र १८ गते नेपाल बन्दका कार्यक्रम छन् ।
चैत ९ गते कोणसभा र चोकसभा, चैत १० गते माइकिङ र चोकसभा, ११ गते लगानी बोर्डको कार्यालय घेराउ; १२, १३ र १४ गते प्रचारप्रसार, १५ गते जीएमआर कार्यालय घेराउ, १६ गते देशका सबै जिल्ला कार्यालय घेराउ, १७ गते देशव्यापी मशाल जुलुस र १८ गते नेपाल बन्दशुक्रबार राजधानीमा आयोजित शान्तिपूर्ण विरोधका कार्यक्रममाथि हस्तक्षेप गरी सरकारले आफ्ना दुई पोलिटब्युरो सदस्यसहित १७ कार्यकर्ता गिरफ्तार गरेपछि आक्रोशित माओवादीले आइतबार राजधानीको अनामनगरस्थित सम्बाद डबलीमा पत्रकार सम्मेलन गरेर संघर्षका कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलनमार्फत पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा माओवादी नेता तिलक परियार पनि उपस्थित थिए ।
\'अबका दिनका संघर्षको सिलसिलामा राधेश पन्तको घरमा मात्र होइन, प्रधानमन्त्रीको घरमा समेत कालो झन्डा गाडिने\'पत्रकार सम्मेलनमा संक्षिप्त मन्तव्य राख्दै बास्तोलाले अबको दिनका संघर्षको सिलसिलामा राधेश पन्तको घरमा मात्र होइन, प्रधानमन्त्रीको घरमा समेत कालो झन्डा गाडिने चेतावनी दिए । अपरकर्णाली, माथिल्लो मर्स्याङ्दी र अरुणतेस्रो जलविद्युत् आयोजनामा राष्ट्रघाती सम्झौताहरु गरिएको र ती सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति रहेका भन्दै माओवादीले शुक्रबार नेपाल लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घरमा कालोझन्डा राख्नुका साथै विरोध प्रदर्शन गरेका थिए । सोही कार्यक्रमबाट प्रहरीले पूर्वमन्त्री एवम् पोलिटब्युरो सदस्य पदम राई र अर्का पोलिटब्युरो सदस्य असारे काकालाई गिरफ्तार गरेको थियो । प्रहरीले उनीहरुसहित १७ नेता–कार्यकर्तालाई प्रहरी कार्यालय हनुमानढोकामा राखेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: