Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

सबै दल गाँउ पसे उपनिर्वाचनका लागि

बागलुङ, निर्वाचन क्षेत्र नम्बर १ को संविधानसभा उपनिर्वाचनका लागि जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दलले निर्वाचन विशेष अभियान सञ्चालन गरेका छन् । चैत्र २८ गते हुने उप निर्वाचनलाई लक्षीत गरि उम्मेदवारी दर्ता गराएका राजनितिक दल र स्वतन्त्र उम्मेदवारले नतिजा आफ्नो पोल्टामा पार्न निर्वाचन विशेष अभियान सञ्चालन गरेका हुन् । नेपाली कांग्रेसले कार्यतालिका बनाएर क्षेत्र नम्बर १ का सबै गाविसमा घरदैलो गर्ने तथा पार्टी उप सभापति रामचन्द्र पौडेल, नेता प्रकाशनमान श्रेष्ठ र गगन थापाको उपस्थीतिमा चुनावि सभा गर्ने तयारी गरेको छ । नेकपा एमालेले सबै गाविसमा निर्वाचन परिचालन समिति गठन गरि सकेको छ भने गाँउ गाँउमा घरदैलो तथा भेटघाट अभियानलाई तिव्र बनाएको छ । एमालेले पनि केन्द्रीय नेता उतारेर चुनावि सर्भा गर्ने तयारी गरेको बताइएको छ । एकिकृत नेकपा माओवादी उप निर्वाचनलाई लक्षीत गरि उम्मेदवार सहित गाँउ पसेको छ । उप निर्वाचनको नतिजा आफ्नोे पोल्टामा पर्नेका लागि घरदैलो तथा भेटघाटलाई तिव्र बनाएको एमाओवादीले पार्टी अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई, कृष्णबहादुर महाराको उपस्थीतिमा चुनावि सभा गर्ने तयारी गरेको छ । बागलुङको उप निर्वाचनलाई राष्ट्रिय जनमोर्चाले संगठन विस्तार तथा संघियता विरुद्धको अभियान हुने बताएको छ । उसले जनतामा संघिताको विरुद्धमा जनमत सिर्जना गर्ने गरि घरदैलो तथा चुनावि सभा गर्ने बताएको छ । यस्तै, केन्द्रमा पार्टी एकताको चर्चा चलिरहेको बेला राप्रपा नेपाल र राप्रपाले संयुक्त उम्मेदवार खडा गरि निर्वाचन अभियान सञ्चालन गरेको छ । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको नेत्तृवमा घर दैलो तथा भेटघाट सञ्चालन गरिरहेको दुवै पार्टीका केन्द्रीय अध्यक्षको उपस्थीतिमा चुनावि सभा गर्ने बताएको छ । यसका साथै उप निर्वाचनका लागि उम्मेदावरी दिएका संघिय समाजवादी, नेकपा माले, नेपाल परिवार दल, जनमुक्ति पार्टी, राष्ट्रबादी एकता पार्टीका साथै स्वतन्त्र उम्मेदवारले समेत चुनावी प्रचार प्रसार अभियान सञ्चालन गरिरहेका छन् । उपनिर्वाचनका लागि ११ राजनीतिक दलका १० र ३ स्वतन्त्र गरी १३ जना चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगले निर्वाचनलाई लक्षीत गरी आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताएको छ भने जिल्ला प्रशासन कार्यालयले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा गरेको बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE