Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

सडक नियम मिचेको आरोपमा मनमर्जी कारबाही गर्दै ट्राफिक प्रहरी

\"policeलोकराज जैसी काठमाडौ, ७ भदौं । सडक नियम उल्लंघन गरेको आरोपमा ट्राफिक प्रहरीले मनमर्जी कारबाही गर्ने गरेको सर्वसाधारणहरुले गुनासो गरेका छन् । काठमाडौंको विभिन्न ठाउँबाट कारबाहीका लागि महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाहपथ पठाइएका मानिसहरुले खबर डबलीसँगको भेटमा यस्तो गुनासो सुनाएका हुन् । दैनिक सयौंको सख्यामा सर्वसाधारण नागरिकलाई सडक नियम पालना नगरेको भन्दै कारबाही गरीरहेको ट्राफिक प्रहरीले मनोमानी ढंगले मानीसहरु छानी छानी कार्बाही गरेको पीडितहरुको आरोप रहेको छ । आइतबार करिब एक बजे कमलादी हुदै कमलपोखरी जाने क्रममा पुतलीसडक क्रस गर्दा रामशाहपथको ट्राफिक प्रहरीले आफूलाई रोकेर कार्बाही गरेको तर त्यहि प्रकारको गल्ती अरुले गर्दा कुनै कारबाही नगरिएको गुनासो बर्दियाका दीपक शर्माले पोखे । उनले भने, आफूसँगै बाटो काट्ने रातो स्कुटीमा आएकी एक नवजवान स्त्रीलाई ती ट्राफिक प्रहरीले मिठो मुस्कानका साथ \'ल ल जानुहोस्, पछि भेटौला\' भन्दै विदाइ गरेका थिए । केही समयपछि, निलो कारमा रातोलाइट बाल्दै सडक नियम पालन नगरि गाडि चलाएका सरकारी कर्मचारीलाई तL ट्राफिक प्रहरी कार्बाहीको पर्चा काट्न अघि बढेका थिए, तर बिचैमा खै के कुरा भयो, पुनः  हाँसेर बिदाई गरे । उनले ट्राफिक प्रहरी श्रवण कुमार यादव र भरत बिकले मानीस छानी छानी कारबाही गरेको आफ्नै आँखाले देखेको भएपनि उनीहरुलाई कसैले पनि आजसम्म कार्बाहि नगरेको गुनासो सुनाए। त्यसैगरी रामशाहपथ ट्राफिक महाशाखामा कार्बाहिको लागि पठाइएका सप्तरीका उमेश मिश्रले पनि आफूलाई कार्बाही गर्ने ट्राफिकले पछाडि आएका अरु गाडिलाई सोध पुछ मात्र गरेर पठाएको गुनासो सुनाएँ । उनी पुतलीसडकबाट प्रदर्शनीमार्गतिर जानेबेला सिग्नल नहेरी बढेको भन्दै कारबाहीमा परेका थिए । उनले आफु पछाडी आएका सुटबुटवाला मानीसलाई पुलीसले कार्बाहि नगरेपछि, किन भनि सोध्दा धेरै कुरा नगर, विलबुक र लाइसेन्स दे भनेर झपारेको दुखेसो पोखें । यसरी दिनहुँ सडक नियम पालना नगरेको भन्दै ट्राफिक प्रहरीले पहुच नभएकाहरु माथी कारबाही गरेपनि, मानिस छानेर कार्बाहि गर्ने निती सडक नियमको ठाडो उल्लंघन हो । यो ट्राफिक प्रहरीले सुधार गर्नपर्ने विषय हो, अधिकांश कार्बाहीमा परेका मानिसहरुले बताए । सर्वसाधारणको गुनासो आएपछि खबर डबलीले ट्राफिक महाशाखाका एसपी लोकेन्द्रबहादुर मल्लसँग किन गर्छन ट्राफिक प्रहरी यस्तो भेदभावको कारबाही भनि सोधेको थियो, उनले आफूलाई त्यो जानकारी नभएको बताए । एसपी मल्लले फिल्डमा सबैलाई नियमको पालना गराउन र सडक अनुशासन मिच्नेलाई कार्बाहि गर्न निर्देसन गरेको तर कसैलाई छुट र कसैलाई कार्बाहि गर्न नभनेको बताए । ट्राफिक डिएसपी सविन प्रधानले यसबारे भनें, सडक नियम पालना नगर्ने सबैलाई कारबाही गर्नैपर्छ भन्ने छैन, रेकर्ड नै गरेर समाचार गराए हुन्छ, हामीले जतिलाई सक्यौ कारबाही गरेका छौ । ट्राफिक प्रहरीले उच्च स्तरको पहुचवाला लाई र आफन्तलाई कारबाही गर्दैन भनिन्छ नि भनेर सोध्दा, डिएसपी प्रधानले एउटा प्रहरीले सबैलाई एकै पटक कसरी कार्बाही गर्न सक्छ ? सबैलाई कारबाही हुँदैन । भनेर ठाडो जवाफ फर्काए । विभेदपूर्ण काम गर्ने ट्राफिक प्रहरीलाई कार्बाहीको माग कारबाहीमा परेका अधिकाशं मानिस ट्राफिक प्रहरीले आफ्नो चिनजानका मानीस र ठुलावडाहरुको इसारामा रहेर कार्बाहि गर्ने गरेको आरोप लगाउँछन् । उनीहरुले नियम उल्लंघन गर्दा पक्षपातपूर्ण कार्बाही गर्ने ट्राफिक प्रहरीलाई पनि सडक अनुशासन मिचेको मुद्धामा कार्बाहि हुनुपर्ने बताएका छन् । यसबारे डिएसपी प्रधानले मानीस छानेर कार्बाही कसैले नगरेको तर कुनै प्रहरीले गल्ती नै गरेको भए निवेदन दिनुस्, हामी छानविन गरेर कार्वाही गछौ भने । त्यस्तो पक्षपाती कार्बाही गर्ने प्रहरीलाई कहिले सम्म,कुन प्रकारको कारबाही हुन्छ भन्ने बारेमा उनले बताउँन चाहेनन् । प्रहरीले आफ्नो काम कार्बाहीमा जनताको साथ सहयोग जुटाउन आवश्यक हुन्छ । यसरी अन्यायपूर्ण कार्बाही गर्ने प्रहरीलाई दण्डीत नगर्ने र विभेदपूर्ण कार्बाहीको क्रम पनि नरोकिने हो भने, प्रहरीप्रति जनताको विश्वास कम हुँदैजाने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies