Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

दुर्घटना बढेपछि सुरक्षा र चेकजाँचमा कडाइ

\"traffic_signals1\"चितवन, १२ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना बढ्दै गएपछि चेकजाँचमा कडाइ थालिएको छ भने संवेदनशील क्षेत्रमा ट्राफिक चिह्न र सुरक्षाबार राखिने भएको छ । शुक्रबार बिहान बस र शनिबार बिहान ट्रक त्रिशूली नदीमा खसेपछि सुरक्षा निकाय र सडक डिभिजनको समन्वयमा सो सडक क्षेत्रमा आजैबाट ट्राफिक चिह्न र सुरक्षाबार निर्माण गर्ने कार्य थालिने भएको हो । चितवनको मौवाखोलादेखि आँपटारीसम्मको सडक क्षेत्रमा यो कार्य गरिने छ । सो सडकखण्डको मध्ये क्षेत्र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायसहितको टोलीले शनिबार निरीक्षण गरी तत्काल काममा सहयोग पु¥याउन मातहतका प्रहरीलाई निर्देशन दिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार सो सडकको संवेदनशील क्षेत्रहरूमा सवारी साधन ठोक्किँदासमेत तल नखस्ने गरी प्यारामिटर र ग्याभिन बार लगाइने भएको छ । सडकको अवस्थाका बारेमा चालकलाई जानकारी होस् भन्नका लागि अधिकतम ठाउँमा ट्राफिक सङ्केत चिह्न राखिने कुँवरले बताए । मुग्लिनबाट मौवाखोलासम्म भने डिभिजन सडक कार्यालय भरतपुरले यो काम गर्ने छ । शुक्रबार बस दुर्घटना भएको स्थान अत्यन्त संवेदनशील भएकाले उक्त स्थानमा आजै साँझसम्म ग्याभिन निर्माण सम्पन्न गर्न निर्देशन दिइएको कुँवरले बताए । सो स्थानबाट बस त्रिशूलीमा खस्दा २२ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते छन् । अर्कोतर्फ प्रहरीले सवारी साधनमाथिको चेकजाँचलाई समेत कडाइ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालका अनुसार, नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै जाने सवारी साधनलाई जुगेडीमा चेकजाँच थालिएको छ । काठमाडौँबाट पोखरातर्फ जाने आउने सवारी साधनलाई मुग्लिन, पूर्वबाट आउने सवारी साधनलाई भण्डारा र पूर्व जाने सवारी साधनलाई गोन्द्राङमा कडाइका साथ चेकजाँच थालिएको भेटवालले बताए । चितवन हुँदै दैनिक छदेखि सात हजार सवारी साधन ओहोरदोहोर गर्ने ट्राफिक प्रहरीको तथ्याङ्क छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies