Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

पूर्वराजाको शालिक पुर्नस्थापना गर्न खाेजिएपछि विद्यार्थी नेताहरु के भन्छन् ?

\"student_cover\"शालिक राखेर राजतन्त्र ल्याउँछु भन्नु नदीलाई उल्टो दिशामा बगाउनु जस्तै हो : अखिल क्रान्तिकारी अध्यक्ष, नरेन्द्र न्यौपाने बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोकमा विहीबार निश्चित झुण्डले पूर्वराजाको शालिक राख्ने हर्कतबिरुद्ध हाम्रो संगठनको गम्भीर आपति रहेको छ । हाम्रो संगठनको केन्द्रीय योजनाअनुसार २०६३ साल जेष्ठ १ गते विद्यार्थी दिवसको दिन हामीले नै धम्बोजी चोकमा राखिएको पूर्वराजा वीरेन्द्र शालिक हटाएका थियौं । जनताले लडेर ल्याएको गणतन्त्रलाई केही मानिसहरुको समूहले चुनौती दिने दुष्प्रयास गरेका छन्, यो अत्यन्त गलत र जनभावना, मुलुकको संविधानको अपमान हो । हामीले परिर्वतनशील जनताको भावना र मागको सम्मान गर्दै त्यहाँबाट शालिक हटाउने काम गरेका थियौं । शालिक हटाएपछि त्यसलाई प्रशासनले समेत जनताको परिर्वतनको चाहनाको सम्मान गर्दै हाम्रो कामलाई स्वीकार गरेको थियो । तर मुलुकमा संघीय गणतन्त्रको उदयसँगै राजतन्त्रको अन्त्य र धर्म निरपेक्ष राष्ट्रको नाराले बैधता पाएको अवस्थामासमेत यस्तो हर्कत गरिनु कानुनको अपमान हो । गणतन्त्र प्राप्तिका आन्दोलनमा सहिद भएकाहरुको नाममा त्यो चोकको नामाकरण गर्नुपर्नेमा जनताले हटाएको राजाको शालिक राखेर राजतन्त्र ल्याउन खोज्नु नदीलाई उल्टो दिशामा बगाउनु जस्तै हो । यसरी शालिक राज्दा गणतन्त्रको लागि ज्यान आहुति दिने सहिदहरुको ठाडो अपमान हो । हाम्रो संगठनले यो घटनालाई गणतन्त्र ब्यूँताउने उनीहरुको कोशिस हो भन्ने ढंगले बझेका छौ । कुवामा पसेका राजावादीहरु सल्बलाउन खोजिरहेका छन् । त्यसकाविरुद्ध हाम्रो संगठन र पार्टी संघर्ष गर्न तयार छ । मुलुक परिवर्तनको दिशामा धेरै अगाडि बढेको अवस्थामा त्यसलाई रोक्न खोज्नु हत्केलाले सूर्यलाई छेके जस्तै हो । तिनीहरुको सपना यसरी पूरा हुदैन । शालिक राख्दैमा राजतन्त्र पुनर्वहाली हुँदैन : नेविसंघ महामन्त्री, कुन्दनराज काफ्ले पूर्वराजाको शालिक राख्ने र हटाउने कुराले राष्ट्रिय राजनीतिमा कुनै प्रभाव पार्दैन । शालिक राख्ने वा हटाउने कुनमा हाम्रो संगठनको समर्थन वा विरोध हुँदैन । हिजो मुलुकमा राजतन्त्रात्मक व्यवस्था थियो त्यतिबेला बनाइएका राजाका प्रतिकहरु गणतन्त्रको स्थापनासँगै भत्काउने काम भए । नेपालगंजमा पनि त्यहि क्रममा भत्काइएको बीरेन्द्रको शालिकलाई केही युवाहरुले पुनःस्थापना गर्ने काम गरेको अवस्थामा झडप समेत भएको रहेछ । मुलुकमा राजतन्त्रको अत्य र गणतन्त्रको स्थापना विधिवतरुपमा भइसकेको छ । तसर्थ शालिक राख्दैमा राजतन्त्र पुनःवहाली भइ हाल्छ भन्ने हामीलाई लाग्दैन । विभिन्न ठाउँमा राखिएका राजाका शालिकहरु अव इतिहासका रुपमा रहेका छन् । त्यसमा राजनीति गर्नु हुँदैन भन्ने हाम्रो धारणा हो । बाह्य शक्ति केन्द्रको हात : अनेरास्ववियू, अध्यक्ष नविना लामा राजतन्त्रको अन्त्य भएको अवस्थामा राजतन्त्र पक्षधरहरुले राजसंस्थाको पुर्नवहालीको अभियान चलाएको संकेत नेपालगंजको घटनाले हामीलाई महशुस गराएको छ । उनीहरुले संविधानबाटै हटिसकेको राजतन्त्रलाई जोगाउनका लागि धम्बोजी चोकमा वीरेन्द्रको शालिक राखेका हुन् भन्ने हाम्रो ठम्याई छ । जनताले हटाइसकेको राजाको शालिक पुनः स्थापित गरेर राजनीतिक अस्थिरताको अवस्था सिर्जना गर्नु गलत हो । यसमा बाह्य शक्ति केन्द्रको हात रहेको हुन सक्छ । राज्यले यस घटनालाई गम्भीरतापूर्वक लिनु पर्दछ । जनताको शासन चलेकाबेला यस्तो हर्कत गरिनु राज्य र कानुनलाई नै चुनौती दिने काम हो । जनआन्दोलन र महान जनयुद्धको अपमान हो : अखिल क्रान्तिकारी अध्यक्ष, विप्लव पूर्ण सिंह नेपालको राजनीतिक रंगमञ्चमा खास गरी यतिबेला तीन खालका राजनीतिक धारहरु देखिएका छन् । प्रगतिशील र क्रन्तिकारी धार जसले संसदीय व्यवस्थाको अन्त्य गरेर जनताको शासन व्यवस्थाका लागि क्रान्तिको आवश्यकता रहेको भन्दै परिवर्तनको यात्रामा लागेको छ । अर्को संसदवादी धार जसले मुलुकमा क्रान्ति पुरा भएको भन्दै सत्ताको वरिपरि घुम्ने काम गरिरहेको छ भने प्रतिगामी धारले आर्यघाटमा पुगिसकेको राजतन्त्रलाई पुनः व्यूताउन कोशिस गरिराखेको छ । नेपालगञ्जको धम्बोजी चोकबाट परिवर्तनगामी जनशक्तिले हटाएको राजाको शालिक पुनः राखिनु जनआन्दोलन र महान जनयुद्धको अपमान हो । जनमतको अपमान पनि हो । यतिबेला राज्यले जनदेशको पक्षमा काम गर्नुपर्दछ, नभए जनताले फेरि अर्को क्रान्तिको आह्वान गर्छन, यो निश्चित हो । सिङ्गापुर,थाइल्यान्डमा लामो समयसम्म छलफल गरेर राजावादीहरुले नेपालगञ्जमा शालिक राख्ने योजना बनाएको हामीले बुझेका छौं । हामी जनताभावनाको पक्ष काम गर्ने क्रान्तिकारी शक्तिहरु प्रगतिका बाधक तत्वको दिवास्वप्ना पुरा हुन दिने छैनौं । यस्तो कार्यको हाम्रो संगठन विरोध गर्दछ । क्रान्तिकारी शक्तिले एक भएर संघर्ष गर्नुपर्ने आवश्यकता छ : वैद्य माओवादीसम्बद्ध अखिल क्रन्तिकारी, संयोजक सेमन्तमणि भण्डारी कसैले कुनै ठाउँमा झण्डा राख्नु वा शालिक राख्नु व्यक्तिको स्वतन्त्रताको कुरा भए पनि जनताको परिर्वतनको एजेन्डालाई कुल्चिन मिल्दैन । केही राजतन्त्रका पक्षधरहरुले हिजो नेपालगंजमा जसरी राजाको शालिक पहिले हटाएको ठाउँमा पुर्नस्थापना गर्ने काम गरेका छन्, त्यसले राज्य र परिवर्तनगामी क्रान्तिकारी शक्तिलाई एक भएर संघर्ष गर्न संकेत गरिराखेको मैले महशुस गरेको छु । हाम्रो संगठन त्यो घटनाप्रति गम्भीर आपत्ति प्रकट गर्न चाहन्छ । परिवर्तनमुखी जनता र हजारौ सहिदको बलिदानीको अवमूल्यन गर्नु अत्यन्त गलत कार्य हो । यसले समग्र परिवर्तगामी युवाको सोचमाथि नै प्रहार गरेको मैले महशुस गरेको छु । यो घटनाले हाम्रो मुलुकमा अन्तराष्ट्रिय शक्तिले कसरी खेल्दैछ भन्ने कुरा देखाएको छ । यो घटनामा केहि राजावादी युवामात्र छैनन्, विदेशी प्रतिक्रियावादी समूहको डिजाइन र भूमिका मुख्यरुपमा रहेको देखिन्छ । यसलाई राज्यले गम्भीरतापूवका लिन पर्ने हुन्छ । राज्यले दमन र झडप गर्ने भन्दा पनि जनतालाई विश्वासमा लिएर परिवर्तनका एजेन्डालाई स्थापित गराउनु पर्छ भन्ने लाग्छ । जनभावना विपरीत कार्य गरिनु गलत हो :नयाँ शक्ति विद्यार्थी युनियन संयोजक, रमेश महतो देश संघीय गणतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा राजाको शालिक राखेर राजनीतिलाई प्रदुषित गराउनु हँदैन । मुलुक संविधान त धर्मनिरपेक्ष र संघीय गणतन्त्रमा गइसकेको छ । यतिबेला सबैले संविधानको कार्यान्वयनमा लाग्नुपर्नेमा संविधान र जनभावना विपरीत कार्य गरिनु गलत हो । हुन त राजाको शालिक कुनै चोकमा राख्दैमा राजसंस्था पुनःस्थापित हुुन्छ भन्ने मलाई विश्वास छैन । त्यस्तो हुन पनि सक्दैन । तर त्यो कार्यमा संलग्नहरु कताबाट कसरी परिचालित भएका छन् भन्ने कुरा राज्यले खोजी गर्नुपर्दछ । (प्रस्तुतिः लोकराज जैसी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies