Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

हेटौँडा– काठमाडौँ छोटो दूरीको सडक बिस्तारमा तीव्रता

\"distrubed_road\"हेटौँडा, १७ भदौ । हेटौँडा– काठमाडौँ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग बिस्तार कार्यले फेरी तीव्रता पाएको छ । नाकाबन्दीपछि सुस्त बनेको ९० किलोमिटर लामो सडकचौँडा बढाउने कार्यलाई कान्तिलोकपथ सडक आयोजनाले फेरी तीव्रता दिएको हो । सडक आयोजना प्रमुख दीपक केसीकाअनुसार तराई आन्दोलन र नाकाबन्दीले गर्दा इन्धनको चरम अभावले काम ठप्पै बनाएकामा केही हप्तायता ठेकेदारले कामलाई तीव्रता दिएको जानकारी दिए । आयोजनाले चालु आर्थिक वर्षभित्र सडकलाई चौडा गरिसक्ने र आउने आर्थिक वर्षदेखि कालोपत्रे गर्ने लक्ष्य छ । आयोजनाले ठेकेदार कम्पनीलाई सडक चौडा गर्न पुस मसान्तसम्मको समय दिएपनि इन्धन अभावले निर्धारित समयमा काम हुन नसक्ने देखिएकाले असार मसान्तसम्मको लागि म्याद थप भएको थियो । तर असारसम्म चौडागर्ने काम नसकिएपछि फेरि म्याद थप गरेर काम सकाउने योजना अघि सारिएको हो । सडक चौडा गर्ने काममा अझै एकवर्ष लाग्नसक्ने देखिएको छ । हेटाँडा र काठमाडौँबाट साना तथा ठूला सवारीका साधन सजिलैसँग ओहोरदोहोर गर्नका लागि यो मार्गले निकै सहयोग पुग्ने स्थानीयवासी बताउँछन् । हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटो र चापागाउँ दोबाटो सम्म ९० किलोमिटर लम्बाइ रहेको सडकको चौडाइ तीनदेखि पाँच मिटर रहेकाले त्यसलाई ८।३० मिटर चौडा गर्न लागिएको आयोजनाका प्रमुख केसीले बताए । विभिन्न खण्ड गरी सडक चौडाका लागि हेटौँडाको बुद्धचोकदेखि ललितपुरको टिकाभैरव पुलसम्म ७९ किलोमिटर कन्टेक प्रालि, एससिसि मोतिदान जेबी, महालक्ष्मी सिं एण्ड ब्रदर्स जेबी, कञ्चनजङ्गा गोल्डेन ग्रुप र हनुमान कन्स्ट्रक्सनले ठेक्का पाएको छ । हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटो चाँपागाउँ दोबाटोसम्म ९० किमीमध्ये हेटौँडादेखि टिकाभैरवको पुलसम्म ७९ किमी सडक योजनाले हेर्ने र बाँकी टिकाभैरवको पुलदेखि सातदोबाटो चाँपागाउँ दोबाटोसम्म ११ किमी भने ललितपुर सडक डिभिजन कार्यालयले हेर्ने आयोजना प्रमुख केसीले बताए । सडक डिभिजन कार्यालयले हेटौँडाको बुद्धचोकदेखि चुच्चे खोला, चुच्चे खोलादेखि जितपुर र टिकाभैरवदेखि तिनपानेसम्मको सडक खण्डको कालोपत्रे स्तरोन्नतिका लागि यसअघि नै बोलपत्र आह्वानसमेत गरिसकेको छ । जग्गा अधिग्रहण गर्न र अधिकांश स्थानमा सडक छेउमा घर टहरा बनिसकेको तथा अतिक्रमित संरचना हटाउनुपर्ने चुनौती आयोजनालाई छ । यस सडकलाई दक्षिणकाली–सिस्नेरी सडकखण्ड, त्रिभुवन लोकपथको विकल्पको रुपमा हेरिएको छ । गत वर्षको विनाशकारी भूकम्पका कारण आएको पहिरोले अन्य लोकमार्गलाई अवरोध गरेपछि यस मार्गलाई वैकल्पिक मार्गको रुपमा स्थापित गराउन राज्यले चासो बढेको हो । प्रत्येक आर्थिक वर्षमा रु पाँच÷पाँच करोड विनियोजन भएकामा चालु आर्थिक वर्षका लागि रु ३९ करोड विनियोजन भएको छ । यसअघि सो योजनामा झन्डै ४७ करोड खर्च भइसकेको छ । विंसं।२०१३मा राजा महेन्द्रले शिलान्यास गरेपछि यो ‘राजपथ’ निर्माण सुरू गरिएको थियो । काठमाडौँ– हेटैँडा वैकल्पिक सडकको योजनाका रूपमा २०६५ सालमा सरकारले तत्कालीन कान्ति राजपथलाई ‘लोकमार्ग’ नाम दिइ छुट्टै योजनाका रूपमा कामअघि बढाएको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending