Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

हजार रुपैयाँ तिरेर पशुपतिमा दर्शन गर्न नपाइने

\"pashupatinath-temple\"काठमाडौं, १७ भदौ । पशुपतिमा विशेष अवसरहरुमा एक हजार रुपैयाँ तिरेर लाइन नलगी सिधै मन्दिर दर्शन गर्न पाइने ब्यवस्था हटाइएको छ । पशुपति क्षेत्र विकास कोषले यसवर्ष हरितालिका पर्वमा पशुपतिनाथको मन्दिरमा सःशुल्क दर्शनको व्यवस्था हटाएको हो । मन्दिरमा आएर छोटो समयमा दर्शन गर्न चाहने भक्तजनको सहजताका लागि एक हजार रुपैयाँको टिकटको व्यवस्था कोषले गर्दै आएको थियो । एक हजार रुपैयाँ तिरेर सिधै पूजा गर्न जान्छु भन्ने पनि नपाउने भएको छ । कोषले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । कोषका सदस्यसचिव गोविन्द टण्डनले मन्दिरमा आउने दर्शनार्थीको सहजतालाई व्यवस्थित बनाउन नेपाल प्रहरीको संयोजकत्वमा ‘एकीकृत सुरक्षा व्यवस्था’ लागू गरिएको जानकारी दिए । विशिष्ट व्यक्ति, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई भने लाइन लाग्नु नपर्ने व्यवस्था गरिएको कोषका सदस्य सचिव टण्डनले बताए । प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले करिब तीन हजार सुरक्षाकर्मीलाई मन्दिर तथा आसपास क्षेत्रमा खटाइने र दर्शनार्थीलाई मन्दिर दर्शनका लागि आवश्यक सहयोग उपलब्ध गराउने जानकारी दिए । यस बर्षको तीजलाई ब्यवस्थित र मर्यादित बनाउन कोषले करिब १६ लाख रुपैयाँ विनियोजन गरेको छ भने पशुपति क्षेत्रमा ४५ वटा सिसीक्यामेराको व्यवस्था गरेको छ । मन्दिर क्षेत्रमा त्यस दिन कुनै पनि सामाजिक सङ्घसंस्थालाई स्वयम्सेवकका रुपमा गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending