Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

कुन नेताको रुचि के ? 'हिरो' बन्न चाहन्थे प्रम कोइराला !

हरेक मानिसका विभिन्न ‘शोख’ र ‘विषेशता’ रहेका हुन्छन् । उसका यिनै विषेशताका कारण नै समाजमा कोही भिन्न रुपमा परिचित हुन्छ । मानिसका व्यवहार, शैली, रुचि भिन्न परिवेशमा भिन्न रुपमा प्रकट हुन्छन् । उसका रुचि, व्यवहार, जीवनशैली र व्यक्तित्व विकासलाई सामाजिक, राजनीतिक, सांस्कृतिक तथा उमेरले प्रभाव पारिरहेको हुन्छ । शोख भन्ने कुरा पनि बडो विचित्रको हुन्छ । कसैको खेलकूद, कसैको घुमफिर, कसैको नृत्य, कसैको अध्ययन, कसैको राजनीति गर्ने त कसैको अन्वेषण गर्ने शोख हुन्छ । तर, सबैको शोख वा रुचि ऊ स्वयम्ले सोचेअनुरुप नहुन पनि सक्छ । कुनै पनि विषयमा रुचि राख्नु मानवीय गुण हो । तर, यही गुणलाई कसैले पछिसम्म पछ्याउन सक्छन् त कसैले बीचैमा रोक्नुपर्ने बाध्यता हुन्छ । कसैको शोख समाजमा प्रेरणाको स्रोत बन्छ त कसैको खिसीट्युरीको माध्यम पनि बन्दछ । \"neta_bennar\" यसै सन्दर्भमा केही चर्चित नेताका शोखका विषयमा खबरडबलीले विभिन्न कोणबाट सामग्री प्रस्तुत गर्ने जमर्काे गरेको छ । \"sushil_300\"सुशील कोइराला : प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला राजनीतिमा आउनुभन्दा अघि उनी हलिउडका ‘हिरो’ बन्न चाहन्थे । सानोमा कोइरालाले रङ्गमञ्चमा अभिनय गर्न तथा फोटोग्राफर बन्न चाहेको कुरा तपाईंलाई विश्वास नलाग्न सक्छ । मनमतिष्कमा ‘हिरो’ बन्ने सपना बोकेर अमेरिका जान लाग्दा राजा महेन्द्रले ०१७ सालमा राजनीतिक ‘कु’ गरेपछि उनको सपना चकनाचूर भयो । बनारसमा रहँदा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका कोइरालाले हलिउडको ‘हिरो’ बन्ने सपना साँचेका थिए । आजभोलिको बुढ्यौलीपन र राष्ट्रकै प्रमुख कार्यकारी नेतृत्वमा रहँदाको व्यस्तता एवम् तनावपूर्ण समयमा पनि प्रधानमन्त्री कोइराला राति अबेरसम्म बच्चन पुस्ताका हिन्दी फिल्महरु नियमित हेर्ने गर्दछन् ।   \"prachanda_300\"प्रचण्ड : अध्यक्ष, एकीकृत नेकपा (माओवादी) एमाओवादीका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ को लगाउने कुरामा विशेष रुचि छ । खानामा खासै ख्याल नगर्ने प्रचण्डको अर्को रुचि भनेको अत्याधिक संवाद हो । उनी मानिसहरुसँगको संवादमा विशेष रुचि राख्छन् । चौबीसै घन्टा भए पनि पार्टी तथा बाहिरका मानिसहरुसँग निरन्तर छलफलमा रहन सक्नु उनको खुबी हो । उनको चिटिक्क परेर हिँड्ने र अन्तरसंवाद गरिरहने रुचिको आलोचना र प्रशंसा दुबै हुनेगरेको छ ।     \"baburam_300\"बाबुराम भट्टराई : वरिष्ठ नेता, एमाओवादी एमाओवादी नेता बाबुराम भट्टराई कुनै न कुनै रुपमा आफूलाई मिडियासँग जोडेर चर्चामा आइरहने स्वभावका नेता मानिन्छन् । अन्तरमुखी स्वभावका नेता भट्टराई युवाकालमा वैज्ञानिक बन्न चाहन्थे । विद्यार्थीकालमै राजनीतिमा सक्रिय भट्टराई वि.सं. २०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भए । द्वन्द्वकालमा विचारोत्तेजक लेख लेखेर होस् या पार्टीभित्र समानान्तर कमिटी बनाएर भए पनि उनी सधैं चर्चामा आइरहे । उनको खास रुचि अध्ययन गर्नु हो । उनी अध्ययनमा लागेपछि अरु कुराको खासै ख्याल गर्दैनन् ।   \"kp_oli_300\"खड्गप्रसाद ओली : अध्यक्ष, एमाले एमाले अध्यक्ष केपी ओली विभिन्न उखानटुक्का जोडेर अरुमाथि व्यङ्ग्यबाण हान्न माहिर मानिन्छन् । हुन त ‘तित्राको मुखै बरी’ भनेजस्तै उनको बोलीले उनी स्वयम्लाई नै बेलाबेला र पटकपटक अप्ठ्यारो पारिरहेको छ । विभिन्न उखानटुक्कामा विपक्षीलाई घोचपेच गर्नु तथा कार्यकर्तालाई हँसाउनु उनको शोखको विषय हो । उनी टुक्काकै कारण मिडियामा छाइरहेका छन् । उनको रुचि उखानटुक्का सिर्जना या प्रस्तुत गर्नु नै देखिन्छ ।     \"jhalanath_300\"झलनाथ खनाल : वरिष्ठ नेता, एमाले नेकपा एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ‘गेटअप चेन्ज’ मा निकै शोखिन छन् । घरमा बस्दा होस् या बाहिर निस्कँदा सदाबहार सफाचट् भएर हिँड्छन् उनी । उनी पार्टीकै कार्यक्रममा समेत कार्यकर्तासँग बस्न नरुचाउने नेताका रुपमा परिचित छन् । उनको रुचि राम्रो लगाउनुमा छ ।       \"madhav_300\"माधवकुमार नेपाल : नेता, एमाले माधवकुमार नेपाल एमालेका तत्कालीन महासचिव तथा पूर्वप्रधानमन्त्री हुन् । उनी फोटोग्राफीमा अत्याधिक रुचि राख्छन् । यसै कारणले मिडियामा चर्चित छन् । फोटो खिँच्नु, खिँचाउनु उनको रुचिको विषय हो । विदेशी पाहुना, मिडियाकर्मी, सहपाठीसँग बसेर फोटो खिँच्न उनी अति रुचि राख्छन् । पहिलो संविधानसभाको निर्वाचनका बेला मतपेटिकामा मत खसाल्ने समयमा दिएको फोटोसेसन तथा प्रधानमन्त्री भएका बेला विदेशी महिलासँग बसेर लिएको तस्बिर चर्चित छन् । फोटोसेसन गर्दा निकै समय लिएर आफ्नो ‘पोज’ दिनु उनको विशेषता हो ।   \"sher_bahadur_300\"शेरबहादुर देउवा : वरिष्ठ नेता, कांग्रेस नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सधैं सफासुग्घर कपडामा सजिएर हिँड्न रुचाउने नेतामा परिचत छन् । उनी सकभर मिडियासँग ‘फेस’ गर्न रुचाउँदैनन् । देउवा बिलासितामा रमाउने नेताका रुपमा पनि परिचित छन् । उनको लगाउनु र मन पर्ने चिज खानुमा शोख छ । उनी हम्मेसी बाहिर खाँदैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE