Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कुन नेताको रुचि के ? 'हिरो' बन्न चाहन्थे प्रम कोइराला !

हरेक मानिसका विभिन्न ‘शोख’ र ‘विषेशता’ रहेका हुन्छन् । उसका यिनै विषेशताका कारण नै समाजमा कोही भिन्न रुपमा परिचित हुन्छ । मानिसका व्यवहार, शैली, रुचि भिन्न परिवेशमा भिन्न रुपमा प्रकट हुन्छन् । उसका रुचि, व्यवहार, जीवनशैली र व्यक्तित्व विकासलाई सामाजिक, राजनीतिक, सांस्कृतिक तथा उमेरले प्रभाव पारिरहेको हुन्छ । शोख भन्ने कुरा पनि बडो विचित्रको हुन्छ । कसैको खेलकूद, कसैको घुमफिर, कसैको नृत्य, कसैको अध्ययन, कसैको राजनीति गर्ने त कसैको अन्वेषण गर्ने शोख हुन्छ । तर, सबैको शोख वा रुचि ऊ स्वयम्ले सोचेअनुरुप नहुन पनि सक्छ । कुनै पनि विषयमा रुचि राख्नु मानवीय गुण हो । तर, यही गुणलाई कसैले पछिसम्म पछ्याउन सक्छन् त कसैले बीचैमा रोक्नुपर्ने बाध्यता हुन्छ । कसैको शोख समाजमा प्रेरणाको स्रोत बन्छ त कसैको खिसीट्युरीको माध्यम पनि बन्दछ । \"neta_bennar\" यसै सन्दर्भमा केही चर्चित नेताका शोखका विषयमा खबरडबलीले विभिन्न कोणबाट सामग्री प्रस्तुत गर्ने जमर्काे गरेको छ । \"sushil_300\"सुशील कोइराला : प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला राजनीतिमा आउनुभन्दा अघि उनी हलिउडका ‘हिरो’ बन्न चाहन्थे । सानोमा कोइरालाले रङ्गमञ्चमा अभिनय गर्न तथा फोटोग्राफर बन्न चाहेको कुरा तपाईंलाई विश्वास नलाग्न सक्छ । मनमतिष्कमा ‘हिरो’ बन्ने सपना बोकेर अमेरिका जान लाग्दा राजा महेन्द्रले ०१७ सालमा राजनीतिक ‘कु’ गरेपछि उनको सपना चकनाचूर भयो । बनारसमा रहँदा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका कोइरालाले हलिउडको ‘हिरो’ बन्ने सपना साँचेका थिए । आजभोलिको बुढ्यौलीपन र राष्ट्रकै प्रमुख कार्यकारी नेतृत्वमा रहँदाको व्यस्तता एवम् तनावपूर्ण समयमा पनि प्रधानमन्त्री कोइराला राति अबेरसम्म बच्चन पुस्ताका हिन्दी फिल्महरु नियमित हेर्ने गर्दछन् ।   \"prachanda_300\"प्रचण्ड : अध्यक्ष, एकीकृत नेकपा (माओवादी) एमाओवादीका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ को लगाउने कुरामा विशेष रुचि छ । खानामा खासै ख्याल नगर्ने प्रचण्डको अर्को रुचि भनेको अत्याधिक संवाद हो । उनी मानिसहरुसँगको संवादमा विशेष रुचि राख्छन् । चौबीसै घन्टा भए पनि पार्टी तथा बाहिरका मानिसहरुसँग निरन्तर छलफलमा रहन सक्नु उनको खुबी हो । उनको चिटिक्क परेर हिँड्ने र अन्तरसंवाद गरिरहने रुचिको आलोचना र प्रशंसा दुबै हुनेगरेको छ ।     \"baburam_300\"बाबुराम भट्टराई : वरिष्ठ नेता, एमाओवादी एमाओवादी नेता बाबुराम भट्टराई कुनै न कुनै रुपमा आफूलाई मिडियासँग जोडेर चर्चामा आइरहने स्वभावका नेता मानिन्छन् । अन्तरमुखी स्वभावका नेता भट्टराई युवाकालमा वैज्ञानिक बन्न चाहन्थे । विद्यार्थीकालमै राजनीतिमा सक्रिय भट्टराई वि.सं. २०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भए । द्वन्द्वकालमा विचारोत्तेजक लेख लेखेर होस् या पार्टीभित्र समानान्तर कमिटी बनाएर भए पनि उनी सधैं चर्चामा आइरहे । उनको खास रुचि अध्ययन गर्नु हो । उनी अध्ययनमा लागेपछि अरु कुराको खासै ख्याल गर्दैनन् ।   \"kp_oli_300\"खड्गप्रसाद ओली : अध्यक्ष, एमाले एमाले अध्यक्ष केपी ओली विभिन्न उखानटुक्का जोडेर अरुमाथि व्यङ्ग्यबाण हान्न माहिर मानिन्छन् । हुन त ‘तित्राको मुखै बरी’ भनेजस्तै उनको बोलीले उनी स्वयम्लाई नै बेलाबेला र पटकपटक अप्ठ्यारो पारिरहेको छ । विभिन्न उखानटुक्कामा विपक्षीलाई घोचपेच गर्नु तथा कार्यकर्तालाई हँसाउनु उनको शोखको विषय हो । उनी टुक्काकै कारण मिडियामा छाइरहेका छन् । उनको रुचि उखानटुक्का सिर्जना या प्रस्तुत गर्नु नै देखिन्छ ।     \"jhalanath_300\"झलनाथ खनाल : वरिष्ठ नेता, एमाले नेकपा एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ‘गेटअप चेन्ज’ मा निकै शोखिन छन् । घरमा बस्दा होस् या बाहिर निस्कँदा सदाबहार सफाचट् भएर हिँड्छन् उनी । उनी पार्टीकै कार्यक्रममा समेत कार्यकर्तासँग बस्न नरुचाउने नेताका रुपमा परिचित छन् । उनको रुचि राम्रो लगाउनुमा छ ।       \"madhav_300\"माधवकुमार नेपाल : नेता, एमाले माधवकुमार नेपाल एमालेका तत्कालीन महासचिव तथा पूर्वप्रधानमन्त्री हुन् । उनी फोटोग्राफीमा अत्याधिक रुचि राख्छन् । यसै कारणले मिडियामा चर्चित छन् । फोटो खिँच्नु, खिँचाउनु उनको रुचिको विषय हो । विदेशी पाहुना, मिडियाकर्मी, सहपाठीसँग बसेर फोटो खिँच्न उनी अति रुचि राख्छन् । पहिलो संविधानसभाको निर्वाचनका बेला मतपेटिकामा मत खसाल्ने समयमा दिएको फोटोसेसन तथा प्रधानमन्त्री भएका बेला विदेशी महिलासँग बसेर लिएको तस्बिर चर्चित छन् । फोटोसेसन गर्दा निकै समय लिएर आफ्नो ‘पोज’ दिनु उनको विशेषता हो ।   \"sher_bahadur_300\"शेरबहादुर देउवा : वरिष्ठ नेता, कांग्रेस नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सधैं सफासुग्घर कपडामा सजिएर हिँड्न रुचाउने नेतामा परिचत छन् । उनी सकभर मिडियासँग ‘फेस’ गर्न रुचाउँदैनन् । देउवा बिलासितामा रमाउने नेताका रुपमा पनि परिचित छन् । उनको लगाउनु र मन पर्ने चिज खानुमा शोख छ । उनी हम्मेसी बाहिर खाँदैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending