Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

ललितपुरका छ विद्यालय आपसमा समायोजन हुने

ललितपुर,  जिल्लामा आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी छ विद्यालय समायोजन हुने भएका छन् ।

न्यून विद्यार्थी सङ्ख्या र भौगोलिक रुपमा विकट स्थानमा रहेको आधारमा विद्यालयलाई समायोजन गर्न लागिएको जिल्ला शिक्षा अधिकारी शिवकुमार सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार गत वर्ष तीन विद्यालयलाई मात्र समायोजन गरेको भए पनि यस वर्ष दुई माविसहित २६ विद्यालयलाई समायोजन गर्ने भनिए पनि अहिलेसम्ममा ६ का लागि मात्र निर्णय भएको छ ।

अन्य २० विद्यालय समायोजन हुने प्रक्रियामा छन् ।

समायोजन हुने विद्यालयमा नागबहालको आदर्श सरल मावि र चण्डी विश्राम चाकुपाट, सुगबहालको श्रमिक प्रावि र कृषि उदय प्रावि, स्वतन्त्र शिक्षा सदन र बालविनोद मावि, नटोल, व्योम प्रावि चापागाउँ र देउराली प्रावि लेले, धर्नारदेवी प्रावि शङ्खु र चुमिथुम्का निमावि शँखु, लाम्राङ प्रावि चन्दनपुर र कालेश्वरी निमावि चन्दनपुर आपसमा समायोजन हुने पक्का भएको छ ।

हाल ललितपुरमा मावि, निमावि र प्रावि गरी १९६ सामुदायिक विद्यालय रहेका छन् भने छवटा समायोजन गरेपछि १९० रहनेछन् । त्यसैगरी, जिल्लामा २६७ निजी विद्यालय रहेका बताइएको छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार पहाडी भेगमा बसाइँ–सराइले गर्दा विद्यार्थीको सङ्ख्या घटेको छ भने सहरी क्षेत्रमा अभिभावकमा निजी विद्यालयप्रति आकर्षण बढेकाले सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गइरहेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE