Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

परमाणविक क्षमतामा भारत र पाकिस्तान : काे कति शक्तिशाली ?

काठमाडौं, ९ असोज । भारत र पाकिस्तानबीचको द्वन्द्व कुनै कुनै समयमा निकै चर्को रुपमा देखिन्छ । दुई देशबीच मात्र नभइ दुई देशका नागरिकहरुकै सम्बन्ध राम्रो मानिँदैन । दुई देशबीचको सम्बन्धमा चिसोपना बढ्दै जाँदा पारमाणिक शक्तिमा पनि बलियो दाबेदाबर प्रस्तुत गर्दै टाढा टाढासम्म हान्न सक्ने क्षेप्यास्त्रहरु परीक्षण गरिँदै आएको छ । भारतभन्दा धेरै सानो मुलुक भएर पनि पारमाणविक क्षमताकै कारण पाकिस्तानमाथि भारतले आक्रमण गर्न सकिरहेको छैन । तर पछिल्लो समय भारतले पनि आफ्नो पारमाणविक क्षमता बढाउँदै लगेको छ । उसले दर्जन बढी क्षेप्यास्त्र परीक्षण गरेको छ । भारतको ब्रहमोस मिसाइलदेखि अग्नि पाँचौँ क्षेप्यास्त्रसम्म विकास गरेको छ । जसलाई भारतले आणविक क्षमताको ठूलो सम्पत्ति मान्दै आएको छ । शक्तिशाली भनिने भारतको ब्रहमोस मिसाइल भियतनामलाई समेत बेच्ने निर्णय गरेर भारतले आफूलाई शक्तिशाली दाबेदार गर्दै आएको छ । ब्रहमोस मिसाइल भारत तथा रुसको साथमा मिलेर विकसित गरिएको सबैभन्दा शक्तिशाली मिसाइलमध्येको एक हो । \"भारतकाे भारतकाे aGNI IV मिसाइल डेढ वर्षअघि भारतले अग्नि पाँचौँ क्षेप्यास्त्रको तेस्रो परीक्षण प्रक्षेपण गरेको थियो । उक्त प्रक्षेपण पारमाणविक क्षमतासहित चीनको भित्रीभागसम्मै प्रहार गर्न सकिने भारतको दाबी छ । यो रकेटको प्रहार क्षमता पाँच हजार किलोमिटरसम्म रहेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अग्नीको सफल परीक्षण प्रक्षेपणले यस क्षेप्यास्त्रलाई भारतीय सेनाको एक मूल्यवान सम्पत्ति बनाएको भन्दै खुशी ब्यक्त गरेका थिए । भारतको प्रतिरक्षा अनुसन्धान तथा विकास सङ्गठनले विकास गरेको यो क्षेप्यास्त्र सन् २०१२ को अप्रिलमा पहिलोपटक परीक्षण गरिएको थियो । भारतले निर्देशित क्षेप्यास्त्र विकास परियोजना सन् १९८३ मा आरम्भ गरेपछि अनेकौँ रकेट विकास गरेको छ । भारत अहिले विश्वकै अधिक हतियार आयात गर्ने मुलुक भएको छ । उता, पाकिस्तान भने पारमाणिक क्षमतामा भारत भन्दा पनि आफूलाई निकै अब्बल ठान्दछ । पाकिस्तानले चाहेमा पाँच मिनेटमै नयाँ दिल्लीलाई सिध्याउन सक्ने चेतावनीसमेत नदिएको होइन । [caption id=\"attachment_94283\" align=\"alignleft\" width=\"650\"]\"पाकिस्तानकाे पाकिस्तानकाे शाहिन मिसाइल[/caption] सन् १९८४ मै पाकिस्तानले पाँच मिनेटमै नयाँ दिल्लीलाई सिध्याउन सक्ने क्षमता राखेको पाकिस्तानको परमाणु कार्यक्रमका पिता अब्दुल कादिर खान बताउँछन् । अन्तराष्ट्रिय सहायता रोकिने डरले गर्दा तत्कालीन राष्ट्रपति जनरल जिया उल हकले त्यसको विरोध गरेका थिए । पाकिस्तानको पञ्जाब प्रान्तस्थित सीमा क्षेत्रमा रहेको सहर काहुतादेखि नयाँ दिल्लीलाई निशाना बनाउने योजना पाकिस्तानले रोकेको थियो । जतिबेला सोभियत संघले अफगानिस्तान नियन्त्रणमा लिएपछि पश्चिमा देशले पाकिस्तानलाई अत्यधिक सहयोग गर्न थालेका थिए । राष्ट्रपति परवेज मुसर्रफको कार्यकालमा परमाणु प्रसारको खतरनाक सञ्जाल चलाएको भन्दै खानमाथि कारबाही गरिएको थियो । भारतको तुलनाका कम हतियार भएपनि तीन हतियारहरु निकै शक्तिशाली रहेको दाबी गरिएको छ । पाकिस्तानसँग शाहिन तेस्रो मिसाइल, बाबर मिसाइल, गजनबी मिसाइल, नस्र मिसाइल, जेएफ १७ थण्डर फाइटर, अल खालिद ट्याङ्क तथा पाकिस्तानी नौसेनासँग रहेको पनडुब्बी नै काफी रहेको बताइन्छ । शाहिन तेस्रो मिसाइल पाकिस्तानसँग रहेको घातक परमाणु हतियार हो, जसले भारतका शहरहरुलाई केहीबेरमै ध्वस्त बनाउने दाबी गरिन्छ । यस्तै, सात सय किलोमिटरसम्म मार हान्न सक्ने बाबर मिसाइल अर्को खतरनाक मिसाइल हो । यसले राडारलाई सजिलै छल्न सक्ने बताइन्छ । गजनबी मिसाइल भने जमिनदेखि जमीनमा मार हान्न सक्ने मिसाइल हो । जेएफ १७ थण्डर फाइटर पाकिस्तानको हवाइ सेनाको मेरुदण्ड मानिन्छ । पाकिस्तान र चीन मिलेर तयार पारिएको यो फाइटर विमानले विभिन्न स्थानमा बम खसाउन सक्छ । अल खालिद ट्याङ्क पनि पाकिस्तानको बलियो हतियार मानिन्छ । यो पनि चीन र पाकिस्तान मिलेर तयार पारिएको हो । यसमा १२५ एमएम बोरको ट्याङ्क गन हुने यसले फायर कन्ट्रोल गर्दै मिसाइलमा पनि घातक आक्रमण गर्न सक्ने बताइन्छ । (एजेन्सीको सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy