Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

गुटस्वार्थमै रमाएको सन्देश जनतामा गयो : रविन्द्र अधिकारी

काठमाडौं, नेकपा (एमाले) का चर्तित युवानेता रविन्द्र अधिकारीले एमालेका नेताहरु पार्टीभित्रै स्वार्थसमूह निर्माण गर्ने र नेताहरुतिरै झुन्डिने प्रवृत्तिमा लिप्त भए भन्दै आक्रोश व्यक्त गरेका छन् । खबरडबलीसँग बुधबार संक्षिप्त कुराकानी गर्दै नेता अधिकारीले भने– ‘जसरी अहिले युवा संघका नाममा एमाले पार्टीभित्र आन्तरिक विवाद चुलिएको खबर बाहिर आएको छ, यो कुनै पनि मानेमा समयसापेक्ष र उपयुक्त छैन ।’ युवानेता अधिकारीले भने– ‘आफ्ना निहित स्वार्थपूर्तिका लागि पार्टीभित्र स्वार्थसमूह निर्माण गर्ने र नेताहरुतिर झुन्डिने परम्परा जो विकसित भइरहेको छ, यो गलत छ ।’ ‘यसले पार्टीलाई राम्रो गर्दैन । अबको दुनियाँमा यसलाई कसैले मान्दा पनि मान्दैन र यसलाई राम्रो ठान्दा पनि ठान्दैन’, उनी भन्छन्– ‘यस्ता गतिविधिले पार्टीको आन्तरिक जनवाद, लोकतन्त्र र संस्कृति मौलाउन सक्दैन । यस्ता खालकाका गतिविधि पार्टीहितका लागि दुःखदायी  छन् ।’ \"Rabindra_adhikari-2\"‘एमालेलाई एकताबद्ध तुल्याएर मुलुकको बागडोर सम्हाल्न सक्ने दलका रूपमा विकसित गर्न हामीले पार्टी नेतृत्वलाई पटकपटक ध्यानाकर्षण गराएका छौं’, उनले भने– ‘यस्तो तरिकाले पार्टी सञ्चालन हुन सक्दैन । यो त संविधान निर्माण गर्ने बेला हो, मुलुक संक्रमणबाट गुज्रिरहेकाले जनताले धेरै दुःख–पीडा खेपिरहेको रहेका छन् ।’ नेपालका पार्टीहरू लोकतान्त्रिक हुन नसकिरहेका,  जनतामाझ स्थापित नभइसकेका, सुसंस्कृत हुन नसकिरहेका, आर्थिक विकासको माध्यमबाट जनताको जीवनस्तर उठाउन नसकिरहेका भन्दै नेता अधिकारीले भने– ‘समयमा पार्टीभित्रको आन्तरिक विवाद र अस्वस्थ प्रतिस्पर्धाले फेरि पनि पार्टीहरू गुटगत स्वार्थमै मात्र रमाउँछन् भन्ने ‘म्यासेज’ जनतामा गएको छ ।’ ‘पार्टीहरूका यस्ता गतिविधि युवापुस्ता तथा कसैका लागि पनि हितकर छैन’ भन्दै उनले भने– ‘पार्टी सञ्चालनमा नेतृत्वको मात्र दोष छैन । हो, नेताहरूका पनि केही गल्ती–कमजोरी रहेका छन्, तिनलाई म पनि स्वीकार्छु ।’ युवानेताहरुले आत्मसमीक्षा गरौं ठूला नेताहरुलाई मात्रै मियो बनाउने र उनीहरुको मात्रै आलोचना गर्ने दुवै प्रवृत्ति गलत भएको उल्लेख गर्दै युवापुस्तालाई आत्मसमीक्षा गर्ने आग्रहका साथ नेता अधिकारी आक्रोश पोख्छन्– ‘यसो भन्दैमा नेताका पछि लाग्नेहरू पानीमाथिको ओभानो हुन पाउँछन् ? के नेताको पछिपछि लाग्नेहरूको कमजोरी छैन ? नेताले जे–जे भन्छन्, त्यही ठीक हो भनेर पछि लाग्नेको कमजोरी छैन ? आफूले गरिरहेका कामहरूको समीक्षा गर्ने, के ठीक हो र के गलत हो भनेर छुट्याउने काम युवापुस्ताहरूले गर्नु पर्दैन ? आत्मसमीक्षा गर्नु पर्दैन ? ठूलाबढाले जे–जे भन्छन्, त्यही ठीक भनेर हिँड्ने अनि नेताले बिगारे भन्नु कत्तिको न्यायसंगत छ ? के उनीहरु सोच्न सक्दैनन् ? उनीहरू छ–सात वर्षका बच्चा हुन् ? १८ वर्ष नाघिसकेपछि  मानिसहरू बयष्क हुन्छन्, आफूले सोच्नुपर्छ कि पर्दैन ? हो, पार्टीलाई ऊर्जाशील र गतिशील बनाउन मैले पनि सोच्नुपर्छ । अरुले पनि सोच्नुपर्छ ।’ उनी अगाडि भन्छन्– ‘कसैलाई दोष दिएर कसैले पनि उम्किँन मिल्दैन । तर, हामीमा ‘कल्चर’ यस्तो भैइदियो कि यसलाई नै जित र हार ठान्दियौं ।’ प्रश्न र सुझाव : आफ्नै नेताहलाई अहिलेका असंगत गतिविधि अन्जानमा नभई जानाजान गरिएको दावीका साथ नेता अधिकारी भन्छन्– ‘एकताबद्ध हुनुपर्छ भन्ने कुरा नेतालाई थाहा छैन ? कसलाई थाहा छैन ? यहाँ स्वार्थले काम गरिरा’छ, पहिले सबैले आ–आफ्ना स्वार्थलाई छोड्नुपर्यो र पार्टीलाई एकताबद्ध बनाउनुपर्यो ।’ उनी भन्छन्– ‘सही कुरा गर्नुपर्यो, फेरि निहुँ खोज्ने कुरा गर्यो भने पार्टी एकता हुँदैन । पार्टीमा ‘सिस्टम स्टाब्लिस’ गर्नुपर्यो, ‘जस्टिस स्टाब्लिस्’ गर्नुपर्यो र अगाडि जानुपर्यो ।’ चाकरीप्रथाका कारण राम्रो गर्नेले पनि जस नपाउने अवस्था विकसित भएकोमा चिन्ता प्रकट गर्दै नेता अधिकारी भन्छन्– ‘राम्रा कुरा गर्यो भने पनि हामीमा एक–अर्काको विरुद्ध प्रयोग हुने हतियार भइयो भन्ने कल्चरको विकास भएको छ । यस्तो प्रवित्ति राम्रो हुँदैन । पार्टीलाई एकतबद्ध रूपले पद्धतिमा हिँडाउन लागिरहेको सदस्य भएकाले म यहाँभन्दा बढि बोल्न सक्दिनँ ।’ एमाले सुध्रन्छ, ढुक्क हुनोस् यतिबेला केही विकृति–विसंगतिले जनतामा ‘नेगेटिभ म्यासेज’ गइरहेको भए तापनि एमाले सुध्रने, सप्रने र एकताबद्ध भई अगाडि बढ्ने उल्लेख गर्दै अधिकारी भन्छन्– ‘तपाईंलाई विश्वास दिलाउन चाहन्छु, नेकपा (एमाले) सबैखाले विवादबाट मुक्त भएर अहिलेका चुनौतीलाई ‘फेस’ गरेर अगाडि बढ्ने शक्ति बन्छ । यसमा तपाईं ढुक्क हुनुहोस् ।’ ‘मलाई कसैले फलानो गुटको पछि लाग्यो भन्लान्, यो आरोप लगाउने हतियार मात्र हो’, पार्टीभित्रका आलोचकलाई चुनौती दिँदै उनी भन्छन्– ‘सबैभन्दा पहिले अरूलाई आरोप लगाएर पन्छिनुभन्दा पनि रविन्द्र अधिकारीले के गरिरा’छ, त्यो हेर्नोस् ।’ उनको स्पष्टोक्ति छ– ‘आरोप त जे लगाइए पनि हुन्छ । चोर, फटाहा, डाँका–  जे–जे भनेर लगाए पनि हुन्छ, त्यसमा सत्यता हुनुपर्यो नि ! वस्तविक कामको धरातल हेर्नुपर्यो । आरोप लगाएर मात्र हुँदैन, आरोप लगाउने साथीहले ती आरोपको पुष्टि गर्न सक्नुपर्यो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE